Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

न्यूजील्याण्डले पाकिस्तानलाई हरायो अनमोल केसी नर्भिक अस्पतालमा भर्ना ५१ देशका आरोहीले लिए अनुमति एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी आजदेखि सोह्र श्राद्ध सुरु प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै

नेपाल आईडलबाट बाहिरीएपछी गगनले यस्तो भिडियो लिएर आए

admin

नेपाली तारा सिजन ३ तथा नेपाल आईडल प्रतियोगिता प्रतिस्प्रधीको रुपमा रहेका नबगायक गगन फुँयालले नयाँ म्युजिक भिडियो सार्वजनिक गरेकाछन । बतास सँगै गीतलाई निमुखा युबराजले लेखेका हुन भने पछील्लो समयका चर्चित संगितकार कल्याण सिंहले संगीत दिएका हुन । गोपाल रसाईलीको संगीत संयोजनमा तयार भएको गीत गायक गगन फुँयालको पहिलो एल्बम प्रगती’द चेन्ज’मा समाबेश हुने गीत हो । यस् गीतको भिडियोलाई अनिल के मानन्धरको छाँयाकंनमा सागर राजले निर्देशन गरेका हुन भने भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन ।

गायक गगन फुँयाल नेपाली ताराको टप २० र नेपाल आईडलको थिएटर राउन्डबाट बाहिरिएका थिए । उनी भन्छन- नेपाल आईडलबाट आउट भएपनी, त्यो एउटा रियालिटी शो को परम्परा रहेको र ईलिमिनेसन एउटा प्रकृया भएकाले आफु त्यसबाट बाहिरी भएपनी नेपाली साँगितिक क्षेत्रमा आफुले छुट्टै पहिचान बनाउन खोजेको बताए । नेपालमा हुने गरेका रियालिटी शो मध्यको उत्कृष्ट शोको रुपमा रहेको नेपाल आईडललाई उनले त्यो शो को बिरोध भन्दा समर्थन गर्नु आबश्यक रहेकोमा जोड दिए ।

भिडियोको बारेमा गगन भन्छन – “मेरो पहिलो म्युजिक भिडियो सार्वजनिक गरेको छु, दर्शक, श्रोता तथा मिडियाको साथ, माया पाए भने नयाँ नयाँ गीत लिएर आउने छु।” यो भिडियो हेरेर फेसबुक तथा युट्युबमा प्रतिकृयाको अपेक्षा गरेको छु “। डोरेमी म्युजिक पाठशालाको संगीत विद्यार्थी समेत रहेका गगनले यस् गीतको प्रतिकृया पछी एल्बमको अन्य गीतको काम गरिने बताए । आफ्नो संगितगुरु भानुभक्त ढकाल तथा स्टुडियोका रेकर्डिस्ट लगायत अन्य सदस्यहरु देखी गीत सार्वजनिक हुँदासम्म सबैबाट राम्रो प्रतिकृया पाएको बताउने गगनले आफ्ना हरेक पाईलामा साथ दिने गुरु भानुभक्त ढकाल तथा सम्पूर्ण मित्र, परिवार लाई उनले धन्यवाद दिँदै दर्शक श्रोताको प्रतिकृयालेनै आउने दिनमा हौसला हुने बताए ।

भिडियो हेर्नुहोस् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको