Logo
25 May 2025    १२ जेष्ठ २०८२, आईतवार

ताजा खबर

‘सेलिब्रेटीसँग बालबालिका’ का लागि नायक श्रीदेब भट्टराई आफ्नै जन्मथलो ईलाममा संसदको शिक्षा समितिको बैठक आज, शिक्षा विधेयकमाथी छलफल हुने यी प्रदेशमा हुनेछ मेघगर्जन र चट्याङसहित वर्षा तनहुँको मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु कानून विपरीत वैदेशिक रोजगारीमा पठाउनेलाई कारबाही गर्ने चेतावनी रास्वपाद्वारा गृहमन्त्री लेखकको राजीनामा माग

भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख नजीक,पछिल्लो २४ घण्टामा भारतमा ५ हजार २४२ जना कोरोना भाइरस संक्रमित थपिए

admin

एजेन्सी । गत २४ घण्टामा भारतमा ५ हजार २४२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यसैसँगै भारतमा कोभिड–१९ संक्रमितको संख्या ९६ हजार १९६ जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।  भारतमा आइतबार एकै दिनमा १५७ कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । त्यसपछि भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको संख्या ३ हजार २९ जना पुगेको छ । यस संक्रमणबाट निको भएका बिरामीको संख्या ३६ हजार २९ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ ।

भारतमा सोमबार बिहानसम्मको तथ्याङ्कअनुसार हाल यो रोगका ५९ हजार ३४५ जना संक्रमितहरु अस्पतालमा उपचार गराइरहेका छन् । कोभिड–१९ बाट सबैभन्दा बढी भारतको महाराष्ट्र राज्यमा नागरिक संक्रमित भएका छन् । यहाँमात्र ३३ हजार ५३ नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् । कोरोनाको संक्रमणबाट महाराष्ट्रमा १ हजार १९८ जनाको मृत्यु भएको छ ।

महाराष्ट्रपछि गुजरात दोस्रो स्थानमा रहेको छ । त्यहाँ ११ हजार ३७९ जनामा कोरोना भाइरसको संक्रमण रहेका छन् । गुजरातपछि तमिलनाडूमा ११ हजार २२४ संक्रमति रहेका छन् । दिल्लीमा कोरोना भाइरसको संक्रमणको संख्या १० हजार ५४ पुगेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको