Logo
16 Feb 2025    ४ फाल्गुन २०८१, आईतवार

ताजा खबर

1win Официальный Сайт Вход Зеркало Букмекера 1вин Ставки и Спорт अमेरिकाले नेपाललाई प्रदान गर्ने करिब ५ अर्ब ५३ करोड रुपैयाँ बराबरको सहयोग रोक्यो १२ दिनमा १३ लाख किशोरीलाई लगाइयो एचपीभी खोप तोलामा एकैपटक २७ सयले घट्यो सुनको मूल्य गीतकार युवराज अधिकारीको ‘तिम्रो प्रीत’ सार्वजनिक (भिडियो) काठमाडौं महानगरले अब मोबाइल भ्यानमार्फत फिल्डमै खाद्यवस्तुको गुणस्तर परीक्षण गर्ने

अनियमितताका कारण राजिनामा दिएका विवादित महाप्रबन्धकलाई मन्त्रीको संरक्षण

admin

काठमाडौं । उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले साझा प्रकाशनका अनियमितताबारे विभिन्न निकायबाट छानबिन सुरु भएपछि राजीनामा दिएका अध्यक्ष तथा महाप्रवन्धक डोलिन्द्रप्रसाद शर्माको राजीनामा अस्वीकृत गरेका छन् । केही दिनअघि राजीनामा फिर्ता गरी काममा फर्किन आग्रह गरेपनि उनी सोमबारदेखि पुनः कार्यालय जान थालेका छन् ।

साझामा अनियमितताबारे समाचार प्रकाशित भएपछि शिक्षा मन्त्रालयले गठन गरेको छानबिन समितिले शर्मालाई दोषी ठहर गर्दै हटाउन सिफारिस गरे पनि मन्त्री श्रेष्ठले भने कारबाही गर्नुको सट्ठा उल्टै संरक्षण गरेका छन् । शर्मासहित सञ्चालक समितिका मनोनीत चारजना सदस्यले राजीनामा दिएका थिए ।

राजीनामा दिएका शर्मा एक्कासि कार्यालयमा देखेपछि उनीसँग जिज्ञासा राख्दा मन्त्रीले राजीनामा अस्वीकृत गरेकाले कार्यालय नआएर कहाँ जाने भन्दै उल्टै प्रश्न गरेको एक कर्मचारीले जानकारी दिए । आजको नागरिक दैनिकमा खबर छ ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको