टिकटक बनाउनेका लागि भाईरल ठाउँ : कोहलपुर स्मार्ट न्यु सिटी

सुन्दा अचम्म लाग्न सक्छ तर नेपालमा यस्तो ठाउँ छ- जहाँ टिकटक बनाउँदा भईन्छ भाईरल। हजुर,त्यस्तो ठाउँ हो- कोहलपुरको स्मार्ट न्यु सिटी । बैजनाथ-५ बाँकेमा अवस्थित कोहलपुर स्मार्ट न्यु सिटी कोहलपुर डेभलपर्सले ल्याएको अवधारणा हो।यो सिटी अहिले जतासुकै भाईरल भएको छ।युटुबमा स्मार्ट सिटीको दृश्य समावेश गरिएका थुप्रै भिडियोहरु देख्न सकिन्छ। यसको मुख्य कारण भनेको स्मार्ट न्यु सिटीको सुन्दरता हो।

चारैतिर हरियाली अनि सुन्दर पिच बाटोले यो सिटी मनमोहक देखिन्छ । नेपालको मध्य पश्चिम क्षेत्रको विकासोन्मुख शहर कोहलपुरबाट कर्णालीतर्फ कोहलपुर डेभलपर्सले ल्याएको ५०० भन्दा बढी स्मार्ट घडेरीहरु मासिक सरल किस्तामै उपलब्ध छ्न् । यो मध्य पश्चिम र सुदुर पश्चिम क्षेत्रको प्रमुख व्यापारिक क्षेत्रको रुपमा विकसित हुँदै गएको थलो हो।

यस सिटीमा पानीको निकासको व्यवस्था गरिएको छ साथै कालोपत्रे,बिजुली बत्ती ,खानेपानी,नगर बसपार्क ,अस्पताल साथै प्रयाप्त खुल्ला क्षेत्र रहेको छ। नेपाल सरकारको सम्वन्धित निकायबाट स्वीकृति प्राप्त,वास्तुशास्त्र अनुसार डिजाइन गरिएको यस परियोजना २०% मुल्य भुक्तान गरी वार्षिक करिब ११% व्याजदरमा ५ वर्षे मासिक किस्तामा भुक्तान गर्न सकिन्छ।

जग्गा किन्न या सोधपुछको लागि निम्न नम्बरमा सम्पर्क गर्न सकिने कोहलपुर स्मार्ट न्यु सिटीका व्यवस्थापक सुरेश आचार्य बताउनुहुन्छ।

कोहलपुर आसपास हुनेका लागी: ९८६८१०५४६४,९८४१५८४३६६ काठमाडौं : ९८५१०७७३३८,९८५१११४०६३

लिटिल प्राईड अफ नेपालको तेश्रो संस्करण भव्य रुपमा सम्पन्न

लिटिल प्राईड अफ नेपालको तेश्रो संस्करणको ग्राण्ड फिनाले भव्य रुपमा सम्पन्न भएको छ । एएनपी मिडिया हाउसको आयोजनामा आयोजित उक्त प्रतियोगितामा करीब ८० भन्दा बढि बालबालिकाहरुको सहभागिता रहेको थियो । करिब २ महिना विभिन्न विधाका अनुभवी ख्याती प्राप्त प्रशिक्षकः गायनमा मोहन मगर,नृत्यमा संदिप भुजेल, अभिनयमा किशोर अनुरागबाट लामो प्रशिक्षण पश्चात राष्ट्रिय नाचघरमा प्रतिस्पर्धी बालवालिकाहरुले आफ्नो क्षमता प्रस्तुत गरेका थिए । नृत्य,गायन तथा अभिनयमा ईच्छुक बालवालिकाहरुको थप क्षमता अभिवृद्धि गर्दै उनीहरुको प्रतिभा हजारौ माझ प्रस्फुटन गराउने उद्देश्यले आयोजना गरिएको लिटिल प्राईड अफ नेपालका प्रतिस्पर्धीहरुले आकर्षक प्रस्तुती दिएर अभिभावक तथा निणार्यक मण्डलको मन जितेका थिए ।

यस अघिका प्रतियोगिताबाट समेत द भ्वाईस लगायत राष्ट्रिय स्तरका विभिन्न रियालिटी शोहरुमा आकर्षक प्रस्तुती दिदै चर्चा कमाउन सफल भएका थिए । यस कार्यक्रमबाट विजेता भएका भाईबहिनीहरुले थप यसै गरि राष्ट्रिय अन्तराष्ट्रिस्तरमा कार्यक्रमबाट सिकेका आफ्नो उत्कृष्ट प्रस्तुतीहरु प्रर्दशन गर्नेमा आशावादी रहेको  आयोजक संस्था एएनपी मिडिया हाउसका प्रमुख तथा कार्यक्रम व्यबस्थापन संघका अध्यक्ष समेत रहेका लब बहादुर कार्कीले बताए  ।

वरिष्ठ गीतकार तथा संगीतकार सरोज प्याकुरेल, वरिष्ठ नायक तथा निर्देशक गजित विष्ट, संचारकर्मी राज लुईटेल, गायिका रिता केसी,कोरियोग्राफर तथा नृत्य निर्देशक सुष्मा सिंह यल्लो टाईगर निणार्यक मण्डल रहेको टिमले उक्त प्रतियोगिताको विजेता छनौट गरेका थिए । विजयी हुनेमा नृत्य तर्फ जुनियरमा प्रिन्सा रसाईली नृत्यमै सिनियर तर्फ सन्जु श्रेष्ठ रहेका थिए भने गायनमा आमोश सुनुवार विजेता बन्न सफल हुदा अभिनयमा रोनिश पाण्डे विजेता बनेका थिए । विजेता,उपविजेता तथा अन्य टाईटल विनरहरुले आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेका थिए । कार्यक्रम चर्चित हास्यकलाकार तथा अभिनेता गोपाल ढकाल छन्देले संचालन गरेका थिए भने प्रतियोगिताको कोअर्डिनेटरमा शम्भु रेग्मि रहेका थिए । यसै गरि प्रतियोगिताको व्यबस्थापन लोमस कार्की र सहव्यबस्थापन लविस कार्कीले गरेका थिए ।

विजेता,उपविजेता तथा टाईटल विजेताहरुको नामावली यस प्रकार छ ।
नृत्यः जुनियर 
विजेताः प्रिन्सा रसाईली
फस्ट रनर अपः लुनिभा सयामी
सेकेण्ड रनर अपः सदिना सुनुवार
थर्ड रनर अपः सबी डंगोल
फोर्थ रनर अपः रिस्ता श्रेष्ठ
पब्लिक च्वाइसः सुमन मर्हजन
मोष्ट पपुलनः महिना घिमिरे
मोष्ट एक्टीभः सुबी डंगोल

नृत्यः सिनियर 
विजेताः सन्जु श्रेष्ठ
फस्ट रनर अपः खुशी तामाङ्ग
सेकेण्ड रनर अपः दिक्षिता बुढाथोकी मगर
थर्ड रनर अपः आरुषी मगर
पब्लिक च्वाइसः अन्जीता तामाङ्ग
मोष्ट पपुलनः आरुषी मगर

गायनः
विजेताः आमोस सुनुवार
फस्ट रनर अपः प्रनिता बज्राचार्य
सेकेण्ड रनर अपः सोनिक खड्का
पब्लिक च्वाइसः आमोस सुनुवार
मोष्ट पपुलनः प्रनिता बज्राचार्य

अभिनयः
विजेताः रोनिश पाण्डे
फस्ट रनर अपः रणबीर सिंह
सेकेण्ड रनर अपः दिर्घायु यादव
पब्लिक च्वाइसः श्रेया बज्राचार्य
मोष्ट एक्टीभः रुषा बज्राचार्य

 

मोडल अनुप अधिकारी अभिनित ‘पानी खोलीको’ को भिडियो सार्वजनिक(भिडियो)

मोडल अनुप अधिकारी अभिनित पानी खोलीको को म्यूजिक भिडियो सार्वजनिक भएको छ । पोखरामा रहेर ६ वर्ष भन्दा लामो समयदेखि मोडलिङ्गमा सक्रिय मोडल अनुपले गायक तथा संगीतकार योगेशकाजी शाहको स्वर तथा संगीतमा रहेको उक्त गीतको भिडियोमा एक नेगेटिभ क्यारेक्टरमा उत्कृष्ट भूमिका निर्वाह गरेका छन । उनको साथमा गायक योगेशकाजी तथा मोडल सोना घिमिरेको अभिनय रहेको छ ।
राजधानीमा एक समारोहका वीच उक्त गीतको भिडियो सार्वजनिक गरिएको थियो । वरिष्ठ गीतकार राजेन्द्र थापाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा कादम्बिनी गुरुङ्ग, गायक योगेश काजी, मोडल अनुप अधिकारी, सोना घिमिरे लगायत भिडियोका निर्माण टिमको उपस्थिती रहेको थियो । तेजश रेग्मिको शव्द रहेको गीत एरेन्ज, संगित योगेश काजीकै रहेको छ ।

एक माझीको प्रेम कथामा आधारित बनाएर निर्माण भएको भिडियोमा माझीको रुपमा योगेशकाजीलाई देख्न सकिन्छ । अजय रेग्मिको छायांकन रहेको भिडियोलाई निराजन केसीले सम्पादन र क्रान्ती केसीले निर्देशन गरेका छन ।

धेरै उत्साह र उमङ्ग का साथ बजार मा ल्याउने बित्तिकै अडियो कपिराइट लागे पछि सम्पूर्ण भिडियो युनीट निराश बनेका छन ।
भिडियो निर्देशनमा समेत निरन्तर लागि पर्दै आएका अनुप हालै दुवईमा ग्लोबल ईन्टरनेशनल अवार्डमा दुवईका राजदरबारका सचिवको हातबाट उत्कृष्ट मोडलको अन्तराष्ट्रिय अवार्डबाट समेत सम्मानित भएका थिए । करीब आधा दर्जन बढि भिडियोमा मोडलिङ्ग गरिसकेका अनुप पोखरामा सफल युवा व्यबसायीको रुपमा समेत परिचित छन ।

दुर्गेश थापामाथी गीत चोरीको आरोप,गायक योगेशकाजीको ‘पानी खोलीको’ सार्वजनिक अगावै विभिन्न डिजिटल प्लेट्फममा

गायक तथा सङ्गीतकार योगेश काजीले गायक दुर्गेश थापालाई गीत चोरीको आरोप लगाएका छन । आज आफ्नो फेसबुक मार्फत जानकारी दिदै गीतका गायक समेत रहेका योगेशले लेखेका छन , “हिजो रिलिज गरेको मेरो गित ‘पानी खोलिको’को अडियो छ महिना अगाडि नै ONErpm बाट विभिन्न डिजिटल प्लेट्फम मा दुर्गेश थापा भाइले हालेछन।

यो अधिकार तिमिलाई कसले दियो ?
बिना कुनै सम्झौता सुन्न को लागि दिएको गितलाई यसरी चोरी गर्नु अपराध हो। छलकपट हो घात हो अहिले मेरो युटुब मा  Monitization Off  भएको छ र Google Adsence बाट हुने मेरो आयस्रोत बन्द भएको छ।।।।।बाकी कुरा बिस्तार मा बताउने छु।”

 

आफ्नो स्वरमा माघ १ गते सार्वजनिक भएको गीत ‘पानी खोलिको’ गायकले आफ्नो युट्यूब च्यानल वाइटीएच इन्टरटेनमेन्ट बाट रिलिज गरेका थिए । धेरै उत्साह र उमङ्ग का साथ बजार मा ल्याउने बित्तिकै अडियो कपिराइट लागे पछि गायक निराश बने ।

योगशेका अनुसार गायक दुर्गेश थापाले सात महिना अगाडि नै योगेशको यो गीत उनीसँग कुनै पनि प्रकारको सहमती तथा सम्झौता नगरी आफ्नो युट्युवमा अपलोड गरेका रहेछन् । जसबाट योगेश लाई प्राप्त हुने सम्पुर्ण रेभिन्यु अहिलेका लागि बन्द भएको छ । यसरी गीत संगीत क्षेत्रमा गीत चोरी हुनु नौलो नभए पनि सर्जकले आफ्नो मिहिनेतले तयार पारेका श्रृजना आफ्नै सहकर्मी साथीभाईबाट बिना जानकारी राईट लिने प्रयासको घोर भत्र्सना गर्छु उनले बताए । यथाशिघ्र उक्त गीत फिर्ता नगरे आफु बाध्य भएर कानूनी परामर्शमा जाने उनले जानकारी दिए ।

‘मिस एण्ड मिसेस व्यूटिफुल नेपाल’को पहिलो छनौट चरण सम्पन्न, अर्को अडिसन माघ ८ मा

मिस एण्ड मिसेस व्यूटिफुल नेपालको २०२२ का लागि पहिलो अडिसन हिजो राजधानीमा सम्पन्न भएको छ । नयां बानेश्वरस्थित रोयल एलिनाज क्याफेमा सम्पन्न उक्त छनौट चरणमा झण्डै डेढ दर्जन भन्दा बढि ईच्छुक विवाहित तथा अविवाहित सहभागीहरुले अडिसन दिएका मध्ये १५ जना छनौट प्रक्रियामा सफल भएका थिए । नेपाली चलचित्र क्षेत्रका सदावहार नायक भुवन केसी, लोकदोहोरी क्षेत्रका लोकप्रिय तथा वरिष्ठ गायक राम प्रसाद खनाल, हांस्य व्यंग्य क्षेत्रका चर्चित कवि तथा वरिष्ठ कलाकार शैलेन्द्र सिंखडा, वरिष्ठ हांस्य कलाकार उत्तम केसी, बरिष्ठ कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्य तथा मिसेस व्यूटिफुलकी विजेता एवं गायिका स्मृति पोखरेलको जुरी टिमले सहभागिहरुको अडिसन लिएका थिए ।
बिगत ७ बर्ष देखि लगातार आयोजना हुदै आएको “मिस एण्ड मिसेस व्यूटिफुल नेपाल २०२२ को छनौट प्रक्रियाको लागि दोश्रो अडिसन माघ ८ गते नयां बानेश्वर स्थित रोयल एलिनाज क्याफेमा नै हुने भएको छ । नेपालमा सौन्दर्य प्रतियोगिताहरुको बढ्दो भिडमा आफुलाइ स्थापित गर्दै उत्कृष्ट कार्यक्रमहरु आयोजना र व्यबस्थापन गर्दै आईरहेको दक्ष इन्टरनेशनलको पहिलो अडिसनबाट छनौट भएका प्रतियोगिहरुको अन्य चरणका कार्यहरु सुचारु गर्दै लैजाने जानकारी आयोजकले दिएको छ ।

उक्त प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउने जानकारी आयोजक तथा बरिष्ठ मेक अप आर्टिष्ट टेकराज पाण्डेले जानकारी दिए।

प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ २० दिनको विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त अन्तराष्ट्रिय कोरियोग्राफर रोजिन शाक्य तथा अन्य ट्रेनरबाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराइने भएको छ । प्रतियोगीहरुले आफुले सिकेको ज्ञानहरुलाई समाजमा प्रतिश्प्रधा गर्न अनि आफ्नो आत्मा बिश्वास बढाएर भोलिको दिनमा आज सिकेको कुराहरुलाइ उपयोग गर्न सक्ने बनाउनुनै लक्ष्य रहेको आयोजक टेक राज पाण्डे बताउछन ।

यस सौन्दर्य प्रतियोगीताले बिवाहित तथा अबिवाहित महिला बीच व्यक्तित्व विकास र आफु संग भएको प्रतिभा प्रस्फुटन गरि समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुने कुरामा उनि बिस्वस्त छन् । संक्रमित दर घट्दै गएपछि कोरोनाका कारण रोकिएका ईभेन्टहरु क्रमिक रुपमा शूरु भैरहेको अवस्थामा स्वास्थ्य मापदण्ड पूर्ण पालना गरि सतर्कता अपनाउदै आफ्ना कार्यक्रमहरु संचालन गरिने समेत उनले बताए ।
इच्छुक प्रतियोगीहरुले दक्ष इन्टरनेशनल प्रालिको कार्यलय तथा रोयल एलिनाज क्याफे, नयाँ बानेश्वर बाट फर्म लिएर भाग लिन सकिने छ ।

अस्ट्रेलियामा बनेको नेपाली फिल्म ‘पर्पला’ को फस्टलुक पोस्टर सार्वजनिक

 अस्ट्रेलियामा बनेको नेपाली फिल्म ‘पर्पला’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । थ्रीलर र हरर जनरामा बनाइएको फिल्मको लेखन तथा निर्देशन मनोज अधिकारीले गरेका हुन् । अष्ट्रेलियामा बस्ने नेपालीहरुको कथावस्तुमा आधारित रहेको फिल्मको सम्पूर्ण छायांकन त्यहीँ गरिएको छ । अष्ट्रेलियामा कार्यरत नेपाली नर्सले काम गर्दा भोगेका अस्वभाविक गतिविधिको चुनौति फिल्मको कथावस्तु हो । हरर जनरामा बनेको फिल्ममा निखिला बुढाथोकीको मुख्य भूमिका छ । पोस्टरमा उनकै चरित्रलाई चित्रण गरिएको छ । निखिला पेशाले नर्स पनि हुन् ।

विदेशी प्राविधिक र नेपाली फिल्मकर्मीको सहकार्यमा निर्माण भएको फिल्मको दोस्रो चरणको छायांकन हुन बाँकी छ । निर्माता तथा अभिनेता भानु प्रताप ढकालले यसअघि ‘लालटिन’ निर्माण गरेका थिए । यस्तै , निर्देशक अधिकारीले फिल्म ‘ऋतु’को निर्माण तथा निर्देशन गरेका थिए ।

‘पर्पला’ फिल्मको मुख्य पात्रमा पुकार गौतमले अभिनय गरेका छन् । आरकेएस अस्ट्रेलिया,ओएमजी इन्टरटेन्टमेन्ट र ग्रीन हिल्स इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता ढकाल हुन् । कास्मिर डिक्सनको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन छ । रबिन्द्रकुमार शर्मा,डम्बरबहादुर रसाइली, छबी अधिकारी, सरोजकुमार वाइबा निर्माता हुन् । सरस्वती गौतम, सृजना लगुन, भीमराज रसाइली, वचनकुमार मल्ल सहनिर्माता छन् ।

सम्पदा अमगाईलाई दुवईमा अन्तराष्ट्रिय सम्मान

मिस व्युटिफुल नेपाल २०१९ की विजेता सम्पदा अमगाई युएईको दुवईमा ग्लोबल ईन्टरनेशनल अवार्डमा सम्मानित भएकी छिन । उनले हालै दुवईस्थित अबजद ग्राण्ड होटलको भव्य हलमा आयोजित ग्लोबल ईन्टरनेशनल अवार्डको दोश्रो संस्करणको विशेष समारोहमा युएईका रोयल फेमिलीका सेक्रेटरी साहिद खालिफा साहिद मुसाब्वे तथा समारोहका विशेष अतिथीहरुको हातबाट उक्त सम्मान प्राप्त गरेकी हुन ।

वल्र्ड वाईड मिडिया नेटवर्क आयोजना तथा ४८ वटा भन्दा वढि राष्ट्रहरुमा शाखा भएको ईनास ग्लोबलको युएई शाखाको सहकार्यमा आयोजित उक्त अवार्ड समारोह आयोजना गरिएको थियो । सो अवसरमा ईभेन्ट डाईरेक्टर सोनीत राज ढुंगेल,दुवईमा वसेर मनोरन्जन क्षेत्रमा सक्रिय मोडल आशिष पुरुष,ईनास युएईका अध्यक्ष एमडि बोहोरालाई समेत सम्मान गरिएको थियो ।

सानै उमेरदेखि थुप्रै पदक तथा पुरस्कारहरु हात पार्न सफल अमगाईले ९ वर्षको उमेरमा नै सानो परिमा मस्ट टैलेन्ट को उपाधी जित्न सफल भएकी थिईन । २०१८ मा सम्पन्न मिस चितवन प्लस टुको समेत विजेता भएकी अमगाईले मस्ट टैलेन्ट र मस्ट फोटोजेनिकको समेत उपाधी हात पार्न सफल भएकी थिईन । यसै गरि, राजधानीमा सम्पन्न मिस व्यूटिफुल २०१९ की विजेता हुनुका साथै, त्यसै कार्यक्रममा मस्ट टैलेन्ट र मस्ट फोटोजेनिकको उपाधी पाएर मोफसलमा मात्र नभएर राष्ट्रियस्तरमा समेत आफ्नो प्रतिभाले लोकप्रियता कमाउदै गएकी अमगाईलाई यस स्थान सम्म पुग्नलाई उनका परिवारका माता सुभद्रा अमगाई,पिता धु्रब अमगाईका साथै आफ्नो श्रीमान निशान नेउपानेले साथ दिई हौसला बढाएकोले आफुलाई थप उर्जा मिलेको बताउछिन ।

रेश्मा बोम्जनको ‘मूंगाको माला’ सार्वजनिक(भिडियो)

गायिका रेश्मा बोम्जनको नयाँ सेलो कोसेली ‘मूंगाको माला’ सार्वजनिक भएको छ । विशेष गरी सेलो गीत संगीतको क्षेत्रमा निरन्तर लाग्दै आएकी गायिका बोम्जनको यसअघिका सेलो कोसेलीहरु पनि श्रोता दर्शक माझ चर्चित छन् । उनीको स्वरमा अन्य गीतहरु तामाङकी चेली, डम्फु र सेलो, टुङ्नाको मीठो धुन” निकै चर्चामा छन् ।

मूंगाको मालामा शब्द कुमार स्याङ्बा, संगीत चन्द्रकुमार दोङ, एरेन्ज फनिन्द्र राई र मिक्सिङ दिपेश प्रधानको रहेको छ ।

भिडियोतर्फ युवराज वाईबाको निर्देशनमा सागर प्रधानले खिचेका हुन् भने विकेश दहालले सम्पादन गरेका छन् । त्यस्तै अभिनयमा निरान्जली, कुन्साङ र रजनीलाई देख्न सकिन्छ ।

कुमारी युवा क्लब, बुनपा वडा ९ तथा अहमदिय संघको संयुक्त आयोजनामा निःशूल्क दन्त परिक्षण सेवा

कुमारी युवा क्लब,बुढानिलकण्ठ नगरपालिका वडा ९ तथा अहमदिय संघ नेपालको संयुक्त आयोजनामा बुढानिलकण्ठ ९ स्थित प्रदिप डेन्टल क्लिनिकमा एक दिने निःशूल्क दन्त परिक्षण सेवा सम्पन्न भएको छ । शनिवार विहान ९ बजे देखि शुरु भएको उक्त कार्यक्रममा १०० जना भन्दा बढिले निःशूल्क सेवा लिएका थिए । बुढानिलकण्ठ नगरपालिका वडा नं. ९ का कार्यवाहक अध्यक्ष सुमित्रा त्रिपाठी पाण्डेको प्रमुख आतिथ्यता र कुमारी युवा क्लबका सदस्य एवं अहमदिया संघ नेपालका प्रमुख मोहन राउतको विशेष आतिथ्यतामा आयोजित दन्त परिक्षण सेवाका लागि ३ जना वरिष्ठ दन्तरोग विशेषज्ञ तथा १ जना नर्सले परिक्षणका लागि आएका विरामीहरुलाई निःशूल्क सेवा प्रदान गरेका थिए ।

कार्यक्रममा सहयोग गर्ने सहयोगी संस्था तथा व्यक्तित्वहरुलाई प्रमाण पत्र वितरण गर्नुका साथै खादा लगाएर सम्मान गरिएको थियो । ९ न. वडावासी तथा कुमारी मन्दिर वरपरका नागरिकहरु यस कार्यक्रमबाट विशेष लाभान्वित भएको प्रदिप डेन्टलका संचालक प्रदिप तामाङ्गले जानकारी दिए । प्रदिप डेन्टल लामो समयदेखि दक्ष दन्त विशेषज्ञहरुले दन्तरोगीहरुको परिक्षण गर्दै आईरहेको छ । सेवामुखी मात्र नभएर सामाजिक कार्यमा समेत सक्रिय भएर लागेको प्रदिप डेन्टल मण्डिखटार मात्र नभएर वरपरका बासिन्दा समेतको रोजाईको क्लिनिकमा पर्दछ ।