Logo
09 Feb 2025    २७ माघ २०८१, आईतवार

ताजा खबर

महोत्सवस्थलमा आगलागी राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची प्रतिनिधिसभा बैठक बस्दै क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प गायिका सारिका घिमिरेको स्वरमा ‘झुम्के फुली’ (भिडियो) निर्वाचन आयोगद्वारा मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य पुनः सुरु

निर्माताको घांटी निमोठ्ने काम गरिनुहुदैन : राजु अधिकारी,निर्माता/निर्देशक

admin

राजु अधिकारी : निर्माता/निर्देशक

नेपालको चलचित्र क्षेत्र विकासमा दिन रात लागि परिरहेका व्यक्ति, जसले थुप्रै चलचित्रहरु छायाङ्कन गर्दा गर्दै यो क्षेत्रलाई नै आफ्नो कर्मथलो बनाए । २०५२ सालबाट चलचित्र क्षेत्रमा प्रवेश गरेका उनले चलचित्र निर्माण संगै विभिन्न नाम चलेका चलचित्रमा निर्देशकको भूमिका समेत निर्वाह गरेका छन् । क्यामरा चलाउँदा चलाउँदै निर्देशन तिर लागेका उनी एक सफल चलचित्र निर्देशक संगै समाजमा सकारात्मक सोचको विकास गराउन सक्ने चलचित्र निर्माण गर्ने निर्माताको रुपमा समेत परिचित छन् । उनले स्वदेशी तथा विदेशी थुप्रै चलचित्र सम्बन्धी एवार्ड हासिल गर्न सफल भएका छन् । उनले “दिलमा सजाय तिमीलाई “, “लावारीस”,”सुब्बा साब”,”लेकसाईड” “मेरो मिल्ने साथी “जस्ता चलचित्र निर्माण गरेका छन् भने द निर्मला ,लेकसाईड सुब्वा साब र उल्झन (हाल पोष्ट प्रडक्सनमा) रहेको छ , उनले निर्देशन गरेका चलचित्रहरु हुन । उनको हालसालै उल्झन नामक चलचित्र प्रदर्शन हुने तयारीमा छ । उनै चिरपरिचित सफल ,सबल एंव मेहनति, प्रतिभावान ,शालिन ब्यक्तित्व राजु अधिकारी संग राष्ट्रखवर पत्रिकाले गरेको कुराकानिको मूख्य अंश ।
तपाई लामो समयदेखी चलचित्र क्षेत्रमा हुनुहुन्छ, चलचित्रको बजारको अवस्था , यो व्यवसाय स्थापित हुन नसक्नु र अस्वस्थ प्रतिश्पर्धा हुनुको कारण के होला ?
चलचित्र निर्माताले चलचित्र किन बनाएको हो ? के उद्देश्यले निर्माण गरेको हो ? मनोरञ्जनका लागि मात्र बनाएको हो कि यसले आम्दानी पनि गरोस भन्ने चाहेको हो यस विषयमा निर्माताहरु सजग र अध्ययन हुनु जरुरी छ र यो व्यवसायको प्राविधिक पक्ष नवुझेका व्यक्तिहरु यो क्षेत्रमा आउदा समस्या देखिएको छ । यो व्यवसायलाई सकारात्मक सोचका साथ मनोरञ्जन मार्फत समाज परिवर्तनमा सहयोगी भूमिका निर्वाह गर्ने प्रकारको बनाउनु आवश्यक छ । अहिले अस्वस्थ प्रतिश्पर्धा संगै जस्तो चलचित्रको ह्यीम चल्यो त्यस्तै चलचित्र निर्माण गर्दा सबै सफल हुन सक्ने अवस्था छैन । कति राम्रा चलचित्र पनि बजार प्रर्वद्धनको अभावमा र हलवालाको मनोमानिका कारण आफ्नो लगानी पनि सुरक्षित गर्न नसकेको अवस्था छ । फरक फरक विषयमा चलचित्र बनाउन सके चलचित्रले दर्शकलाई हलसम्म तान्न सक्ने थियो । दर्शकलाई हल भित्रको दुई घण्टा वितेको थाहै नपाउने किसिमको चलचित्र बनाउन जरुरी छ । एउटा राम्रो चलचित्र निर्माण गर्न निर्माता र निर्देशक विचको समन्वय र कलाकार चयन ,अत्याधुनिक प्रविधी संगै अनुभवी छांयाकार हुनु आवश्यक छ ।
केही चलचित्र बाहेक अधिकांश चलचित्रले लगानी अनुरुप मुनाफा कमाउन सक्दैनन् भन्ने सुनिन्छ के भन्नुहुन्छ ? लगानी अनुरुप मुनाफा कमाउन के गर्नुपर्ला ?
चलचित्र निर्माण पक्षमात्र महत्वपूर्ण नभई यसको प्रचारप्रसार पनि एक महत्वपूर्ण विषय हो भन्ने जान्न जरुरी छ । दर्शकलाई चलचित्र बारे जानकारी दिई हलसम्म तान्न उसले निर्माण गरेका गीत ,संगीत, ट्रेलर सबैको महत्वपूर्ण भूमिका हुन्छ । त्यसैले यसको प्रचार प्रसार गर्न सकेमा दर्शकलाई हलसम्म तान्न सकिन्छ । नेपालमा दश प्रतिशत चलचित्र पनि सफल हुन सकेको छैन । दर्शकलाई हलमा तान्न सबै सफल भएका छैनन् । त्यसैले हलसम्म ल्याएर फरक विषयबस्तुको चलचित्र निर्माण गर्न सकेको खण्डमा नेपाली चलचित्र क्षेत्रको विकास हुने थियो ।
चलचित्र क्षेत्रमा सिन्डिकेट छ कि छैन ? एउटै चलचित्रले एकै पटकमा सबै हलमा प्रदर्शन गर्ने मौका किन नपाएका होलान् ?
चलचित्र प्रदर्शन गर्न कुनै सिन्डिकेट वा एकाधिकार भन्ने छैन तर कुन समयमा कसको चलचित्र प्रदर्शनमा ल्याउने भन्ने हुन्छ । एउटै चलचित्रले सबै हल नपाउने भएपछी राजधानी बाहिर र भित्र छुट्टाछुट्टै मितिमा चलचित्र प्रदर्शन गर्ने प्रचलन पनि छ । चलचित्र राम्रो छ भने चल्छ तर पहिले नै प्रदर्शनको मिति नतोक्ने हो भने तत्काल एकै पटक धेरै हलमा चलचित्र प्रदर्शनको मिति पाउन भने कठिन हुन्छ ।
चलचित्र के का लागि बनाइन्छ ? निर्माताले भोग्नुपर्ने समस्या र चुनौतिहरु संगै यो व्यवसायका राम्रा र नराम्रा पक्षहरु बताईदिनुस न ।
यो व्यवसायमा मान्छे मनोरञ्जनका लागि आउने गरेका छन् । यो व्यवसाय सौखिन व्यवसाय भएकाले आफैमा खर्चालु छ । यो अत्यन्तै चुनौतिपूर्ण व्यवसाय हो । यो पनि व्यवसाय हो भन्ने बुझ्न जरुरी छ । निर्माण गरेको चलचित्र दर्शकले मनपराएनन भने लगानी खेर जान्छ । बेच्ने बस्तु केही पनि हुदैन । अत्याधिक जोखिमपूर्ण क्षेत्र भएकाले सबै कुरा विचार गरेर मात्र चलचित्र निर्माण गर्नुपर्छ । बजारको माग अनुसारको चलचित्र बनाउन सकियो भने यो क्षेत्रबाट नाम र दाम दुवै कमाउन सकिन्छ । नेपालमा बक्सअफीसको व्यवस्था नहुदा निर्माताहरु ठगीने गरेका छन् त्यसैले चलचित्रले गरेको व्यवसायलाई पारदर्शी बनाउन जरुरी छ । चलचित्रको वितरकका कारण पनि समस्या हुने गरेको छ त्यसैले हलवाला वा वितरकका कारण निर्माताको घांटी निमोठ्ने काम गरिनुहुदैन । व्यापार गरेको चलचित्रलाई पनि हलवालाले गलत रिपोर्ट दिदाँ निर्माता समस्यामा पर्ने गरेका छन् ।

 

 

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको