Logo
17 Jan 2026    ४ माघ २०८२, शनिबार

ताजा खबर

शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी कोरियोग्राफर सन्दीप भुजेल ‘राष्ट्रिय नृत्य कोरियोग्राफी सम्मान’बाट सम्मानित कांग्रेस विवाद चर्कियो : आयोगको निर्णय मान्य छैन – देउवा पक्ष

न्यूजील्याण्ड विशेष शैक्षिक मेला आयोजना हुने

admin

न्यूजील्याण्डलाई शैक्षिक गन्तब्य बनाउन चाहने विद्यार्थीलाई लक्षित गरी न्यूजील्याण्डको शिक्षा नीति,भैतिक शैक्षिक वातावरणको विषयमा विद्यार्थीलाई सहि सुचना र परामर्श दिने उद्देश्यले यही सेप्टेम्बर १० तारिकमा सातौ न्यूजील्याण्ड फेयर आयोजना हुने भएको छ ।
राजधानिको ¥याडिसन होटलमा आयोजना हुने शैक्षिक मेलामा न्यूजील्याण्डका १० वटा सरकारी कलेज र न्यूजील्याण्ड हाईकमिसनको सहभागीता रहने मेला आयोजक संस्था कंगारु एजुकेशन फाउण्डेसन प्रा.ली,रोहिनी इन्टरनेशनल प्रा.ली र डल्फिन एजुकेशन प्रा.लीले संयुक्त रुपमा प्रेस विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।
मेलामा विद्यार्थीलाई उपयुक्त विषय चयन,उपयुक्त कलेज,विद्यार्थीलाई आवश्यक पर्ने कागजपत्रबारे जानकारी दिनुका साथै वसाई र लागत खर्चका बारेमा परामर्श प्रदान गरिने आयोजकले जनाएको छ ।
आयोजक संस्था मध्यकै कंगारु एजुकेशन फाउण्डेसन प्रा.लीका सञ्चालक महेशवावु तिमल्सीनाले मेलामा विद्यार्थीलाई दक्ष अनुभवि परामर्श दाताहरु संगै संम्बन्धीत विश्वविद्यालयका प्रतिनिधीबाट परामर्श दिइने हुँदा न्यूजील्याण्डमा अध्ययन गर्न जान चाहने विद्यार्थीका लागि यो मेला अत्यन्तै उपयोगी हुने बताए । मेलामा सहभागी विद्यार्थीमध्यबाट लक्की ड्र द्वारा एक जनालाई स्मार्ट फोन उपहार प्रदान गरिने समेत आयोजकले जनाएको छ ।
मेलामा आयोजक कम्पनिहरुको स्टल रहनुका साथै भाषा परिक्षा आईईएलटिएस सञ्चालन गर्ने संस्था आईडिपीको समेत सहभागीता रहनेछ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको