संक्रमण व्यवस्थापनमा सावधानी नअपनाए पुनः लकडाउनमा जानुपर्ने डब्लुएचओको चेतावनी

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बुधबार कोरोना प्रभावित मुलुकले संक्रमण व्यवस्थापनमा सावधानी नअपनाए पुनः लकडाउनमा फर्किनुपर्ने चेतावनी दिएको छ।

उसले कोरोना प्रभावित मुलुकलाई ुएकदमै सावधानीपूर्वक र चरणबद्ध रुपमाु कोरोनाको व्यवस्थापन गर्न सुझाब दिएको छ। संगठनका प्रमुख टेड्रोस अडानोम गेब्रियससले यसका लागि विश्वका मुलुकहरूले पछ्याउनुपर्ने कदमहरु प्रस्तुत गरेका छन्।

यसमा निगरानी नियन्त्रण र स्वास्थ्य प्रणालीको तयारी लगायतका सुझावहरु समावेश छन्। ‘यदि लकडाउनपछिको संक्रमणकालिन अवस्थालाई एकदमै ध्यानपूर्वक चरणबद्ध रुपमा व्यवस्थापन नगरे पुनः लकडाउन फर्किनुपर्ने खतरा छ’ जेनेभामा उनले भने।

त्यसैगरी उनले कोरोना संक्रमणको खतरा अझै रहेकाले स्वभाविक लयमा फर्किन सम्भव नभएको पनि बताए। उनले स्वास्थ्य प्रणालीमाथिको लगानीमा जोड दिए।

‘कोरोना अन्ततः कम हुनेछ तर पहिलाजस्तै लयमा फर्किने भन्नेचाँहि हुने छैन’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *