Logo
10 Nov 2024    २५ कार्तिक २०८१, आईतवार

ताजा खबर

एमालेले गर्‍यो मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारीलाई निलम्बन राष्ट्रपति पौडेल आज अजरबैजान जाँदै यु-१९ महिला विश्वकप क्रिकेट एसिया छनोट: नेपालले आज थाइल्याण्डसँग खेल्दै सर्वोच्चको न्यायाधीशमा पाण्डे र निरौलाको नाम अनुमोदित पाथिभरामा केबलकार बनाउने विषयमा झडप ‘एनपीएल’लाई स्टार स्पोर्ट्सले प्रत्यक्ष प्रशारण गर्ने

भारतीय अभिनेता मनमीत ग्रेवालले आत्महत्या गरे, लकडाउनमा डिप्रेसनको शिकार

admin

सब टिभीको शो ‘आदत से मजबुर’ मा देखिएका अभिनेता मनमीत ग्रेवालले शुक्रबार आत्महत्या गरेका छन् । ३२ वर्षका मनमीतले शुक्रबार राती पासो लगाएर आत्महत्या गरेका हुन् । उनी आफ्नी श्रीमतीसँगै मुम्बईमा बस्दै आएका थिए । भारतीय मिडियामा प्रकाशित जानकारीका अनुसार मनमीत लकडाउनका कारण निकै चिन्तित थिए । लकडाउनका कारण उनको कमाई रोकिएको थियो र यसैले उनी डिप्रेशनको शिकार भएका थिए । स्रोतका अनुसार मनमीतले पहिले देखि नै आर्थिक समस्या झेलिरहेका थिए । यस्तोमा लकडाउनको क्रममा उनको समस्या झनै बढ्यो । उनी आफ्नो भाडा तिर्नसमेत असमर्थ भएका थिए ।

एबीपी न्यूजसँग उनका नजिकका साथी मनजीत सिंह राजपुतले लकडाउनले मनमीतको जीवनमा निकै समस्या ल्याएको बताए । मनजीतले भने, ‘मनमीत पछिल्लो थुप्रै समस्यादेखि आर्थिक समस्यासँग जुधिरहेका थिए । उनले व्यक्तिगत र व्यावसायिक कामका लागि लाखौं रुपैयाँ उधारो लिइसकेका थिए । लकडाउनका कारण काम बन्द हुँदा न त उनको कुनै कमाई भइरहेको थियो न नै मानिसहरुबाट लिएको उधारो तिर्न सकिरहेका थिए । यसैका कारण उनले यस्तो अफसोसजनक कदम उठाएका हुन् ।’

मनमीतका साथीले कोरोनाका कारण मनमीतको शवलाई मानिसहरुले छुनसमेत डराएको पनि जानकारी दिए । उनले भने, ‘श्रीमतीले जब श्रीमानको शवलाई झुण्डिरहेको देखिन् तब उनले मानिसहरुसँग मद्दत मागिन्, तर मानिसहरु कोरोनाभाइरसका कारण अगाडि आउन पनि डराइरहेका थिए । केही बेरपछि एक डाक्टर र पुलिस पनि त्यहाँ पुगे तर उनीहरुले पनि कुनै मद्दत गरेनन् । करिब एक घण्टापछि भवनका गार्डले मनमीतको घाँटीमा बाँधिएको सल काटे र त्यसपछि मात्रै उनलाई अस्पताल पुर्याइयो । अस्पताल पुग्ने बित्तिकै उनलाई मृत घोषित गरियो ।’


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको