Logo
25 Apr 2024    १३ बैशाख २०८१, बिहीबार

ताजा खबर

विद्यालय समयमा शिक्षकलाई अन्य कार्यमा नलगाउन महानगरको निर्देशन काँग्रेस नेता अफताब आलमलाई जन्मकैदको सजाय ‘मिस एन्ड मिसेस ब्युटीफुल नेपालको अडिसन जेठ ५ गते हुँदैं गणेशमानले पोष्ट गरेको भिडियोमा सत्यता छैन, अश्लिल पोष्ट गरेको विषयमा अनुसन्धान गर्दैछौं:साइबर ब्युरो छैटौं सगरमाथा म्युजिक अवार्ड देश बाहिर हुने पोखरामा एसिया कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप हुदै

‘मकवानपुर लिटिल स्टार,२०२०’ को उपाधी हिमान्शी शर्मा र रिजन अधिकारीले जिते

admin

काठमाडौँ — फाल्गुन १२। मोडल सङ्ग्स नेपालको आयोजनामा सम्पन्न ‘मकवानपुर लिटिल स्टार,२०२०’ को उपाधी हिमान्शी शर्मा र रिजन अधिकारीले जितेका छन् । मकवानपुरको हेटौंडास्थित रोयल प्यालेसमा भव्य समारोहका साथ सम्पन्न प्रतियोगितामा विजेताद्वयले ‘मकवानपुर लिटिल स्टार,२०२०’ को उपाधिसहित नगद रु १५,००/- सहित आकर्षक गिफ्ट ह्याम्परहरु प्राप्त गरे। उपाधीसहित हिमान्शीले विधागत तर्फको मिस बब्ली हात पार्दा रिजनले वेष्ट पर्सनालिटी र मिस्टर पर्फेक्टको अवार्ड हात पार्न सफल भए ।

‘मकवानपुर लिटिल स्टार,२०२०’ को उपाधी हिमान्शी  र रिजनलाई

यस्तै बालिका तर्फको ‘फस्ट रनरअप’ तेजस्वी बिडारी भईन भने बालकतर्फ आमिर अन्सारी भए उनीहरुले नगद रु १०,०००/- सहित विधागत तर्फ भने बिडारीले मस्ट ब्युटीफूल र अन्सारीले वेष्ट ड्रेस र मिस्टर हेन्समको अवार्ड हातपार्न सफल भए। स्वेक्षा तिमिल्सिना र एन्जल श्रेष्ठ क्रमशः बालक तथा बालिका तर्फबाट ‘सेकेण्ड रनरअप’ घोषित भए। स्वेक्षाले विधागत तर्फ मिस स्टाईलिस र एन्जलले बेस्ट एटिच्युडको अवार्ड उनीहरुले नगद रु ५,०००/- हात पारे ।

बाग्मती प्रदेश सभा सदस्य माननीय श्री कुमारी मोक्तान ज्युको प्रमुख आतिथ्यता सम्पन्न भएको कार्यक्रममा नायक शितल केसी, नायक श्रीदेव भट्टराई, मोडल/मिडिया पर्सन राज लुईटेल, मोडल/ब्युटिसियन शिलास्मा हमाल, मोडल आर्जु सिटौला निर्णायकको भूमिका निर्वाह गरेका थिए । मोडल सङ्ग्स नेपालले विगत लामो समयदेखि निरन्तर रुपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा सौन्दर्य प्रतियोगिता सञ्चालन गर्दै आएको छ । त्यसै क्रममा हेटौंडामा सम्पन्न सौन्दर्य प्रतियोगिता ‘मकवानपुर लिटिल स्टार,२०२०’को विधागततर्फ आर्या महर्जन भ्युवर्स चोईस र मस्ट ट्यालेन्ट, सुविम महर्जन भ्युवर्स चोईस र मस्ट फोटोजेनिक, जेनी तामाङ्ग र अवेसोम न्यौपाने मस्ट पपुलर, दीपशिखा ठकुरी अर्गनाईजर चोईस र फेशन आईकन, रजत अर्याल अर्गनाईजर चोईस मस्ट ट्यालेन्ट, युनिशा श्रेष्ठ वेस्ट ड्रेस र मस्ट ब्युटिफुल स्माईल, मस्ट ब्युटिफुल स्माईल, संकल्प कुमाल मस्ट एक्टिभ,सर्जिल मियाँ बेस्ट डिसिपिलिन, सम्मान अर्याल मस्ट चार्मिङ, रुद्राक्ष भट्टराई बेस्ट स्माईल, रोचक पुडासैनी मस्ट फ्रेण्डली, सरायु भण्डारी मस्ट ब्युटिफुल, अन्जना खरेल मिस फ्रेण्डली, एन्जला कँडेल मिस ईन्टेलिजेन्ट, कृपा हुमागाईं मिस पर्सनालिटि, दिभ्यालक्ष्मी दास बेस्ट एटिच्युड, अंकिता लामा बेस्ट मोडल, कृतिका साह बेस्ट वाक, काजोल यादव वेस्ट हेयर, मनिशा मोक्तान मस्ट डिसिपिलिन, अन्तरा ढकाल मिस चार्मिङ,आश्रिया घिमिरे बेस्ट पर्फर्मेन्स, अतिनस श्रेष्ठ मिस एक्टिभ, समिक्षा लामा मस्ट क्युट, लक्ष्मि गुप्ता मिस फ्राङ्क, मोनिका खपाङी मगर बेस्ट डान्स र अन्सु लामाले मिस कन्फिडेन्टको अवार्ड आफ्नो भागमा पार्न सफल भए ।

कोरियोग्रफर सोफिया फागोले प्रतिस्पर्धामा भाग लिनु पूर्व प्रतियोगीहरुलाई एक महिनासम्म प्रशिक्षण दिई र्याम्पमा उतारेकी थिईन भने विवेक बिक्रम शाहले कार्यक्रम सम्योजकको जिम्मेवारी निभाएका थिए । गोपाल ढकाल ‘छन्दे’को कार्यक्रम सञ्चालनमा सम्पन्न प्रतियोगितामा गायक बिनोद ढकाल र सचिन फुयाँलले आ- आफ्नो धमाकेदार प्रस्तुती दिएका थिए ।

उपाधी विजेताहरुलाई कार्यक्रमका विशिष्ठ अतिथि , निर्णायक, आयोजक संस्थाका प्रमुख एवम् अतिथिहरुले पुरस्कृत गरेका थिए । त्यस्तै, कार्यक्रम निर्देशक उमेश कुमार न्यौपानेले यस्ता सौन्दर्य प्रतियोगिताले बालबालिकाहरुको क्षमता र गुणको अभिवृद्धि गरी प्रतिष्पर्धी बनाई मनको सुन्दरतालाई प्रस्फुटन गर्न यस्ता खाले कार्यक्रमले मद्दत गर्ने बताए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको