Logo
17 Jan 2025    ४ माघ २०८१, शुक्रबार

ताजा खबर

मानव अधिकारसहित संसदका २ समितिको बैठक बस्दै प्रेम सम्बन्ध बिग्रिएपछि महिलाको चरित्रहत्या गर्ने दुईजना पक्राउ टेक तामाङको शव्द तथा प्रल्हाद लिमल्सिना र सुमिनाको स्वरमा ‘स्वर्ग झै सैलुङ’(भिडियो) कांग्रेसले मन्त्रीहरूलाई दियो ७ बुँदे निर्देशन काठमाडौँ उपत्यकाभित्र हर्न बजाउन नपाइने रविविरुद्ध रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर हुँदै

फिनालेको पूर्वसन्ध्यामा “मिसेस ग्लोबल का २०१७” प्रतियोगीले यस्तो प्रतिभा देखाए (फोटो फिचर)

admin

एमाजोन ईन्टरटेन्मेन्टले प्रत्येक वर्ष आयोजना गर्दै आइरहेको ‘मिसेस ग्लोबल नेपाल २०१७’ का प्रतिस्प्रधीहरुले आ-आफ्नो कला प्रस्तुत गरेका छन । प्रतिष्पर्धीहरु ट्यालेन्ट शोमा नृत्य, कुकिङ, गायन, कबिता बाचन् र बत्तृत्वकलालागतयका प्रस्तुति दिएका थिए । ट्यालेन्ट सोमा सहभागी प्रतियोगीको मूल्यांकन कोरियोग्राफर हिमानी सुब्बा, नायक गजित बिष्ट, मिसेस नेपाल आईडल २०१७ बिजेता रक्की श्रेष्ठ, ब्युटिसियन नेपाल बिजेता तथा मेकअप आर्टिस्ट सुधा गुरुङले गरेका थिए ।

भाद्र ३१ गते काठमाडौंको जमलमा हुने फाइनल प्रतिस्पर्धाको लागि प्रतिष्पर्धीलाई व्यक्तित्व विकास, नेतृत्व विकास, प्रभावकारी वत्तृत्वकला, मानवधिकार लगायात विभिन्न शिषर्कमा प्रशिक्षण प्रदान गरिएको संयोजक कमल खतिवडाले बताए । प्रतियोगिताको लागि काठमाडौं भित्र तथा बाहिरबाट १८ जना प्रतियोगीहरु प्रतिस्प्रधी गर्दैछन । विवाहित महिलाहरुमा केन्द्रित बौद्धिकता,सौन्दर्य, आन्तरिक प्रतिभा र सांस्कृतिक सचेतनाका साथ साथै प्रतियोगीहरुको प्रतिभा निखार्दै पेसा र समाजप्रति थप जिम्मेवार एवं उत्तरदायी बनाउने उद्देश्यका साथ आयोजना गरिएको यस् “मिसेस ग्लोबल नेपाल २०१७” को बेस्ट फोटोजेनिक तथा पपुलर एवार्डको लागि अनलाईन भोटिङ पनि सुरुभएको छ । आफ्ना मनपर्ने प्रतियोगीहरुको लागि आर्टिस्ट नेपालको पेजमा गएर भोटगर्न सकिनेछ ।

अन्तिम स्पर्धाका लागि छानिएका प्रतियोगीलाई व्यक्तित्व विकास, सञ्चार, कला, शैक्षिक भ्रमण, फोटोसेसन, महिला सशक्तीकरण,सामाजिक क्रियाकलाप, मेकअप, फेसन, प्रेरणा, नेतृत्व क्षमता, सामाजिक सञ्जालको सदुपयोगजस्ता विषयमा कोरियोग्राफी हिमानी सुब्बा तथा गेस्टको रुपबाट कला सुब्बाद्वारा प्रशिक्षण प्रदान गरिएको आयोजकले बताएका छन ।
प्रतियोगीतामा मुख्य उपाधिसहित फस्ट रनर्सअप, सेकेन्ड रनर्सअप, मस्ट ट्यालेन्ट, बेस्ट पर्सनालिटी, मस्ट ब्युटिफुल, मिस फोटोजेनिक बेस्ट स्माईल आदि बिभिन्न विधामा विजेता छानिनेछ। प्रतियोगितामा सुनिला कायस्थ,अनिशा श्रेष्ठ, आर्जु गुरुङ, सुनिता तामाङ, रिना लामा, पुष्पा राई, मिना श्रेष्ठ, सन्तोषी जोशी पाण्डे, रेखा बस्नेत श्रेष्ठ, दिक्षा अधिकारी, सुजा राउत, तारा थापा, सुनिता थापा, मिरा राजबंशी गोर्खाली, सोनिया शर्मा अधिकारी, दोर्जे दोल्मा गुरुङ , सोनिया लामिछाने र अन्जना पौडेल रहेका छन ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको