Tuesday, January 19, 2021

कुमारी युवा क्लबले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । मण्डिखाटारमा रहेको कुमारी युवा क्लबले आफ्नो दोश्रो वार्षिकोत्सवको अवसर पारेर शुक्रवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।कान्तिपुर अस्पतालको सहकार्यमा आयोजित उक्त रक्तदान कार्यक्रममा ३१ जना रक्तदाताहरुले रक्तदान गरेका थिए । बुढानिलकण्ठ रेडक्रस,निब्स स्कूल,चर्चित ग्रोसरी तथा प्रदिप मेडिकल लगायत मण्डीखाटारका सक्रिय युवाहरुको विशेष सहयोगमा आयोजना गरिएको कार्यक्रमका […]

Read More

अझै तीन दिन देशभर आंशिकदेखि सामान्य बदली हुने देखिएको छ। दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले अझै तीन दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले जानकारी दिइन्। “तत्कालै ठूलो पानी पर्ने सम्भावना भने रहेको छैन”, मौसमविद् पोखरेलले भनिन्। वर्षा हुने […]

Read More

काठमाडौं। सगरमाथामा भारतले दावी गर्नुपर्ने बताएको भारतीय न्यूज च्यानल जी न्यूजले माफी मागेको छ। जी न्यूजका सम्पादक सुधीर चौधरीले होस्ट गरेको बुधबार रातिको डीएनए टेस्ट कार्यक्रममा मंगलबारको गल्तिप्रति माफी मागिएको हो। चौधरीले कार्यक्रममा भनेका छन्, ‘सगरमाथा नेपालकै हो। यसलाई कसैले लिन सक्दैन।’ आफूहरुले नामको विषयमामात्र अभियान चलाएको उनले बताएका छन्। उनले नेपालीको भावनामा ठेस पुर्‍याउनु […]

Read More

गैँडाको आक्रमणबाट एकको मृत्युु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–७ मालपुरकी ४० वर्षीया माया तामाङ रहेकी छन् । चितवन राष्ट्रिय निकुञ्जमा घाँस दाउरा काट्न गएकी तामाङलाई आज दिउँसो गैँडाले आक्रमण गरेको थियो । गैँडाको आक्रमणबाट उनको घटनास्थलमा नै मृत्यु भएको निकुञ्जले जनाएको छ । स्थानीय छ जना महिला मिलेर घाँस दाउरा काट्न गएकोमा उनलाई […]

Read More

जेसीआइ काठमाडौँ लेडी नेपालको ४३ औं पदस्थापना तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । सांग्रिला ब्लु होटेल बखुन्डोल ललितपुरमा प्रमुख अतिथीद्वय हास्य व्यंग्य सम्राट मदन कृष्ण श्रेष्ठ, हरिबंश आचार्य ,नेपाल जेसिस बर्ष २०२१ का महासचिब सिनेटर बिकाश मानन्धर तथा नेपाल जेसिस २०२१ को एरिया सी का कार्यकारी उपाध्यक्ष शिब प्रसाद भूसालको आतिथ्यमा २०० जना […]

Read More

देशभरको मौसम सोमबार बदली हुने र वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण देशभर बदली भएको हो । यस्तै सोमबार बिहानदेखि काठमाडौँ उपत्यकासहित देशभरका अधिकांश पहाडी क्षेत्रमा छिटफुट वर्षा भएको मौसमविद समिर श्रेष्ठले जानकारी दिए । उनले भने, ‘यो हिउँदको पानी पर्न थालेको छ । सोमबार बिहान […]

Read More

ग्रेगोरियन पात्रो अनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२१ शुरु हुँदैछ। जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुवात् भएको भन्ने भनाइ रहेको छ। पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई गे्रगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ। जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए। विवादकै कारण यो पात्रो […]

Read More

काठमाडौँको न्यूनतम तापक्रम आज शून्य दशमलव ८ डिग्रीमा झरेको छ । काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । काठमाडौँसहित देशभर चिसो बढेको छ । तराई क्षेत्रमा बाक्लो हुस्सुले जनजीवन प्रभावित बनेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार काठमाडौँको न्यूनतम तापक्रम १ दशमलव १ डिग्री सेल्सियस थियो […]

Read More

पूर्व–पश्चिम राजमार्गको मालटोलस्थित सडकखण्डमा भएको सवारी दुर्घटनामा दुईको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको डिजेल बोकेको को१ख २३३८ नम्बरको ट्याङ्कर र पूर्वबाट पश्चिमतर्फ आइरहेको बीआर शून्य जिडी ८८५९ नम्बरको भारतीय ट्रक आज एकापसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परी ट्याङ्कर चालक मोरङको […]

Read More
1 2 3 91