Logo
11 Dec 2025    २६ मंसिर २०८२, बिहीबार

ताजा खबर

अब विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति रहँदैनन्, राजनीतिकरण अन्त्य: प्रधानमन्त्री सरकार र भन्सार एजेन्ट बीच सहमति, भन्सार अवरोध खुल्यो काठमाडौं-४ सहित गगन थापाको नाम चार ठाउँबाट सिफारिस एमालेमा आन्तरिक प्रतिस्पर्धा चर्कियो : ओली र पोखरेल प्यानल भिडन्त एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

आयल निगमका कार्यकारी निर्देशकलाई कारवाहीका लागि सिफारिस

admin

नेपाल आयल निगमले जग्गा खरिद प्रकरण अर्बौं रुपैयाँ घोटालामा मुछिएका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई कारवाही गर्न आपूर्ति मन्त्रालयका सचिव कृष्ण देवकोटाले सिफारिस सहितको प्रतिवेदन मन्त्रालयमा बुझाएका छन् ।  मन्त्रालयले जग्गा खरिदबारे अध्ययन गर्न नियम सञ्चालक समितिका अध्यक्ष समेत रहेका सचिवलाई निर्देशन दिएको थियो । जग्गा खरिद प्रकरणमा बदनियत प्रष्ट देखिएको भन्दै आपूर्ति सचिवको प्रतिवेदनमा खड्कालाई कारवाही गर्न सिफारिस गरिएको छ । खड्कालाई आयल निगममा राखिरहँदा थप क्षति हुने देवकोटाले प्रतिवेदनमा उल्लेख गरेका छन् । संसदीय समितिहरुले समेत जग्गा खरिदमा अनियमिता भएको ठहर गर्दै दोषीलाई कारबाही गर्न निर्देशन दिइरहेका बेला मन्त्रालयकै सचिवले नै कारवाही सिफारिस गरेपछि आपूर्तिमन्त्री मण्डल नैतिक दबावमा परेका छन् ।  निर्दोष कोही पनि नपरोस् भनेर मात्र आफूले हतारमा कुनै निर्णय नगरेको भन्दै उनले दोषी देखिएकालाई कारबाही गर्न आफू कुनै हालतमा पछि नहट्ने बताएका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको