Logo
02 Dec 2024    १७ मंसिर २०८१, सोमबार

ताजा खबर

बेइजिङ पुगे प्रधानमन्त्री ओली आठ डिआइजीले पाए दर्ज्यानी चिन्ह एक सातामै धरहराबाट उठ्यो १५ लाख रुपैयाँ राजस्व काठमाडौँमा तीन दिने ‘डिजिटल राइट्स फेस्टिवल’ : एआइ र कानुनबारे बहस कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु प्रकरणमा दुई पक्राउ

गुणस्तरहिन हवाई तेल वेचेको आरोप

admin

काठमाडौं । नेपालमा उडान गरिररहेका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले नेपाल आयल निगमबाट बिक्री भइरहेको हवाई इन्धन गुणस्तरहीन भएको आरोप लगाएका छन् । खाडी मुलुक युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईबाट उडान भर्दै आएको फ्लाई दुबई, सारजहाबाट उडान भर्दै आएको एयर अरेबिया, अबुधाबीबाट उडान भर्दै आएको इतिहाद एयरवेज र कतारको दोहाबाट उडान भर्दै आएको कतार एयरवेजले आयल निगमसँग खरिद गरिने हवाई इन्धन गुणस्तरहीन भएको आरोप लगाएका हुन् ।

आएटा बाट प्रमाणित तथा ती अन्तर्राष्ट्रिय वायुसेवामा आवद्ध अनुगमन निरीक्षकले नेपाल आएर निगमबाट बिक्री गरिने हवाई इन्धनको गुणस्तर नपुगेको प्रतिवेदन निगममा बुझाएका हुन् ।

प्रतिवेदन प्राप्त गरे पनि निगम व्यवस्थापनले समस्या समाधान गर्नुको सट्टा त्यसलाई पूर्ण रुपमा वेवास्ता गरेको आजको नागरिक दैनिकमा खबर छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको