Logo
16 Jul 2025    १ श्रावण २०८२, बुधबार

ताजा खबर

२०७२ अगाडि विवाह गरेकी छोरीले अंश नपाउने ५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रुसलाई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी विपी राजमार्गमा राति यातायात सञ्चालनमा रोक पेट्रोलको मूल्य लिटरमा एकैपटक पाँच रुपैयाँ घट्यो २४ लाख ५० हजार घुससहित भक्तपुरका मालपोत प्रमुख र दुई कर्मचारी पक्राउ पोखरेलले लिए बीमा प्राधिकरण अध्यक्षको शपथ

यमन श्रेष्ठको निर्माण निर्देशनमा ‘स्कूल कहिले खुल्छ ?’

admin

लकडाउनको समयमा समेत घरमै बसेर समय सान्दर्भिक गीत तथा भिडियो श्रृजना गरि आम दर्शकसामू उत्कृष्ट मनोरन्जन पस्किदै आएका निर्देशक तथा कलाकार यमन श्रेष्ठले पछिल्लो पटक ‘स्कूल कहिले खुल्छ ?’  सर्ट फिल्मको निर्माण तथा निर्देशन गरि सार्वजनिक गरेका छन ।
लक डाउनको समयमा सबैभन्दा मारमा परेका विद्यार्थी तथा स्कूलको पिडा समेटिएको उक्त सर्ट मुभीको कथा समेत लेखेका यमनले मोबाईलबाटै छायांकन गरि मनोरन्जनात्मक ढंगले निर्माण निर्देशन गरेका हुन । लामो समयदेखी बन्द रहेको बिद्यालयलाई केही विद्यालयले अनलाईनको माध्यमबाट पढाउने प्रयास गरे पनि ग्रामीण भेगका विद्यालय तथा सामूदायिक बिद्यालयले कसरी बिद्यार्थीलाई पढाउन सकिन्छ भन्ने वहसलाई कलाकार यमनले व्यंग्यात्मक तवरले प्रस्तुत गरेका छन ।
सामाजिक सन्जाल फेसबुक, ईन्स्ट्रागाम तथा युट्यूबबाट सार्वजनिक गरिएको उक्त सर्ट मुभीमा कलाकारहरु रिंकु बज्राचार्य श्रेष्ठ, सुनिता गौतम, अजय अधिकारी सुशिल,रोशन कोईराला तथा बाल कलाकार निशुना बजगाईको अभिनय रहेको छ ।
लकडाउनको समयको सदुपयोग गर्दै घरमै बसेर निर्माण गरेको स्कूल कहिले खुल्छ ? ले घरमै बसेका अभिभावक तथा विद्यार्थीलाई मनोरन्जन दिने विश्वास गायक समेत रहेका निर्देशक एवं कलाकार यमन श्रेष्ठ बताउछन । भिडियोलाई निम्बुस बजार डटकमले सहकार्य गरेको छ ।

स्कूल कहिले खुल्छ ? को भिडियो हेर्नुहोस ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको