Logo
18 Nov 2025    ३ मंसिर २०८२, मंगलवार

ताजा खबर

एनपीएल : काठमाडौं गोर्खाज ५ विकेटले विजयी निर्वाचन सम्बन्धी अध्यादेश ल्याउँदै छौँ : प्रधानमन्त्री कार्की बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा मृत्युदण्ड सजाय सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सडक डिभिजन कार्यालय काठमाडौंद्धारा वर्षौंदेखि अलपत्र सडकका २५ रुग्ण ठेक्का तोडियो लिटिल आइडलको उपाधि रेबिका र निर्भाणलाई

“मोहनी” ल्याए पछि सारिकाको थपियो नयां परिचय

admin

काठमाडौं , चलचित्रको पर्दामा र म्युजिक भिडियोमा व्यस्त रहने नायिका सारिका घिमिरे अब गायिका पनि भएकी छिन् । उनको एकल स्वरमा रहेको पहिलो गीति एल्वम “मोहनी” बजारमा ल्याएकी छिन । राजधानीमा एक कार्यक्रमका विच सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवम् वरिष्ठ सङ्गीतकार शम्भुजित बाँस्कोटा, वरिष्ठ पत्रकार तथा गीतकार शान्तिप्रिय, वरिष्ठ गायिका सङ्गीता राना, वरिष्ठ सङ्गीतकार राजु सिंह, चलचित्र पत्रकार संघकी उपाध्यक्ष गीता अधिकारी, सङ्गीतकार सन्तोष श्रेष्ठ, अर्जुन पोखरेल, गायिकाकी आमा रमा घिमिरेले उक्त एल्बम मोहनीको बिमोचन गरेका हुन् । गीतलाई छायाँछवि क्रियशनले बजारमा ल्याएको छ ।

कार्यक्रममा उनको एल्वम ‘मोहनी’ भित्र समावेश गरिएको ‘के देख्यौ माया लायौ‘।’को भिडियो पनि सार्वजनिक गरिएको थियो । भिडियोमा उनको आफ्नै अभिनय रहेको छ भने उनलाई मोडल पुष्पल खड्काले साथ दिएका छन् । जितेन लेप्चाको सङ्गीत रहेको गीतलाई रमेश थापा मगरले लेखेका हुन् । पत्रकार सुव्रत आचार्यले निर्देशन गरेको भिडियोलाई भरत रेग्मीले आकर्षक रुपमा ग्राफिक्स्को साथमा सम्पादन गरेका छन् ।

भिडियो :

https://youtu.be/_Z0B4Pj6cHw


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको