Logo
25 Apr 2024    १३ बैशाख २०८१, बिहीबार

ताजा खबर

विद्यालय समयमा शिक्षकलाई अन्य कार्यमा नलगाउन महानगरको निर्देशन काँग्रेस नेता अफताब आलमलाई जन्मकैदको सजाय ‘मिस एन्ड मिसेस ब्युटीफुल नेपालको अडिसन जेठ ५ गते हुँदैं गणेशमानले पोष्ट गरेको भिडियोमा सत्यता छैन, अश्लिल पोष्ट गरेको विषयमा अनुसन्धान गर्दैछौं:साइबर ब्युरो छैटौं सगरमाथा म्युजिक अवार्ड देश बाहिर हुने पोखरामा एसिया कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप हुदै

कोरोना कहरः विश्वभर अहिलेसम्म १४,६०० बढीको मृत्यु

admin

चीनको ऊहान शहरबाट सुरु भएको कोरोना भाइरस संक्रमण संसारको १ सय ८६ भन्दा बढी देशमा फैलिसकेको छ । यसको संक्रमणले १४ हजार ६ सय ८५ जनाको मृत्यु भएको छ । यो संक्रमणको सुरुवात चीनबाट सुरु भएपनि मृत्युको आँकडा हेर्ने हो भने इटली सबैभन्दा धेरै प्रभावित देश हो । आइतबार यहाँ ६ सय ५१ जनाको मृत्यु भएको छ । इटलीमा कोरोना भाइरसले अहिलेसम्म ५ हजार ४ सय ७६ जनाको मृत्यु भइसकेको छ ।

यस्तै चीनको हुबेई प्रान्तमा मृतकको संख्या ३ हजार १ सय ५३ पुगेको छ । यसबाहेक स्पेनमा १ हजार ७ सय ७२, इरानमा १ हजार ६ सय ८५ र फ्रान्समा ६ सय ७४ जनाको मृत्यु भएको छ । संसारभरी तीन लाख बढी संक्रमित देखिएका छन् । संक्रमित व्यक्तिको संख्या सबैभन्दा धेरै चीनमा छ । चीनमा ८१ हजार ४ सय २६ संक्रमित देखिएका छन् भने इटलीमा ५९ हजार १ सय ३८, अमेरिकामा ३३ हजार २ सय ७६, स्पेनमा २८ हजार ७ सय ६८ र जर्मनीमा २४ सय ८ सय ७३ घटना पुष्टि भएका छन् । भारतमा यो संक्रमणका कारण अहिलेसम्म ७ जनाको मृत्यु भइसकेको छ भने ३ सय ६० जना संक्रमित पाइएका छन् । संक्रमण रोक्नका लागि भारतका २२ राज्यका ७५ जिल्लामा ३१ मार्चसम्म लकडाउन लागू गरिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको