Logo
01 Nov 2024    १६ कार्तिक २०८१, शुक्रबार

ताजा खबर

माडी नदीमा २ जनाको शव फेला ‘सिजल एण्ड सिस्टर’ले काभ्रेका २५० परिवारलाई वितरण गर्यो राहत सामाग्री अमेरिकामा मनाइयो कुकुर तिहार गैरकानुनी रूपमा सडकमा कर नउठाउन स्थानिय तहलाई गृहको निर्देशन भारतमा ‘देवभुमी आईकन अवार्ड’ सम्पन्न लक्ष्मीपूजाको दिन हिजो बिजुलीको उच्च माग, १ हजार ६ सय २ मेगावाट

बकैया नदीले तटबन्ध कटान शुरु गरेपछि रौतहटमा बाढीको त्रास

admin

बकैया नदीले तटबन्ध कटान शुरु गरेपछि नदी किनारका बस्तीमा बाढीको त्रास बढेको छ । असारको पहिलो हप्तामै आएको बाढीले रौतहटको बौद्धिमाई नगरपालिका ३ मा बकैया नदीले तटबन्ध कटान शुरु गरेपछि आधा दर्जनभन्दा बढी गाउँमा त्रास देखिएको हो।

तटबन्ध भत्किँदा बौद्धिमाई नगरपालिकाको इनरबारी, इनरबा र मटिअर्वा, परोहा नगरपालिकाको तेजापाकड, लौकाहा, डमार पोखरिया तथा राजपुर नगरपालिकाको राजपुर, अकोलवा, बैरियालगायतको गाउँ डुबानमा पर्ने खतरा रहेको परोहा नपाका मेयर शेख वकिलको भनाइ छ।

बाढीले तटबन्ध भत्काउँदा जनधनको क्षति हुने खतरा रहनुका साथै स्थानीय सडक सञ्जाललाई पनि ध्वस्त बनाउने गरेको मेयर वकिलको भनाइ छ । कैयौँ गाउँका किसानको खेतको बालीनालीमा पनि बाढीले गम्भीर असर गर्ने गरेको छ।

गत वर्षको बाढीले बकैया नदीको तटबन्ध कटहरिया, देवाही गोनाही, बौद्धिमाई नगरपालिकाको दर्जनौँ ठाउँमा भत्काएको थियो । गत वर्ष भत्काएको ठाउँमा नै बाढीले बकैयाको तटबन्ध कटान शुरु गरेपछि जिल्लाका कैयौँ गाउँमा बाढीको त्रास बढेको मेयर वकिल बताउँछन्।

जिल्लाको पूर्वी भेगमा रौतहट र सर्लाहीको सीमा नदीको रुपमा रहेको बागमतीमा पनि पानीको बहाव बढेपछि गढीमाई नगरपालिकामा त्रास देखिएको छ।

गढीमाई नपा १ हरैयानजिक तटबन्ध अत्यन्तै कमजोर बनेको तर मरम्मत हुन नसकेको कारण ऐतिहासिक समनपुर बजारसहित आधा दर्जन गाउँ उच्च जोखिममा रहेको गढीमाई नपाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादव बताउँछन् । तटबन्ध भत्किएमा आफ्नो वडा बर्बाद हुने खरता रहेको वडाध्यक्ष राम विनय राय यादवको भनाइ छ।

नगरपालिकाले तटबन्ध मरम्मतको लागि नदी नियन्त्रण कार्यालय परवानीपुरमा धेरैपटक पहल गरेको भए पनि बन्दाबन्दीले गर्दा सम्भव हुन नसकेको नपाका प्रमुख प्रशासकीय अधिकृत यादवको भनाइ छ।

बागमतीमा बाढी आउँदा तटबन्ध भत्किने हो कि भन्ने सम्भावनाले पनि सर्लाहीका कतिपय गाउँका स्थानीयबासी त्रसित हुने गरेको सर्लाहीको रामनगर गाउँपालिका अध्यक्ष कृष्णप्रसाद वर्माको भनाइ छ।

Source: HimalKhabar


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको