गीतकार तथा मेची महाकाली बुहारी ग्याङ्गकी संयोजक यमु शर्माले गरिन अपाङ्ग वाल शिक्षा सरोकार केन्द्रलाई खाद्यान्न सहयोग

सामाजिक सञ्जाल फेसबुक मार्फत संगठित भएको मेची महाकाली बुहारी ग्याङले शनिबार झापाको अर्जुनधारामा रहेको अपाङ्ग वाल शिक्षा सरोकार केन्द्रलाई खाद्यान्न सहयोग गरेको छ ।
अभियानका संयोजक समेत रहेकी चर्चित गितकार यमु शर्मा सुब्बाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रलाई चामल, दाल, आलु, तेल, साबुन, प्याज तथा फलफुल हस्तान्तरण गरिएको थियो । आश्रममा ९ जना बालबालिका बस्दै आएका छन् । शारिरीक रुपमा असक्त कृष्णदेब दुलालको सक्रियतामा सञ्चालित केन्द्रले शिक्षकको ब्यवस्था गरेर आश्रममा रहेका बालबालिकालाई अध्ययन अध्यापन गराउँदै आएको छ ।

काठमाण्डौ घर भइ अमेरिका बस्दै आएकी संयोजक सुब्बाको सक्रियतामा ६ महिना अघि संगठित समुहले बिभिन्न स्थानमा सहयोग गर्दै आएको बताएको छ । झापा देखि कञ्चनपुरसम्मका ७७ वटै जिल्लामा नेटवर्क रहेको मेची महाकाली बुहारी ग्याङले चितवन, सुर्खेत, झापा र काठमाण्डौमा यो चरणमा सहयोग हस्तान्तरण गर्ने बताएको छ । चितवनको मन्जुश्री असहाय संरक्षण केन्द्र यही फाल्गुन १२ भव्य कार्यक्रम गर्न लागीएको जानकारी अभियानका सदस्य रोशनी सिवाकोटीले दिईन ।
झापामा रहेका बुहारी ग्याङका सदस्यहरुले सामाजिक सञ्जाल फेसबुक मार्फत सहयोग अभियानको तयारी गरेको अर्का सदस्य अम्बिका मैनालीले जानकारी दिइन् । उनले बिरामी भएर उपचार गर्न नसकेका सदस्यहरुलाई ग्याङले उपचारका लागी सहयोग गर्ने समेत बताइन् ।


बुहारी ग्याङका सदस्यले जन्मदिनको खर्च कटाएर बृद्धाश्रम, बालआश्रम लगायतमा सहयोग गर्ने योजना बनाएको झापा संयोजक चन्द्रा काफ्लेले बताइन् । उनले ७७ जिल्लामा फैलिएको सो अभियानका सदस्यले हरेक जिल्लामा यस्तै अभियान सञ्चालन गरिरहेको जानकारी दिइन् । हालसम्म अभियानमा देशभरका ३ हजार ७ सय सदस्य जोडिएको अभियानकर्ता गंगा ग्रिस्माले बताइन् । गितकार शर्मा आफ्नै गित को रेकर्ड र म्युजिक भिडियोको छायांकनका लागी यतिबेला नेपाल आएकी छिन । छोटो समय र ब्यस्तताका बावजुद पनि झापा चितवन लगायतका जिल्लाहरूमा आफै उपस्थीत भएर बिपन्न असाहय र अशक्त बालबालीका को लागी सहयोग गर्ने एबं बुहारी ग्याङ्ग का सदस्यहरू बिच भेटघाट र अन्तरकिर्या गरेकी छिन । हालै मात्र उनले थाईलैण्डको बैंककमा ग्लोवल ईन्टरनेशनल अवार्ड हात पारेकी थिईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *