थाईलैण्डको पटायामा गायिका श्वेता उप्रेतीको दोश्रो गीति एल्बम ‘चस्का’को विमोचन

थाईलैण्ड । सात बर्षको अन्तराल पछि गायिका श्वेता उप्रेतीको गीति एल्बम ‘चस्का’को विमोचन गरिएको छ । थाईलैण्डको पटाया शहरको माईक विच रिसोर्टमा वल्र्डवाईड मिडियाको आयोजना आयोजित ग्लोबल ईन्टरनेशनल अवार्डको भव्य समारोहका वीचमा गायिका श्वेता उप्रेतीको दोश्रो गीति संग्रह ‘चस्का’को विमोचन गरिएको हो । बरिष्ठ गायक सिताराम पोखरेलको प्रमुख आतिथ्यतामा आयोजित उक्त विमोचन समारोहमा वरिष्ठ गीतकार डा.डि.आर.उपाध्याय, गायक एवं संगीतकार सुरेन्द्र श्रेष्ठ, बरिष्ठ ईभेन्ट निर्देशक लब वहादुर कार्की तथा गायिका स्वेताको हातबाट उक्त एल्बमको विमोचन गरिएको थियो । प्रमुख अतिथि तथा बरिष्ठ गायक सिताराम पोखरेलले गायिका श्वेता उप्रेतीको आवाजको प्रशंसा गर्दै गीतिसङ्रह ‘चस्का’को लोकप्रियाताको कामना गरे। गायिका श्वेता उप्रेतीले बिमोचन कार्यक्रममा बोल्दै दिग्गज कलाकारहरुको माझमा आफ्नो गीतिसङ्रह बिमोचन गर्न पाउँदा आफू निकै हर्षित भएको र सौभाग्यशाली भएको बताईन ।

सातवटा गीत समावेश उक्त गीति संग्रहमा समावेश चस्का बोलको टाईटल गीत समारोहमा गाएर सुनाएकी थिईन । चस्का, तिमी मेरो को हौ ?, बसन्ती हावा, आंखा मेरो, रसिलो बोली तिम्रो, मलाई प्रित देउ, र मनलाई वोलको गीत समावेश गरिएको उक्त एल्बममा समावेश गीत मध्ये तिमी मेरो को हौ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भैसकेको छ । जसमा नायिका प्रियंका कार्की तथा मोडल निरज बरालको अभिनय रहेको छ । संगीतकार स्व.बिजु बज्र, संगीतकार एवं गायक सुरेन्द्र श्रेष्ठको संगीत रहको गीति संग्रह चस्काको रचनाकारमा गीतकार भुपेन्द्र खड्का, भुषण खरेल, बिजु बज्र, कुमार अधिकारी,शंकर ज्वाला, भावना खतिवडा तथा बसन्त राज अज्ञात रहेका छन ।
सात वर्ष अघि बजारमा ल्याएकी डेस्टिनेशन गीति संग्रहको सफलता पश्चात केहि वर्षको मिहिनेत र तयारी पछि चस्कालाई बजारमा ल्याएकी गायिका श्वेताले फरक विधाका गीत समेत गाएकी छिन । कमेडी,नेवारी ,सेलो , तिज गरि फरक एवं पृथक गीत समेत गाएर चर्चामा आएकी श्वेता चस्कालाई पनि आम दर्शक श्रोताले मन पराउनेमा विश्वस्त छिन ।

निजी क्षेत्रको पहिलो संगठन नेपाल चेम्बर अफ कमर्श ७० वर्ष प्रवेश

काठमाडौं – निजी क्षेत्रको पहिलो संगठन नेपाल चेम्बर अफ कमर्श ७० वर्ष प्रवेश गरेको छ । सो अवसरमा नेपाल चेम्बर अफ कमर्शले आफ्नो ६९ औं साधारण सभा तथा चेम्बर दिवस २०७६ एवम् चेम्बरको ७० वर्ष औं वर्ष प्रवेशको अवसरमा सोमबार एक भव्य कार्यक्रमको आयोजना गरि मनाएको छ । चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठको सभाध्यक्षता माझ आयोजित सो कार्यक्रमको समुद्घाटन कार्यक्रमका प्रमुख अतिथी अर्थमन्त्री युवराज खतिवडाले गरे । सो अवसरमा अर्थमन्त्री खतिवडाले कानूनको डर गल्ती गर्ने तथा अपराध गर्नेहरुलाई मात्र हुने भएकोले सम्पक्ति शुद्धिकरण तथा राजश्व अनुसन्धानको डर नमान्न व्यवसायीहरुलाई आग्रह गरेका छन् ।

कार्यक्रममा बोल्दैं अर्थमन्त्रीले भने तपाईहरुले गल्ती नै गरेको छैन भने किन डराउनु हुन्छ रु डर तिनलाई लाग्छ जसले गल्ती गर्नु भएको छ । गल्ती नगर्नुस् र नडराउनुस्’। उनले नेपालमा लगानीको वातावरण छैन भन्ने आरोपमा पनि कुनै दम नभएको पनि दावी गरे ।

अर्थमन्त्री खतिवडाले वस्तु आयातमा मूल्य घटाएर एलसी खोल्ने बैंकहरुलाई कारबाही गर्ने चेतावनी समेत दिए । बैंकहरुले १ सय रुपैयाँको वस्तुको ४० रुपैयाँ मूल्य निर्धारण गरेर एलसी खोल्ने गरेकोले विकृति बढेको उनले बताए ।

अर्थमन्त्रीले अगाडी भने आर्थिक परिसूचकहरु जे छन् ति तिनै छन् । त्यसलाई मैले बढाई चढाई गरेर पनि हुँदैन र कसैले खत्तम भयो भनेर आलोचना गरेर पनि हुँदैन् । ति जहाँ छन त्यहि छन् । मुलुक उच्च आर्थिक वृद्धिको बाटोमा छ । मुलुक उच्च आर्थिक वृद्धिको बाटोमा जानलाई के सबै सरकारको सार्वजनिक लगानीबाट मात्रै त्यो पुरा भएको होला त रु पक्कै पनि होइन् । सरकारले त एक तिहाई भन्दा बढी लगानी गर्दैन । दुई तिहाई भन्दा बढी लगानी त जहिल्यै निजी क्षेत्रकै हुन्छ । जसको कारणले समग्र अर्थतन्त्र गतिशिल अवस्थामा अघि बढेको छ । यो तथ्य विहिन कुरा होइन, विवरणहरुले यहि भन्छ ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले वस्तु तथा सेवाको निकासीमा सरकारले दिने अनुदान सहज प्राप्त नहुने भएकोले नेपालको उत्पादन अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बन्न नसकेको बताए । त्यसका लागि सरकारले बिना सर्त सहयोग गर्नुपर्ने बताए ।

अध्यक्ष श्रेष्ठले सरकारका नीति र व्यवहारका कारण अझै पनि व्यवसायिक वातावरण बिग्रिएको बताए । कार्यक्रममा उद्योग बाणिज्य तथा आपुर्ति राज्य मन्त्री मोतिलाल दुगडले निजी क्षेत्रको मनोबल उकास्न सरकार प्रयत्नशील रहेको बताएका थिए ।

“मिस्टर एण्ड मिस रनवे मोडल युनिभर्स नेपाल २०२०” को पहिलो अडिसन सम्पन्न

प्लानेट मल्टिमेडिया इन्टरनेशनलको आयोजनामा हुन गईरहेको “मिस्टर एण्ड मिस रनवे मोडल युनिभर्स नेपाल २०२०” को पहिलो अडिसन पौष २६ गते सम्पन्न भएको छ । आगमी माघ महिनामा सम्पन्न हुने सो कार्यक्रम, नेपाललाई अन्तराष्ट्रिय क्षेत्रमा परिचित गराउँदै नेपालको मोडलिङ क्षेत्रलाई पनि अन्तराष्ट्रिय स्तर सम्म विकास गर्दै लाने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । अहिले सम्म आएको ७० आवदेन मध्ये ३८ जनाले अडिसनमा सहभागिता जनाएका थिए। सो सहभागिलाई दोस्रो चरणको प्रतियोगितामा लानको लागी छनौट गर्ने जिम्मेवारी अडिसन जजको रुपमा व्यवसायी तथा पेजेन्ट जज रेनोल्ड पीटर रोद्रिगुएस, प्लानेट मल्टिमेडिया का प्रमुख तथा फेसन कोरियोग्राफर मोनित महर्जन, शेड्स बिउटी स्टुडियोकी प्रमुख मेक्-अप आर्टिस्ट सृजना कार्की र मिस टुरिजम एण्ड कल्चर युनिभर्स २०१९ की बिजेता सोनु श्रेष्ठले लिएका थिए ।

सहभागिता उत्साह जनक रहेको र त्यस्लाई मध्य नजर गर्दै केहि दिनमा अर्को अडिसनको तयारी गरिएको जानकारी संयोजक भारती जि सी तथा निर्मल भट्टले गराएका छन्, साथै अनलाइन आवेदन तथा अनलाइन अडिसन समेतको व्यवस्था गरिएको बताएका छन्। आयोजक मध्येबाट अशोक बुडाल, रोमित शाही र बिशाल मल्लले कार्यक्रम नित्तान्त फरक र नयाँ शैलिका साथ सम्पन्न गरिने र सोको लागी लगभाग तयारी सकिएको जानकारी गराएका छन। साथै दोस्रो चरणको अडिसन लगतै छनौटमा पर्न सफल सहभागिलाई लिएर प्रशिक्षण कक्षा सुरु गरीने समेत जानकारी गराएका छन् । यस कार्यक्रमका बिजेताहरुका साथै अन्य दुईजना पनि आयोजकले क्षमताको आधारमा छनौट गरी आगामी मे महिनामा मलेशियाको कोता शहरमा हुने मिस्टर एण्ड मिस रन्वे मोडल युनिभर्स २०२० मा नेपाललाई प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुन पाउने छन, जसमा अरु ३० भन्दा बढी राष्ट्रले पनि सहभागिता जनाउने छन।

कलेजका लागी छुट्टाएको पकेट खर्च वचत गरेर डा.महाबीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग

डा.महाबीर पुनको अगुवाईमा नेपाली बैज्ञानिक क्षेत्रको बिकासका लागी राष्ट्रिय आविस्कार केन्द को विधिवत उद्घाटन भएको छ । करीव आठ करोड रुपैया लगानी रहने उक्त आविस्कार केन्द्र निर्माणका लागी देश विदेशबाट सहयोग गर्ने दाताहरुको संख्या बढ्दो छ । एसियाको नोबेल पुरस्कार मानिने म्याग्सेसे पुरस्कार प्राप्त डा.महाबीर पुनले थालनी गरेको यस अभियानका लागी आफनो सम्पत्ति आविस्कार केन्द्रमा लगानी गरेर अपुग रकम जब ४ प्रतिशत व्याजमा ऋणका लागी आमसमुदायसंग आव्हान गरे तब उनको यस अभियानमा देश बिदेशका राष्ट्रप्रेमीलेहरुले आफुले सक्दो रकम संकलन गरि केन्द्रलाई हस्तान्तरण गर्न थालेका छन । ग्रामीण भेगमा वायरलेस पद्धतीको टेलिफोन एवं ईन्टरनेट सेवा पुर्याएर नेपालका दुरदराज ग्रामीण भेगका विकासका लागी निरन्तर लागी पर्दै लोकप्रियता कमाएका डा.महाविरको यस राष्ट्रिय अभियानका लागी बेल्जियममा बस्ने नेपालीहरुले समेत निकै सक्रियता देखाएका छन । बेल्जियममा रहेर यस सामजिक अभियानमा निरन्तरता दिदै आएकी गीतकार यशु थापाको सक्रियताले अन्य नेपालीहरुले समेत यसमा साथ दिन थालेका छन् ।


लामो समय देखी बेल्जियममा रहेकी ज्ञान पुन तथा संगीता पुनकी सुपुत्री ममता पुनले कलेजका लागी छुट्टाएको पकेट खर्च बचत गर्दै एकमुष्ट ३०० युरो राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेकी छिन । २० बर्षदेखि बेल्जियममा बसेर अध्ययन गर्दै आईरहेकी ममताको यस सहयोगी भावनाको सवैले कदर गरेका छन । बिदेशमा बसेर अध्ययन गर्ने युवायुवतीले देश विकासको लागी डा.महाबीरको महाअभियान आविष्कार केन्द निर्माण प्रति देखाएको चासो र सहयोगले अन्य परोपकारी भावना उदार मन भएका नेपालीहरुलाई पनि सहयोगको भावना जाृगत हुने विश्वासले आफुले जोगाएको पकेट खर्च वापतको रकम आविस्कार केन्द्रलाई सहयोग गरेको ममताले बताईन ।

मोडल शिलाष्माले मलेसियामा जितिन ‘मिसेस टुरिजम एम्बेस्डर वल्र्ड २०२०’ को ताज

मलेशियाको क्वालालाम्पुरमा शनिबार बेलुका सम्पन्न मिसेस टुरिजम एम्बेस्डर वल्र्ड २०२०को फाईनलमा नेपालकी प्रतियोगी शिलास्मा हमाल मल्ल बिजेता भएकी छिन् । २१ देशका महिलाहरु यो प्रतियोगितामा सहभागी थिए । ती सबै प्रतिस्पर्धीलाई पछि पारेर शिलास्माले मिसेस टुरिजम एम्बेस्डर वल्र्ड २०२० का ताज चुमेकी छिन् । विभिन्न चरणपछि फाईनलमा पुगेकी शिलास्माले अन्तत उत्कृष्ट हुँदै वल्र्ड तर्फको शिर्ष उपाधि र ताज जितेकी छिन् ।

नेपालबाट प्रतियोगिताको लागि मोडल तथा मिसेस टुरिजम एम्बेस्डर २०२० बिजेता शिलास्मा हमाल मल्लले प्रतिनिधित्व गरेकी थिईन् । एशिया, युरोप, अफ्रिका लगायतका महाद्धिपका २१ जना महिलाहरु भएको प्रतिस्पर्धामा युनिभर्स तर्फको ताज भने मलेशियाले जितेको छ ।

केही वर्षयताबाट मोडलिङमा सक्रिय शिलास्माले नेपालका केही व्युटी पेजेन्टमा पनि यस अघि ताज तिजिसकेकी छिन् । उनी अभिनित म्युजिक भिडियोहरु चर्चा कमाउन सफल भएका छन । राष्ट्रिय अन्तराष्ट्रिय विभिन्न अवार्ड एवं सम्मान पाईसकेकी शिलष्मा व्यस्त मोडल हुन् ।

पुष्पराज पौडेलको ‘सयपत्री’ कविता संङ्ग्रह लोकार्पण

तनहुँ, २२ पौष -कवि एवम् साहित्यकार पुष्पराज पौडेलको सयपत्री कविता संङ्ग्रह लोकार्पण गरिएको छ । भानु ०८ पुर्कोटस्थित मनोहर मा.वि. को ५२ औं वार्षिकोत्सव समारोहमाझ कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद कृष्ण कुमार श्रेष्ठ, विशिष्ट अतिथिद्वय संघीय सांसद लालबहादुर थापा एवम् प्रा. डा. खगेन्द्र प्रसाद लुइटेल, कवि पौडेल स्वयम्, कवि रमेश पौडेल, प्राज्ञ नमूना शर्मा, लगायतका अतिथिहरूले संयुक्त रूपमा विमोचन गरे । कार्यक्रममाझ कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठ, विशिष्ट अतिथिद्वय लुइटेल एवम् थापा लगायत अन्य अतिथिहरुले मन्तब्य राख्दै कृतिकारको ब्यक्तित्वको चर्चा गरे । त्यसैगरि कार्यक्रमका बिशिष्ट अतिथि लुइटेलले नेपालको वर्तमान शैक्षिक अवस्थाका बारेमा चर्चा गर्दै कवि पौडेलको सिर्जनधर्मिता बारेमा विवेचना गर्दै पौडेलको लेखनीमा मिठासपन र सहृदयताको आभास पाइने उल्लेख गरे । कवि रमेश पौडेलले सयपत्रीभित्र विभिन्न भाव र रङ्गका सय थान कविता रहेका र तिनले कविको विगत र वर्तमानलाई जोड्ने काम गरेको बताए । प्राज्ञ नमूना शर्माले कृतिभित्रकै छन्दोव्द्ध कविता सुनाउँदै शुभ कामना दिइन् । सो अवसरमा कृतिकार पौडेलले विभिन्न काल खण्डमा रचना गरिएका सय वटा शीर्षकका कविता सयपत्रीमा संङ्ग्रहित गरेको बताए । कवि पौडेलले २०८ पृष्‍ठको उक्त कृतिका रचनाहरुमा विभिन्न शास्त्रीय छन्द तथा मुक्त छन्दको प्रयोग भएको पनि स्पष्ट पारे ।

सोही अवसरमा कवि पौडेलले आफ्ना माता पिताको स्‍मृतिमा दुई लाख राशीको ‘भैरव जीव’ छात्रवृत्ति अक्षय कोष स्थापना गर्नुका साथै यसै वर्षदेखि दुई जना जेहनदार विद्यार्थीलाई जनही सात हजारका दरले छात्रवृत्ति प्रदान गरे । यस वर्षको ‘भैरव जीव’ छात्रवृत्ति गत साल सम्पन्न एसईई परीक्षामा मनोहर माविबाट उत्कृष्ट नतिजा ल्याउन सफल सन्तोष कुमाल र आकृति रानाभाटले प्राप्त गरे । पौडेलले मनोहर मावि आफ्नो पुर्ख्यौली थलोमा रहेको ज्ञानशाला भएको र पाँच दशकअघि आफैँ प्रधानाध्यापक भई प्राध्यापन गरेको तथा आफ्ना माता पिताले उक्त विद्यालयको जगेर्नामा भूमिका निर्वाह गरेको स्मरण गर्दै सो कार्यको थालनी गरेको बताए ।

कृतिकार पौडेलको जन्म सोही स्थानमा वि स २०११ सालमा भएको थियो । लामो समय प्राध्यापन र रेडक्रसमा काम गरेका कवि पौडेलका यस अघि रेडक्रसकर्मी ऊ, शिक्षाका ती दिन कृति प्रकाशित छन् ।
उक्त कार्यक्रम मनोहर मा. वि. का विद्यालय व्यवस्थापन समिती अध्यक्ष रामकृष्ण देवकोटाको सभापतित्वमा भएको थियो ।

कलाकार हरि विष्टद्वारा आफ्नो जन्मदिनमा धुर्मुस सुन्तली फाउण्डेसन र सुर्खेत उद्योग वाणिज्य संघको राहत कोषलाई नगद सहयोग

आफ्नो जन्म दिनको अवसरमा रमाईलोका लागी खर्चालु मनोरन्जनात्मक कार्यक्रम भोज भतेर लगायत रेष्टुरेन्टमा गरिने फजुल खर्चलाई कटौती गर्दै सामाजिक कार्यमा योगदान दिने प्रचलन बढ्दै गएको छ । यसै अनुरुप कलाकार, खेलाडि, व्यवसायी तथा नेपाल तरूणदल सुर्खेतका अध्यक्ष समेत रहेका हरि बिष्टले आफ्नो जन्मदिनको अवसरमा हुने अनावश्यक खर्च कटौती गर्दै सामाजिक कार्यमा लगाएका छन ।

आज परेको जन्मदिनको अवसरमा धुर्मुस सुन्तलि द्वारा चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तराष्ट्रीय क्रिकेट रंगाशालालाई रु. एकाउन्न हजार एक सय एघार रूपैंया तथा सुर्खेत उधोग वाणिज्य संघको व्यावसायिक राहत अक्षकोषलाई रू. एकाउन्न हजार एक सय एघार रूपैंया गरि जम्मा एक लाख दुई हजार दुई सय दुई रुपैंया सहयोग गरेका छन । धर्तिमा पाईला टेकाउने आफ्नो भगवान रूपि माता सेतु बिष्ट र पिता धन बहादुर बिष्टको पाउमा सिर टेकाउंदै उक्त रकम सहयोग गरेको बिष्टले जानकारी दिए ।

नायक संजित भण्डारीलाइ थाइल्याण्डमा बेस्ट डेब्यु ग्लोबल इन्टरनेशनल अवार्ड

थाइल्यान्ड । चलचित्र लम्फुबाट डेब्यु गरेका नायक संजित भण्डारीले ग्लोबल इन्टरनेशनल अवार्डमा बेस्ट नवनायकको अवार्ड हात पारेका छन्। वल्डवाइड मिडिया नेटवर्कले थाइल्यान्डको पटयामा आयोजना गरेको ग्लोबल इन्टरनेशनल अवार्ड कार्यक्रममा नायक भण्डारीलाई थाइल्याण्डका प्रसिद्द पर्यटन ब्यवसायी एनोथाई थोङ्गथानोम तथा राम कृष्ण श्रेष्ठले ग्लोबल इन्टरनेशनल अवार्ड ,सम्मान पत्र तथा ट्रफी प्रदान गरेका हुन् । सोही समारोहमा वरिष्ठ गायक सिताराम पोखरेललाई ग्लोबल ईन्टरनेशनल सम्मान, ईभेन्ट निर्देशक लब वहादुर कार्कीलाई उत्कृष्ट ईभेन्ट डाईरेक्टर, चर्चित कमेडियन गोपाल ढकाल छन्देलाई उत्कृष्ट हास्य कलाकार, नायक श्रीदेव भट्राईलाई ग्लोबल ईन्टरनेशनल दशक सम्मान, व्यबसायी भिमसेन गिरीलाई उत्कृष्ट व्यबसायी, संचारकर्मी सोनी शर्मालाई ग्लोबल पत्रकारिता सम्मान तथा संचारकर्मी राजेन्द्र लुईटेललाई उत्कृष्ट ग्लोबल ईन्टरनेशन संचारकर्मी सम्मान प्रदान गरिएको थियो ।

भारतको पुणेमा अभिनय सिकेर आएका भण्डारीले कतारमा भएको स्टार ईन्टरनेशनल अवार्डमा पनि चलचित्र लम्फुबाट डेब्यु नायकको अवार्ड र थाईल्याण्डमै भएको पहिलो छाँयाछवि अन्तराष्ट्रिय अनर अवार्डमा पनि भण्डारीले चलचित्र लम्फुबाटै डेब्यु नायकको अवार्ड हात पारेका थिए। नायक भण्डारीले सगरमाथा रोइरहेछ,अपेक्षा र थोरै भएपुगिसरी टेलीचलचित्रमा सशक्त अभिनय गरेर दर्शकको मनजितेका छन् भने ६ वटा म्युजिक भिडियो ,स्टेज कार्यक्रम तथा बिभिन्न बिज्ञापनमा अभिनय गरेका छन्।

सिनियर ईभेन्ट डाईरेक्टर लब कार्कीलाई थाईलैण्डमा ग्लोबल ईन्टरनेशनल अवार्ड

थाईलैण्डमा सम्पन्न ग्लोबल ईन्टरनेशनल अवार्डमा ग्लोबल ईन्टरनेशनल उत्कृष्ट ईभेन्ट डाईरेक्टरको अवार्ड वरिष्ठ ईभेन्ट निर्देशक लब बहादुर कार्कीले हात पार्न सफल भएका छन । थाईलैण्डको पटाया स्थित माईक विच रिसोर्टमा आयोजना भएको एक भव्य समारोहका विच थाइल्याण्डका प्रसिद्ध प्रर्यटन ब्यवसायी एनोथाई थोङ्गथानोम, नेपालका वरिष्ठ रचनाकार तथा चर्चित साहित्यकार डा.डि.आर उपाध्याय लगायतको हातबाट लामो समयदेखी आईकन ब्राण्डका बालवालिका,युवा युवती एवं बिवाहित तथा अबिवाहित महिलाहरुको सौन्दर्य प्रतियोगीताहरु आयोजना गरेर सफल ईभेन्ट निर्देशकको गरिमा कायम राख्न सफल कार्की हालै मात्र ईभेन्ट म्यानेजमेन्ट एसोसिएसन अफ नेपालको अध्यक्षमा समेत निर्वाचित भएका थिए ।

 

नेपालमा सर्वाधिक सौन्दर्य प्रतियोगीता गरेर चर्चा कमाएको एनपी मिडिया हाउसका प्रमुख समेत रहेका कार्कीले यस अघि पनि ईभेन्ट व्यबस्थापकको रुपमा विभिन्न अवार्ड एवं सम्मान प्राप्त गरिसकेका छन । ईभेन्टको क्षेत्रमा रहेर ईभेन्ट निर्देशकको रुपमा राष्ट्रसेवामा उल्लेख्य योगदान पुर्याए वापत कार्कीलाई उक्त अवार्ड प्रदान गरिएको हो । विगत लामो समयदेखी ईभेन्ट क्षेत्रमा रही १ दर्जन भन्दा बढी विभिन्न लोकप्रिय सौन्दर्य प्रतियोगीताहरु आयोजना गरि एक सफल ईभेन्ट व्यबस्थापकको रुपमा स्थापित भैसकेका कार्कीलाई यस क्षेत्रमा लामो समयदेखि निरन्तर निष्ठापूर्वक सक्रिय रहदै राष्ट्रिय तथा अन्तराष्ट्रिय विभिन्न सेवामुलक तथा सामाजिक संघ संस्था मार्फत राष्ट्र विकास र सामाजिक सेवामा पुर्याउनुभएको योगदानको कदर गर्दै यस वर्षको ग्लोबल ईन्टरनेशनल ईभेन्ट डाईरेक्टर २०१९ द्वारा अवार्ड प्रदान गरिएको आयोजक संस्था वल्र्डवाईड मिडियाका अध्यक्ष आरके श्रेष्ठले बताए ।

वल्डवाईड मिडिया नेटवर्कको आयोजनामा भएको उक्त समारोहमा गित संगीत, साहित्य, पत्रकारिता, चलचित्र, समाजसेवा लगायतका क्षेत्रमा वर्ष भरी उत्कृष्ट योगदान पुर्याउने स्रष्टा,सर्जक एवं व्यक्तिहरूलाई अबार्ड बितरण गरिएको हो । वल्डवाईड मिडिया नेटवर्कको आयोजनामा भएको उक्त समारोहमा गित संगीत, साहित्य, पत्रकारिता, चलचित्र, समाजसेवा लगायतका क्षेत्रमा वर्ष भरी उत्कृष्ट योगदान पुर्याउने स्रष्टा,सर्जक एवं व्यक्तिहरूलाई अबार्ड बितरण गरिएको हो ।