Logo
16 Feb 2025    ४ फाल्गुन २०८१, आईतवार

ताजा खबर

१२ दिनमा १३ लाख किशोरीलाई लगाइयो एचपीभी खोप तोलामा एकैपटक २७ सयले घट्यो सुनको मूल्य गीतकार युवराज अधिकारीको ‘तिम्रो प्रीत’ सार्वजनिक (भिडियो) काठमाडौं महानगरले अब मोबाइल भ्यानमार्फत फिल्डमै खाद्यवस्तुको गुणस्तर परीक्षण गर्ने पोखरा भ्रमण वर्षको उद्घाटनमा घाइते भएका अर्थमन्त्री पौडेललाई राष्ट्रपतिले भेट्ने आज प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न उत्तर

पर्यटन प्रर्वद्धनमा एशियन होटलको भूमिका महत्वपूर्ण छ : शोभाकर बन्जाडे

admin

सोभाखर बञ्जाडे
सञ्चालक,एसियन होटेल
तपाई होटेल ब्यवसायी हुनुहुन्छ ,यो व्यवसाय सञ्चालन गर्नुको उद्देश्य ,समस्या र चुनौतिको बारेमा बताईदिनुहोस न ।
यो व्यवसाय पर्यटन व्यवसाय संग सम्बन्धित व्यवसाय भएकाले हामीले पर्यटकिय स्वदेशी तथा विदेशी आगन्तुकलाई दिने सेवा नै प्रमुख हो ।यो व्यवसायले पर्यटन क्षेत्रको विकास र प्रवद्धनमा सहयोगी भूमिका खेल्छ । यो व्यवसायलाई राज्यले मर्यादित र व्यवस्थित बनाउन पहल नगर्दा समस्या सृजना भएको छ ।नेपाललाई पर्यटकिय गन्तव्य बनाउनका लागि होटल व्यवसायलाई कसरी लैजाने र पर्यटकलाई आकर्षीत गर्ने भन्ने चुनौति हामी माझ छ । हामीले लुम्बनी क्षेत्रमा आउने पर्यटकहरुलाई सेवा दिदै आएका छाँै र विभिन्न प्याकेज बनाएर जनसेवा टुर्स एण्ड ट्राभल मार्फत हामीले नेपालको पर्यटकिय सुन्दरताको विषयमा विदेशी आगन्तुकहरुलाई जानकारी दिने गरेका छौँ ।
होटल तथा रेष्टुरेन्ट व्यवसायलाई समाजमा कुन रुपमा हेरिन्छ र यसको ब्रान्ड नेम बनाउन के के गर्न आवश्यक हुन्छ ?
होटल व्यवसायी भन्ने वित्तिकै यो व्यवसायलाई गलत नजरबाट हेरिने समाजीक परिपाठिका कारण केहि समस्या हुने गरेको छ । यो व्यवसाय स्वदेशी तथा विदेशी पर्यटन प्रवद्धनमा टेवा पुयाउने व्यवसाय भएकाले यस प्रति लगानि सुरक्षीत हुने र बजार प्रवद्धन गर्न सक्ने गरी सरकारले नीति अंगकार गर्न सक्ने हो भने यो व्यवसाय मर्यादित बन्नुका साथै बजार पनि बढ्ने थियो ।यो व्यवसायलाई वर्गीकरण गर्न आवश्यक छ । होटेल व्यवसाय सञ्चालन गर्दा यसले दिने सेवालाई चुस्त बनाउन सकेमा र आएका आगन्तुकहरुलाई सन्तुष्ट पार्न सकेमा होटलले आफ्नो नाम बजारमा चम्काउन सक्छ । यसका लागि अत्याधुनिक सेवा सुविधा संगै ग्राहकलाई दिने सेवा ,सफल व्यवस्थापन,खाना,पाक कला ,हस्पिटालिटि आदि विषयमा ध्यान दिन सके आफ्नै ब्राण्ड बनाउन सकिन्छ ।
एसियन होटलले दिने सेवा सुविद्याहरु के कस्ता छन् ?यसको सेवाबाट ग्राहकहरुले कस्तो प्रतिक्रिया दिने गरेका छन् ?
यो होटलको सञ्चालक समितिमा रहेका व्यक्तीहरु लामो समयदेखी होटल व्यवसाय सञ्चालन गर्दै आएका अनुभवि र दक्ष कर्मचारीका कारण छोटो समयमा नै आफ्नो ब्रान्ड बनाउन सफल भएको छ ।यसले लुम्बिनि क्षेत्रमा आउने पर्यटकहरुलाई सेवा सुविधा प्रदान गर्दै पर्यटन प्रवद्धनमा सहयोगी भूमिका निर्वाह गर्दै आएको छ । हामीले पर्यटकलाई नेपालका विभिन्न स्थान घुमाउने प्याकेजका साथै पर्यटकलाई लक्षित विशेष कार्यक्रम आयोजना गर्दै आएका छौँ । यहाँको सेवाबाट आन्तरीक तथा बाह्य पर्यटकहरु सन्तुष्ट छन् ।
अन्त्यमा, यो व्यवसायमा आउन चाहने युवाहरुलाई के भन्न चाहानुहुन्छ ?
यो व्यवसायमा आउन चाहने युवाहरुलाई लक्षित कार्यक्रमहरुले ल्याउन सके र होटल सञ्चालन संग सम्बन्धित तालिम र सहुलियत व्याजदरमा ऋण उपलब्ध गराउन सके यस तर्फ युवाहरु आकर्षीत हुने थिए । बैदेशीक रोजागारीका लागि विदेश जाने युवा र सिप सिकेर फर्कीएका युवाहरुलाई लक्षित कार्यक्रम ल्याउन सके यो व्यवसायको उचाई बढ्ने थियो भने बरोजगार युवाहरु पर्यटन प्रवद्धनमा लाग्ने थिए ।होटलमा काम गर्नकै लागि विदेश जानु पर्दैन नेपालमा पनि यो व्यवसायका संभावनाका बारेमा युवाहरुलाई जानकारी दिन जरुरी छ ।

 

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको