Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

न्यूजील्याण्डले पाकिस्तानलाई हरायो अनमोल केसी नर्भिक अस्पतालमा भर्ना ५१ देशका आरोहीले लिए अनुमति एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी आजदेखि सोह्र श्राद्ध सुरु प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै

प्रशान्त महासागरमा ८.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प

admin

मेक्सिकोको दक्षिणी तटीय क्षेत्र नजिकै प्रशान्त महासागरमा ८।१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।  भूकम्पको केन्द्रबिन्दू मेक्सिकोको पिजिजियापान शहरबाट ८७ किलोमिटर दक्षिण पश्चिममा रहेको अमेरिकी भौगर्भिक सर्भेले पुष्टि गरेको छ । त्यस क्षेत्र वाहेक ग्वाटेमाला, एल साल्भाडोर, कोष्टारिका, निकारागुवा, पानामा र होण्डुरसमा समेत सुनामी आउन सक्ने चेतावनी दिइएको छ । भूकम्पको धक्का मेक्सिकोको राजधानीसम्म महशुस गरिएको थियो । राजधानीका घरहरु हल्लिएका थिए भने मानिसहरुको रोडमा भागाभाग भएको थियो । भूकम्पको धक्का करीव १ मिनेटसम्म महशुस गरिएको थियो । मेक्सिकोमा गएको यसअघिको भूकम्पमा हजारौंको मृत्यु भएको थियो ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको