Logo
29 Apr 2025    १६ बैशाख २०८२, मंगलवार

ताजा खबर

१८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित नेपालमा मानवअधिकार कार्यान्वयनको अवस्था चिन्ताजनक : एम्नेस्टी इन्टरनेसनल हायर पर्चेज कम्पनीबाट गाडी लिन ४०% डाउनपेमेन्ट अनिवार्य शिवन पोखरेलको निर्देशनमा “झोले” (भिडियो) प्रतिनिधिसभा बैठक बस्दै तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए

न्यूजील्याण्ड विशेष शैक्षिक मेला आयोजना हुने

admin

न्यूजील्याण्डलाई शैक्षिक गन्तब्य बनाउन चाहने विद्यार्थीलाई लक्षित गरी न्यूजील्याण्डको शिक्षा नीति,भैतिक शैक्षिक वातावरणको विषयमा विद्यार्थीलाई सहि सुचना र परामर्श दिने उद्देश्यले यही सेप्टेम्बर १० तारिकमा सातौ न्यूजील्याण्ड फेयर आयोजना हुने भएको छ ।
राजधानिको ¥याडिसन होटलमा आयोजना हुने शैक्षिक मेलामा न्यूजील्याण्डका १० वटा सरकारी कलेज र न्यूजील्याण्ड हाईकमिसनको सहभागीता रहने मेला आयोजक संस्था कंगारु एजुकेशन फाउण्डेसन प्रा.ली,रोहिनी इन्टरनेशनल प्रा.ली र डल्फिन एजुकेशन प्रा.लीले संयुक्त रुपमा प्रेस विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।
मेलामा विद्यार्थीलाई उपयुक्त विषय चयन,उपयुक्त कलेज,विद्यार्थीलाई आवश्यक पर्ने कागजपत्रबारे जानकारी दिनुका साथै वसाई र लागत खर्चका बारेमा परामर्श प्रदान गरिने आयोजकले जनाएको छ ।
आयोजक संस्था मध्यकै कंगारु एजुकेशन फाउण्डेसन प्रा.लीका सञ्चालक महेशवावु तिमल्सीनाले मेलामा विद्यार्थीलाई दक्ष अनुभवि परामर्श दाताहरु संगै संम्बन्धीत विश्वविद्यालयका प्रतिनिधीबाट परामर्श दिइने हुँदा न्यूजील्याण्डमा अध्ययन गर्न जान चाहने विद्यार्थीका लागि यो मेला अत्यन्तै उपयोगी हुने बताए । मेलामा सहभागी विद्यार्थीमध्यबाट लक्की ड्र द्वारा एक जनालाई स्मार्ट फोन उपहार प्रदान गरिने समेत आयोजकले जनाएको छ ।
मेलामा आयोजक कम्पनिहरुको स्टल रहनुका साथै भाषा परिक्षा आईईएलटिएस सञ्चालन गर्ने संस्था आईडिपीको समेत सहभागीता रहनेछ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको