स्वास्थ्यकर्मी डा. कार्कीले आफूमाथि दुर्व्यवहार गरेको आरोपमा उत्तम कार्की विरुद्ध काठमाडौं प्रहरी परिसरमा जाहेरी

वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीले आफूमाथि दुर्व्यवहार गरेको आरोपमा काठमाडौं चन्द्रागिरिका उत्तम कार्कीविरुद्ध काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएका छन् ।शुक्रबार बिहान ती युवकले हेटौंडाबाट काठमाडौं आउँदै गरेका डा। कार्कीलाई नागढुंगामा गाडी रोकेर दुव्र्यवहार गरेका थिए । नागढुंगामै प्रहरीले सवारी पास नबोकेको भन्दै डा.कार्कीलाई रोकेको थियो । त्यसपछि प्रहरी नजिकै रहेका ती युवकले डा.कार्कीको झोला खानतलासी गर्नुका साथै अनधिकृत रुपमा केरकार गरेका थिए । केही बेरको भनाभनपछि डा. कार्की काठमाडौं नआई हेटौंडा फर्किएका थिए । घटनाको दुई दिनपछि आइतबार ती युवकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले अभद्र व्यवहार गर्ने युवकलाई नियन्त्रणमा लिइसकेको र पीडितका तर्फबाट सोमबार बिहान जाहेरी परेको बताए । डा. कार्कीले आफूमाथि प्रहरीले समेत दुव्र्यवहार गरेको बताए पनि जाहेरीमा भने त्यो कुरा उल्लेख गरेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *