Logo
02 Nov 2024    १७ कार्तिक २०८१, शनिबार

ताजा खबर

विश्वकप लिग-२ : आज नेपाल र अमेरिका भिड्दै ‘नेपाल संवत् ११४५’ ले राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्नेछ : राष्ट्रपति पाैडेल नेवारी समूदायको म्हः पूजा आज अस्ट्रेलियाविरुद्ध नेपालको शानदार जित तिहारको चौँथो दिन गोवर्द्धन पूजा माडी नदीमा २ जनाको शव फेला

दूरी : पुस्तकप्रसाद

admin

दूरी

एउटै नहुन सक्छ
हामी जन्मिएको मिति
नहुन सक्छ एउटै अवस्था
पला, घडी र समय
आमाले घाँस काटिरहँदा
जन्मिएको थिएँ म
तिमी अस्पतालमा
जन्मिएकी हुन सक्छ्यौ
तर एउटै थियो
हामी जन्मिएको आकास ।

आँधी तुफान आइरहन्छ
भत्काइ रहन्छ
पक्कै म जन्मिँदा
हुरी चलेको हुनुपर्छ
झरी परेको हुनुपर्छ
मुस्कुराइ रहन्छ्यौ
रमाइरहन्छ्यौ
तिमी जन्मिदा बहार हुनुपर्छ
फूल फुलेको हुनुपर्छ
तर एउटै थियो
हामीले फेरेको पहिलो सास ।

जहाँ तिम्रा आँखा थिए
जहाँ तिम्रो मुटु छ
छातीको देब्रेतिर
त्यही छ मेरो पनि मुटु
पानी बग्दैन मेरो नसामा पनि
भोक तिमीलाई पनि लाग्छ
तिमी जुत्ता लगाएर
लुगा लगाएर हुर्कियौ
म काँडा टेकेर
सबथोक देखाएर हुर्किएँ
तर एउटै थियो
तिम्रो र मेरो निद्रा

साथी !
के छ तिम्रो जातमा त्यस्तो
जसले तिमीलाई मसँग
प्रेम गर्ने अनुमति दिएन ।     पुस्तकप्रसाद


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको