नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि हुने

नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि हुने भएको छ । केन्द्रीय निर्वाचन समितिको बिहीबारको बैठकले आजका मितिसम्म अधिवेशन हुन बाँकी रहेका जिल्लामा अधिवेशनका सबै प्रक्रिया स्थगन गर्ने निर्णय गरेको छ । केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले बिहीबार विज्ञप्ति जारी गर्दै अधिवेशन हुन बाँकी रहेका जिल्लामा महाधिवेशन पछाडि गर्ने जानकारी दिए ।

राप्रपा को चुनाबी प्रकृया सुरु, अध्यक्षका लागि कमल थापा बिरुद्ध राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि आज बिहीबारबाट चुनावी प्रक्रिया सुरु हुँदैछ । उद्घाटन सत्र सकिएलगत्तै भृकुटीमण्डपमा महाधिवेशनको बन्दसत्र सुरु भइसकेको र आज निर्वाचन प्रक्रिया सुरु हुने राप्रपा नेता राजाराम बर्तौलाले जानकारी दिए ।

राप्रपा अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरिसकेका छन् । महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष, महामन्त्रीसहित एक सय ४१ जना सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री निर्वाचित हुनेछन्। निर्वाचित अध्यक्षले केही पदाधिकारीसहित ५० जना केन्द्रीय सदस्य मनोनीत गर्ने प्रावधान राप्रपाको विधानमा छ।

राप्रपा को महामन्त्रीमा रेखा थापाको आकांक्षा

राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृसमेत रहेकी अभिनेत्री रेखा थापाले पार्टीको महामन्त्रीमा आकांक्षा राखेकी छन् । हाल केन्द्रीय सदस्य रहेकी थापाले राजेन्द्र लिङ्देनको प्यानलबाट चुनाव लड्ने तयारी गरेकी हुन् । लिङ्देनको प्यानलमा महामन्त्रीका लागि रेखाले लविङ गरिरहेको उनीनिकट स्रोतले जनाएको छ । यदि महामन्त्री नपाए पदाधिकारीमध्ये कुनैमा उनले उम्मेदवारी दिनेछिन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको बागमती प्रदेशको अधिवेशन उद्घाटन गर्ने

नेपाली कांग्रेसको १४ महाधिवेशनअन्तर्गत बागमती प्रदेशको अधिवेशन आज सुरु हुँदैछ । बागमती प्रदेशको राजधानी हेटौँडामा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । बागमती प्रदेशको अधिवेशनको सम्पूर्ण तयारी भइसकेको सो अधिवेशनलाई प्रधानमन्त्री एवं पार्टी सभापति देउवाले उद्घाटनसहित सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ । कार्यक्रम हेटौडा मा हुने छ।

राष्ट्रपति विद्यादेवी भण्डारी द्वारा ६ वटा अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले ६ वटा अध्यादेश जारी गरेकी छन् ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश जारी गरेकी हुन् । त्यस्तै तेजाब तथा अन्य घातध रासायनिक पदार्थ (निमयन) अध्यादेश, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश र रेल्वे अध्यादेश पनि जारी गरेकी छन् ।

मंसिर १७ गतेदेखि आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने

निर्वाचन आयोगले मंसिर १७ गतेदेखि आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गर्ने भएको छ । बुधबार काठमाडौंमा निर्वाचन पर्यवेक्षण समिति नेपालले आयोजना गरेको निर्वाचनसँग सम्बन्धित समसामयिक विषयहरुमा गरिएको अन्तरक्रियामा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले अब आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको बताएका हुन् । उनले अब ७७ वटा जिल्ला निर्वाचन कार्यालय, ७७ वटा जिल्ला प्रशासन कार्यालय र सबै इलाका प्रशासन कार्यालयबाट जुनसुकै समयमा पनि मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरिएको छ ।

अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न सरकारको अनुरोध

सरकारले कोभिड–१९ को ओमिक्रोन भेरियन्टको जोखिमलाई मध्यनजर राख्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बुधबार विज्ञप्ति जारी गर्दै ओमिक्रोन भेरियन्टको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न र सावधानी अपनाउन अनुरोध गरेका हुन् ।

अबैध दुईवटा भारतीय ट्रक धनगढीमाई नगरपालिकामा लुकाएको अबस्थामा फेला

 

अबैध दुईवटा भारतीय ट्रक धनगढीमाई नगरपालिकामा लुकाएको अबस्थामा फेला: सरोकारवाला मौन

बर्सौ देखि सिरहामा लुकिछिपी कमाईखाने भाडोको रुपमा काम गरिरहेका अबैध भारतीय ट्रक भेटीयो : सिरहाका सरोकारवाला मौन

भंन्सार छली गरी नेपाल भित्रीएका दुईवटा अबैध
ट्रक फेला: सिरहाका प्रहरी प्रसासन मौन

महेश सिंह सिरहा लहान १५ मंसिर – भन्सार छली गरी नेपाल भित्रीएका अबैध दुईवटा भारतीय ट्रकहरु करिब एक बर्ष देखि सिरहामा लुकिछिपी कमाईखाने भाडोको रुपमा काम गरिरहेका छन् ।
प्रहरी प्रशासन र केही नेताहरुको मिलोमतोमा उक्त ट्रक भन्सार छलेर नेपाल भित्रिएको रहस्य खुलेको छ ।
सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर – ९ स्थित मुसहर्निया टोलमा थन्किएर राखिएको RJ19 E1428 र RJ06 EAO889 नम्बर (बोर्डिङ्ग गाड्ने ) दुई वटा ट्रक अहिले बेवारिस अवस्थामा छन् ।
नगरपालिकाका उपमेयर फुल कुमारी श्रेष्ठको घर छेउ नजिकै स्थानीय राजकुमार मोक्तानको खाली जग्गामा उक्त ट्रक थन्किएको छ । काम पाए काम गर्छन् ,नपाए थन्काएर राख्छन् ।
पत्रकारको एक टोलि स्थलगत रुपमा रिपोर्टिङ्ग गर्न पुग्दा उक्त ठाउँमा कोई भेटिएन । स्थानीयलाई समेत सवारी धनिको नाम थाहा छैन् । नाम नखोल्ने शर्तमा एक जना स्थानीयले भने ट्रकहरुलाई संरक्षण गर्नमा ठूलो पहुँचवालाको संल्गनता रहेको छ , ‘सत्य तथ्य छानवीनका लागि प्रहरी प्रशासनलाई अनुरोध गर्न चाहन्छु ।,
एक दिनको एउटा ट्रकको भन्सार शुल्क करिब ३ हजार पर्छ , दुई वटा ट्रक रहेकोले दैनिक भन्सार शुल्क ६ हजार पर्ने भएको हुँदा मिलोमतोको आशन्का देखिएको स्थानीयले बताए ।

सर्वोच्च अदालतमा आज बुधबारदेखि न्यायाधीशहरूलाई गोला प्रक्रियाद्वारा मुद्दाको पेसी हुने

सर्वोच्च अदालतमा बुधबारदेखि न्यायाधीशहरूलाई गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिने भएको छ । नेपालमा आधुनिक न्यायालयको इतिहासमा पहिलो पटक सर्वोच्चमा गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिने भएको हो । ‘कमन ल’ प्रणाली अपनाउने अन्य मुलुकमा जस्तै नेपालमा पनि कुन मुद्दा कुन न्यायाधीशले हेर्ने भन्ने निर्णय गर्ने अन्तिम अधिकार प्रधानन्यायाधीशमा थियो । तर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले उक्त अधिकारको व्यापक दुरुपयोग गरेको गुनासो बढेसँगै सर्वोच्चका न्यायाधीशहरूले पूर्ण बैठक बसी उक्त अधिकार खोसेका हुन् । प्रधानन्यायाधीश जबरा न्यायिक विचलनमा परेका जस्ता आरोपसहित ८ कात्तिकदेखि इजलास बहिष्कार गरेका सर्वोच्चका न्यायाधीशहरू ३७ दिनपछि गोला प्रक्रियाको सुनिश्चितता पश्चात् इजलास फर्किंदै छन् ।