Logo
18 Apr 2024    ६ बैशाख २०८१, बिहीबार

ताजा खबर

मुन्नाभाईको तेस्रो सिरिज बन्ने एन्फाका उपाध्यक्ष दावा लामा लागु औषध कारोबार मुद्दामा पक्राउ रास्वपाका पूर्वनेता खरेल भन्छन्- गृहमन्त्रीलाई छानबिन गर इरानमाथि थप प्रतिबन्ध लगाउने तयारीमा अमेरिका र युरोप रौतहटको गरुडाका मेयर सहित कर्मचारी भारत भ्रमणमा,सेवाग्राही मारमा आज राम नवमी, भगवान् श्रीरामको पूजा आराधना गरी मनाइँदै

मकाउमा कार्यरत ७० नेपाली घर फर्कन प्रतीक्षारत

admin

मकाउमा कार्यरत ७० नेपाली घर फर्कन प्रतीक्षारत रहेका गैरआवासीय नेपाली संघ, मकाउले जनाएको छ।

कामबाट राजीनामा गरेका, भिसा पुनः नविकरण नभएका, कामबाट निकालिएका, भिजिट भिसा, गर्भवती तथा बिरामी गरी ७० जनाले महाबाणिज्य दूतावासमार्फत नाम दर्ता गराएका एनआरएन मकाउले जानकारी दिएको छ। मकाउमा चार हजार पाँच सय ३९ नेपाली वैधानिक रुपमा कार्यरत छन्।

‘नेपालीहरुलाई फर्काउन मकाउमा फ्लाइट ल्याउने वा थाइल्याण्ड तथा सिंगापुरमा आउने चार्टड फ्लाइटमार्फत गर्ने भन्ने कुरामा पहल भइरहेता पनि हङकङबाट हुने फ्लाइटको लागि आवश्यक हङकङ ट्रान्जिट लगायतका प्रक्रियाबारे सम्बन्धित निकायमा आवश्यक छलफल भइरहेको छ’ एनआरएनए मकाउका एक नेताले भने, ‘सोही अनुरुप एनआरएनए मकाउले २० जुनको समय सीमा राखि सूचना गरी फाराम भर्न अनुरोध गरिसकेको छ।’

मकाउबाट फर्किन हवाई भाडा सम्बन्धित कम्पनीले दिनेछ। एनआरएनएका अनुसार मकाउमा कार्यरत ४०० नेपाली विदामा नेपाल आएका छन्। कतिपय कम्पनीले विदामा रहेकाहरुलाई १५ दिनको तलब दिएको छ। भिसा म्याद थप्नुपर्नेहरु भने मकाउ प्रवेश गर्न पाउने छैनन्। किनकी मकाउ बाहिर रहेका सबै देशका कामदारलाई प्रवेश अनुमति दिइएको छैन। मकाउमा हाल कुनै पनि नेपाली संक्रमित नभेटिएको र संक्रमितको सफल उपचार भएको जनाइएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको