Logo
13 Dec 2025    २८ मंसिर २०८२, शनिबार

ताजा खबर

AIMA–TR प्रक्रियामा देखिएका समस्याबारे NRNA पोर्चुगलको औपचारिक पहल मन्त्रिपरिषद् विस्तार, नवनियुक्त ४ मन्त्रीले लिए शपथ हायात रिजेन्सीले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम आधारभूत पारिश्रमिक दिने कलाकार दम्पती धुर्मुस–सुन्तलीले अमेरिका पलायनबारे प्रस्ट्याए, छोरीको उपचारका लागि पुगेको स्पष्टिकरण जीप चिप्लेर भिरबाट खस्यो, ३ जनाको मृत्यु सेनामा ३ सय ८८ जनालाई रोजगारी खुल्यो

डिसेम्बर भित्रै मेलम्चीको पानी काठमाडौं आउने

admin

काठमाडौं, २० भदौ । खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादवले २ नम्बर प्रदेशको निर्वाचनमा आफ्नो पार्टीले १ सय ६ सिट जित्दै पहिलो स्थान हाँसिल गर्ने दाबी गरेका छन् ।
मंगलबार राजधानीमा आयोजित एक साक्षात्कारमा बोल्दै मन्त्री यादवले भने,‘तराई÷मधेश कांग्रेसको गढ हो, कांग्रेसले नै मधेशको विकास गरेको छ, हजारौं नेता तथा कार्यकर्ताहरु कांग्रेसलाई पहिलो बनाउन आँतुर छन्, हामीले पनि जनतामा अत्यन्तै भिजेका, लोकप्रिय र पूराना नेताहरुलाई उम्मेद्धवार बनाएका छौं ।’
कार्यक्रममा बोल्दै उनले कांग्रेसले हुलाकी सडक, खानेपानी, भौतिक पूर्वाधार लगायत विकासका धेरै कामहरु गरेकोले कांग्रेस प्रति जनताको विश्वास रहेको स्पष्ट पारे । उनले भने,‘१ सय ३६ स्थानमा हामी एक सय ६ वा ७ स्थानमा विजयी हाँसिल गर्छौ ।’
त्यस्तै उनले राजमार्ग छेउमा कांग्रेसले माओवादी केन्द्रसँग ९÷१० स्थानमा सहकार्य गर्ने निर्णय भएकोले त्यही अनुसार उम्मेद्धवार तय भएको समेत जनाए । उनकाअनुसार राजमार्ग छेउका सिमराको जीतपुर, सर्लाहीको बाग्मती, लालबन्दी, हरिवन, धनुषाको ढल्केवर (मिथिला), सिरहाको कर्जन्हा, मिर्चैया र गोलबजारमा माओवादी केन्द्रसँग सहकार्य हुने निर्णय भएको छ ।
मन्त्री यादवले यही डिसेम्बर भित्रै मेलम्चीको खानेपानी काठमाडौं आउने दाबी गरे । उनले भने,‘ढुक्क हुनुहोस्, मेलम्चीको खानेपानी काठमाडौंवासीले यही वर्षको डिसेम्बर भित्रै खान पाउँछन ।’ विगतमा मेलम्चीको पानी काठमाडौं आउने अनिश्चित जस्तो भए पनि आफू मन्त्री भएर आएपछि यसलाई निश्चित् गराएको उनको भनाई थियो ।
उनले थपे,‘प्रधानमन्त्री शेरबहादुर देउवाज्यूकै पालामा मेलम्चीको पानी काठमाडौं आउँछ्, मेरै पालामा पानी आउँछ, यसमा कुनै दुई मत छैन ।’ प्रधानमन्त्री देउवाले समेत उक्त राष्ट्रिय गौरवको आयोजनाको अवलोकन गरेको उल्लेख गर्दै थपे,‘उहाँले स्वयम् बजेटको कुनै अभाव हुँदैन भन्नु भएको छ, अब पानी काठमाडौं आउने भयो, आउने भयो, आउने भयो ।’
सुन तस्करीको बारेमा पत्रकारले सोधेको एक प्रश्नमा उनले भने,‘प्रधानमन्त्री देउवाको पालामा बरामद भएको छ, बरु प्रधानमन्त्री र गृहमन्त्रीलाई धन्यवाद दिनुहोस्।’ यद्धपी उनले सुन तस्करीमा संलग्नभएका जो कोहीलाई (नेता हुन वा कर्मचारी) कसैलाई पनि नछोड्ने चेतावनी दिएका छन् । उनले भने,‘तस्करीमा संलग्न भएका व्यक्तिहरुलाई कारवाही हुन्छ ।’


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको