Logo
14 Nov 2025    २९ कार्तिक २०८२, शुक्रबार

ताजा खबर

नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो चार दिनदेखि विद्युत आपूर्ति बन्द

चितवनकी “फतौरी आमा” अर्थात सम्पदा अभिनयमा जम्ने तयारीमा

admin

चितवन : भरतपुर, कृष्णपुरकी सम्पदा अ्म्गाइ हाल सप्तगन्डकी बहुमुखी कलेज भरतपुर चितवनमा अध्यनरत छात्रा हुन । पातालो जिउडाल भएकि सम्पदा खुब बोल्न मन पराउछिन । पढाइका साथ साथै अतिरिक्त क्रियाकलाप हरुमा पनि सम्पदा ज्यादै सकृय छिन । पढन बाहेक गीत गाउन , नाच्न विभिन्न किसिमका नाटक हरु गर्न धेरै मेहेनत गर्न पर्दैन । यिनै प्रतिभाहरुका कारण उनी सबैका माझ परिचित हुनुका साथै सबैका प्रिय पनि छिन । उनी भन्छिन “मलाइ गीत गाउन नाच्न र अभिनय गर्नका लागि मेरि आमाले एक्दमै सहयोग गर्नुहुन्छ । त्यसैले होला मैले गरेका क्रियाकलापहरुमा म सधै सफल हुँदै गै राखेकी छु ।”

नौ बर्षको उमेरमा नै सानो परि र सानो बाबू प्रतियोगितामा मस्ट टैलेन्टेड को उपाधी हात पार्न सफल भएकी सम्पदा सानो उमेरमा थुप्रै पुरस्कार हरु जित्न सफल भएकी छन । बाटोमा हिड्दा सम्पदा लाई नामले भन्दा पनि फतौरी आमै भनी बोलाउने को संख्या ठूलो छ । उनले साना ठूलो विभिन्न कार्यक्रमहरुमा अभिनय मार्फत फतौरी आमै को आकर्षक भुमिका निभाइ सकिन । उनलाई चितवनमा यहि नामले परिचय दिएको छ । वाककला , नृत्य, लेखन , अभिनय जस्ता विविध प्रतिभाहरुको धनी सम्पदा यिनै क्षमताको कारण उनले छात्रवृत्ति समेत आर्जन गरेकी थिईन। उनलाइ गजल, कबिता रचनामा उनकी दिदी संकल्पले निकै प्रेरित गरेको बताउछिन । उनकी दिदी पनि उनको प्रतिभा देखेर खुसी छिन ।

स्काउट मास्टर शिव बराल बाट प्रभाबित सम्पदा उनलाइ हृदय देखि नै सहयोग गर्ने दिदी आरती सापकोटा र उसलाइ हौसाला प्रधान गराउने मामा कृष्ण नेउपाने प्रती कृतज्ञता व्यक्त गर्छिन । सम्पदाले नेपालका लोकप्रिय हास्यकलाकारहरु को साथमा आफ्नो प्रतिभा समेत प्रदर्शन गरिसकेकी छन् । उनलाइ साना ठुला पर्दामा अभिनय गर्ने प्रस्ताव पनि आएका छन । पढाइमा असर नहुने गरि उनी ती अफर हरु स्विकार्ने मनसायमा रहेकी सम्पदा आफ्नो प्रतिभा मार्फत देश चिनाउने उनको लक्ष्य छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको