गायिका वसन्ता प्रकृतिको स्वरमा रहेको गीत ‘यस्तै हुँदो रहेछ बाबै माया ’ सार्वजनिक (भिडियोसहित)

गायिका वसन्ता प्रकृतिको स्वरमा रहेको गीत ‘यस्तै हुँदो रहेछ बाबै माया प्रेममा…’ सार्वजनिक भएको छ । वसन्ता र  राजनराज सिवाकोटीको स्वरमा रहेको गीत ‘यस्तै हुँदो रहेछ बाबै माया प्रेममा…’को भिडियो सार्वजनिक भएको हो । वसन्ताको दोस्रो एल्बम ‘साधना’मा रहेको गीत हो यो । उनको पहिलो एल्बम ‘मनमा’ रहेको थियो ।

डा. राजुबाबु श्रेष्ठको शब्द, राजनकै कम्पोज, आमोश तामाङको एरेञ्ज र श्यामस्वेत रसाइलीको मिक्सिङ रहेको गीतको भिडियोलाई प्रदीप श्रेष्ठले निर्देशन तथा कोरियोग्राफ गरेका छन् ।

गीतको भिडियोमा अनुराग शर्मा, ऋचा थापा र रमेश शाहीलाई फिचरिङ गरिएको छ । गीत जति राम्रो छ गीतको भिडियो त्यतिकै उत्कृष्ट बनेको छ । गीतलाई प्रिज्मा रेकडिङ स्टुडियोमा रेकड् गरिएको हो ।

 

 

१५ औँ इन्टर कलेज रोट्रयाक्ट रनिङ्ग शिल्ड क्विज कन्टेस्ट सम्पन्न

रोट्रयाक्ट क्लब अफ काठमाडौँ, रोट्रयाक्ट क्लब अफ बुटवल साउथ र रोट्रयाक्ट क्लब अफ पोखराले संयुक्त रुपमा आयोजना गरेको “१५ औँ इन्टर कलेज रोट्रयाक्ट रनिङ्ग शिल्ड क्विज कन्टेस्ट” सम्पन्न भएको छ जसमा काठमाडौँ को ‘चेल्सी इन्टरनेसनल एकेडेमी’ प्रथम भएको छ। फाल्गुन ३ गते शनिबार रोटरी हल, थापाथली काठमाडौँमा सम्पन्न भएको उक्त कार्यक्रममा काठमान्डौ कै ‘युनिग्लोब कलेज’ ले दोश्रो र पोखराको ‘स्कुल अफ इञ्जिनियरिङ्ग, पोखरा युनिभर्सिटी’ ले तेस्रो स्थान हासिल गर्न सफल भए। यस कार्यक्रमको रिजनल गेम काठमान्डौ, बुटवल र पोखरामा गरि ३८ वटा टिमबीच माघ २५ गते प्रतिस्पर्धा भएको थियो जसबाट उत्कृस्ट चार टिमलाई फाइनलमा समावेश गरिएको थियो। विगत १५ बर्सदेखी हुदै आएको यस इन्टर कलेज रोट्रयाक्ट रनिङ्ग शिल्ड क्विज कन्टेस्टको १५औं संस्करणमा मुख्य स्पोन्सर को रुपमा ‘द आशा प्रोजेक्ट’ रहेको थियो साथै स्पोन्सरिङ्ग पार्टनर कै रुपमा ‘चियाज’ रहेको थियो। कार्यक्रममा सपोर्टिंग पार्टनर को रुपमा ‘रोट्रयाक्ट क्लब अफ डिल्लीबजार काठमाडौँ’, मिडिया पार्टनरको रुपमा ‘मेगा टेलिभिजन’, ‘भवानी ईण्टर्टेइन्मेण्ट’ र ‘ग्लोकल खबर’, हस्पिटालिटी पार्टनरको रुपमा ‘ओयो नेपाल’, एडभेन्चर पार्टनरको रुपमा ‘धुलिखेल जिपलाइन’र ट्राभलर पार्टनरको रुपमा ‘ट्रिप एन पी’ रहेका थिए।

होली फेशन फेस्टको प्रथम अडिसन फाल्गुन १० गते बोकाभातमा

होली फेशन फेस्टको प्रथम अडिसन फाल्गुन १० गते बोकाभातमा काठमाडौं, ०४ फाल्गुन – होली फेशन फेस्टको प्रथम अडिसन आउने फाल्गुण दश गते हुने भएको छ । उक्त अडिसन अनामनगर स्थित बोकाभात अर्गानिक रेस्ट्रोमा हुन लागेको हो । ग्लोरी मिडियाको आयोजनामा हुन लागेको उक्त इभेण्टमा बोकाभात अर्गानिक रेस्ट्रोको प्रायोजन सहकार्य रहेको छ भने ग्लोबल अनलाईन पे डिजिटल पार्टनरको रुपमा रहेको छ । अन्तर्राष्ट्रिय नारी दिवसको दिन अर्थात फाल्गुन २५ गते फेशन र्याम्प, म्युजिकल शो तथा नारी सम्मान कार्यक्रमको आयोजना गर्ने कार्यक्रम रहेको इभेण्ट कम्पनी ग्लोरी मिडियाका अध्यक्ष एवम् प्रबन्ध निर्देशक सरोजले जानकारी दिए । ओझाले अन्तर्राष्ट्रिय नारी दिवसका साथसाथै होली पर्वको अवसर पारेर सो इभेण्ट आयोजक गर्न लागिएको स्पष्ट समेत पारे । संस्था र कार्यक्रम बारे प्रकाश पार्दै उनले भने ‘ग्लोरी मिडियाले हालसम्म ८ वटा टेलिभिजन कार्यक्रम प्रस्तुत गरिसकेको छ भने वृत्तचित्र निर्माण, बिज्ञापन निर्माण, देशका १४ वटा स्याटलाईट च्यानलहरुबाट प्रत्यक्ष प्रसारण लगायतको क्षेत्रमा कार्य गरेको छ, अब हामीले इभेण्ट क्षेत्रमा पनि केही नौलोपन दिने उदेश्यका साथ उमङको पर्वका रुपमा रहेको होलीको अवसर पारेर होली फेशन फेस्ट एण्ड म्युजिकल इभेण्ट गर्दैछौ ।’ यसैगरि, करिब ३० जना जेण्टस र लेडिजहरु सन्देशमुलक विभिन्न थिम लिएर र्याम्पमा उत्रने इभेण्ट कोरियोग्राफर केडी भट्टराईले जनाए । ग्लोरी मिडियाले हाल एनटिभी न्युजबाट सचेतना कार्यक्रम र एनटिभी प्लसबाट हास्यब्यंग्य टेलिश्रृंखला कुरा मात्र भो प्रस्तुत गर्दै आएको छ ।

मदन स्मारक माध्यमिक विद्यालयको जग्गा अतिक्रमण

काठमाडौं, फागुन २ – ललितपुर महानगरपालिका पुल्चोकस्थित मदन स्मारक माध्यमिक विद्यालयको क्षेत्रभित्र रहेको जग्गा अतिक्रमणमा परेको छ । बाटो विस्तार गर्ने क्रममा सरकारी विद्यालयको झन्डै ७ करोड मूल्यबराबरको ८ आना जग्गा अतिक्रमणमा परेको हो । ललितपुर–३ र २० नम्बर वडाको सिमानामा पर्ने विद्यालयको पूर्वतर्फको खाली जग्गाका विषयमा सडक विस्तारका क्रममा दुई वडाध्यक्षले मापदण्डविपरीत एकतर्फी निर्णय गर्दा अतिक्रमणमा परेको स्थानीयको आरोप छ । स्थानियले व्यापारिक भवन बनाउन सडक मापदण्ड नपुगेकाले विद्यालयको जग्गा अतिक्रमण गरी सडक फराकिलो बनाउन लागेको भन्दै विरोध जनाएका छन् । विद्यालय २०६८ सालमा विद्यालयको पूर्वपट्टिको तीन रोपनी जग्गामा व्यापारिक भवन बनाउन क्लासिक डाइमन्सलाई दिने निर्णय गरेको थियो। सोही सहमति अनुरुप ठेकेदारले भवन बनाउन लाग्दा ललितपुर महानगरपालिकाले गाइडेड ल्यान्ड डेभलपमेन्ट (जीएलडी) मापदण्डअनुसार सडक चौडा नभएको भन्दै नक्सा पासमा रोक लगाएको थियो । अहिले नक्सापास स्वीकृतिका लागि कम्प्लेक्स बनाउने योजनाअनुरूप सडक चौडा गर्न विद्यालयको पर्खाल भत्काइएको स्थानीयको दावी रहेको छ । स्थानियले विद्यालय र क्लासिक डाइमन्सबीच भएको सम्झौता खारेज गर्न माग गरेका छन् । तर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनले सो कार्य नियमसंगत नै गरिएको दाबी गरेका छन् । सडकको अर्कोतर्फ मिश्रित बस्ती भएकाले मापदण्ड लागू नहुने महानगरको तर्क रहेको छ । विद्यालय व्यवस्थापन समितिले भने आफूहरूलाई जानकारी नै नदिई विद्यालयको पुरानो पर्खाल भत्काएर नयाँ पर्खाल निर्माण गर्न लागेको आरोप लगाएका छन् ।

विद्यालयका प्रिन्सिपल गोविन्दप्रसाद पौडेलले जनप्रतिनिधिसँग छलफल भए पनि विद्यालय व्यवस्थापन समितिबाट निर्णय नभएको बताए । विद्यालय बचाउ अभियानमा सक्रिय पृथबिन्दु महर्जन, महेशराज बज्राचार्यलगायतका स्थानीयले १९ वैशाखमा जिल्ला प्रशासनलाई लिखित रूपमै ध्यानाकर्षण गराएका थिए । त्यसपछि प्रशासनले भइरहेको काम रोक्न निर्देशन दिएको थियो । यस विषयमा स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी दर्ता गरेका छन् । विद्यालय बचाउ अभियानमा सक्रिय स्थानीय पृथविन्दु महर्जनले केही पहुँचका व्यक्तिको मिलेमतोमा सडक विस्तारको नाममा विद्यालय जग्गामा व्यापारिक कम्प्लेक्स बनाउन लागेको बताइन् । उनले यो सम्झौता खारेज गर्न माग गरिन् । विद्यालयको नाममा कुल २५ रोपनी जग्गा रहेको छ । यी जग्गासमेत विभिन्न समयमा लिजमा दिइएको छ । मापदण्डनुसार सडक विस्तार गर्दा सडकको केन्द्रबाट दाँयाबाँया ९ फिट बढाउनुपर्ने र यसका लागि दुवैतर्फ बराबर अर्थात् साढे ४ फिट मात्र बढाउनुपर्ने नियम रहेको छ । तर, यसलाई बेवास्ता गर्दै महानगरपालिकाका २ वडाले विद्यालयतर्फको भागमा मात्र ९ फिट बढाएका छन ।

सरिनालाई मिस हिमालय लिटिल एन्जल काठमाडौँको उपाधि

काठमाडौँ — फाल्गुन १। कथा ईभेन्टको ब्यानरमा संचालित ‘मिस हिमालय लिटिल एन्जल काठमाडौँ’ को विजेता सरिना तामाङ्ग बनेकी छिन् । विजेता सरिना तामाङ्गले ‘मिस हिमालय लिटिल एन्जल काठमाडौँ’ को उपाधिसहित नगद रु ५०,०००/-, एक वर्षको शैक्षिक छात्रावृत्ती र विभिन्न आकर्षक उपहार प्राप्त गरेकी छिन् भने भ्युवर्स चोईस र बेस्ट हेयरको अवार्ड पनि हाल पार्न सफल भइन । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा भव्य समारोहका साथ सम्पन्न प्रतियोगिता वरिष्ठ क्याप्टेन बिजय लामालाई उहाँको कार्यको प्रशंसा गर्दै उहाको नेतृत्वदायी क्षमताप्रति सम्मान समर्पण गरिएको थियो । रोजिन शाक्यको कार्यक्रम सञ्चालन तथा अनिल बुर्जा मगरको निर्देशनमा सम्पन्न कार्यक्रममा प्रतियोगीहरुलाइ एक महिनासम्म विशेष प्रशिक्षण प्रदान गरिएको थियो जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण प्रदान गरिएको थियो । सुरक्षा सुवेदीको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितमा प्रतियोगीहरुलाई ग्रुप ‘ए’ र ‘बी’ दुई समुहमा विभाजन गरी प्रतिस्पर्धा गराई प्रत्येक समूहका उत्कृष्ट तीन प्रतियोगी र दुई भ्युवर्स चोईस सहित उत्कृ्ष्ट ८ बाट सरिना तामाङ्ग विजेता बन्न सफल भएकी हुन । ग्रुप ‘ए’ तर्फबाट प्रेरना पुन विजेता बनेकी थिइन उनले एक वर्षको शैक्षिक छात्रावृत्तीसमेत हात पार्न अफल भईन । सम्बभिका जीसी र एलिजा चौधरी क्रमशः फर्स्ट र सेकेण्ड रनरअप भएका थिए। त्यसैगरी ग्रुप ‘बी’ तर्फ सरिना तामाङ उत्कृष्ट विजेता हुँदा रोमि मगर र रोशिना बस्नेत क्रमश; फर्स्ट र सेकेण्ड रनरअप हुन सफल भएका थिए । वरिष्ठ क्याप्टेन बिजय लामाको प्रमूख आतिथ्यतामा सम्पन्न तथा प्रमूख निर्णायक निर्णय श्रेष्ठ ‘एन एस के’, कर्म गुरुङ्ग, राजन झा, रक्षा आचार्य र कुसुम श्रेष्ठ निर्णायक रहेको प्रतियोगितामा बिधागत तर्फ आस्था तामाङ्ग अर्गनाईजर चोईस, शतिश्मा श्रेष्ठ कोरियोग्राफर चोईस, रोमि मगर मिस पपुलारिटी र मिस ट्यालेन्ट, प्रेरना पुन मिस फोटोजेनिक, डेनिशा ढुङ्गाना मिस मल्टिमिडिया र मस्ट कन्फिडेन्ट, एलिशा खतिवडा मस्ट कृएटिभ, एलिजा चौधरी मिस पङ्चुअल र वेष्ट ड्रेस, स्वस्तिका खड्का मस्ट डिसिपिलिन, सम्बभिका जीसी मिस फ्रेन्डली, रोशनी बस्नेत वेष्ट स्माईल, यमुना मुनिकार वेष्ट बडि, समिक्षा दाहाल वेष्ट स्किन, रेणुका भण्डारी वेष्ट पोस्चर र प्रतिज्ञा तामाङ्ग वेष्ट लुक्स अवार्ड हातपार्न सफल रहे । कथा ईभेन्टसले विगत लामो समयदेखि निरन्तर रुपमा बिभिन्न किसिमका सौन्दर्य प्रतियोगिताहरु सञ्चालन गर्दै आएको छ । प्रतियोगितात्मक कार्यक्रमले बालबालिकाको व्यक्तित्व विकास तथा आत्मविश्वास अभिवृद्धि गराउनुका साथै नेतृत्वदायी क्षमताको विकास गराउने मिडियाका अध्यक्ष गनिका गुरुङ्गले बताइन ।

पेजेन्ट नेपालको आयोजनामा ‘ओसिस व्युटि स्पा भ्यालेन्टाईन फेशन शो’ भव्य रुपमा सम्पन्न

काठमाडौं : प्रणय दिवसको अवसरमा काठमाडौंको धुम्बाराही स्थित,स्काई जोन रेष्ट्रो एण्ड व्यांकेटमा ओसीस स्पा भ्यालेन्टाईन फेशन शो भव्य रुपमा सम्पन्न भएको छ । सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राईको प्रमुख आतिथ्यता एवं वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, वरिष्ठ शिक्षाविद् तथा ईन्टरनेशनल मोटिभेटर पूर्ण लामा, वरिष्ठ ईभेन्ट डाईरेक्टर लब वहादुर कार्की,आयोजक एवं पेजेन्ट नेपालका प्रमुख राज लुईटेल, आयोजक एवं सौन्दर्य व्यबसायी सुशिला थापा, फेशन डिजाईनर ममोथा बस्नेत तथा लोकप्रिय कलाकार गोपाल ढकाल छन्देले संयुक्त रुपमा पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको औपचारिक शुभारम्भ गरेका थिए । भ्यालेन्टाईन्स डे को पूर्व सन्ध्यामा पेजेन्ट नेपालको आयोजनामा भएको उक्त कार्यक्रममा १७ जना मोडलहरुले ३ वटा सिक्वेन्समा वेष्टर्न ड्रेस, गाउन तथा कपल सिक्वेन्समा आकर्षक ढंगले र्याम्पमा प्रस्तुत भएका थिए । नायक संजित भण्डारी तथा मिसेस टुरिज्म एम्बेसडर वल्र्ड,मलेसियाका विजेता एवं मोडल सिलाष्मा हमाल शो स्टपर्स तथा मोडल शेर खान शोस्टपर्स रहेका थिए ।

उक्त कार्यक्रममा चर्चित गायक सपन श्रेष्ठ, बिनोद ढकाल, सावित्री प्रिथि, रामकृष्ण श्रेष्ठ, जय देवकोटा लगायतको सांगितीक प्रस्तुति रहेको थियो । लोकप्रिय हांस्य कलाकार गोपाल ढकाल, छन्दे, चर्चित डान्सर रोहीत मगर तथा क्रिष्टिना दाहालको आकर्षक प्रस्तुती रहेको थियो भने कार्यक्रम संचालक गोपाल ढकाल छन्देले कार्यक्रमको विच विचमा प्रस्तुत गरेको कमेडीले दर्शकले निकै मनोरन्जन लिएका थिए ।
साझँ ५ बजेबाट शुरु भएको शो को कोरियोग्राफर स्वस्तिका कार्कीले गरेकी थिईन । आयोजक पेजेन्ट नेपालकी प्रबन्ध निर्देशक एवं फेशन डिजाईनर ममोथा बस्नेत तथा क्रिजुसु बुटीकका फेशन डिजाईनर सुशिला थापाको आकर्षक डिजाईनमा तयार गरिएको ड्रेसलाई मोडलहरुले प्रस्तुती दिएका थिए । साथै भ्यालेन्टाईन्स डेको अवसर भएकोले विशेष जोडी पहिरनलाई आकर्षक ढंगले र्याम्पमा मोडलहरुलाई प्रस्तुत गरिएको आयोजक तथा ओसीस स्पाकी प्रमुख सुशिला थापाले जानकारी दिईन ।
नेपाल टेलिकम, त्रिशक्ति डिष्टिलरी, हिमालयन ब्रुअरी, क्रिजुसु फेशन , फेशनटेड, पवित्रालक्ष्मी ईन्भेष्टमेन्ट लगायतले प्रायोजन गरेको कार्यक्रमको मेरो टिभिबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

पाल्पा चेम्बर अफ कमर्सको आयोजनामा तानसेनमा प्रथम पाल्पा महोत्सव

 पाल्पा, १ फागुन – पाल्पा महोत्सव फागुन १ बाट शुरु भएको छ ।उक्त महोत्सवको उद्धघाटन स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले गरेका छन् । ‘पाल्पाको समृद्धिको आधार कृषि, पर्यटन र व्यापार’ भन्ने नारा सहित आयोजना गरिएको महोत्सवमा २ सय ७५भन्दा बढी स्टलहरु रहेका छन् । यस महोत्सवमा किसानले उत्पादन गरेका कृषिजन्य वस्तु, घरेलु तथा साना उद्योगबाट उत्पादित सामाग्री, पाल्पाली करुवा र ढाका जस्ता स्टललाई प्राथमिकता दिइएको मेला आयोजक पाल्पा चेम्बरका अध्यक्ष चिरन्जिबी पोखरेलले जानकारी दिएका छन् । बिभिन्न जातजातिका कला सँस्कृतिसंगै दैनिक राष्ट्रिय र स्थानीय कलाकारहरुको मेलामा प्रस्तुती रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले महोत्सवको सफलताको कामना गर्दै सर्वसाधरणको स्वास्थ्यको विषयमा सरकार गम्भिर रहेको छ । स्वास्थ्य विमालाई प्रभावकारी स्पमा कार्यान्वन गरिने बताए । उपचार खर्चको अभावमा कोहि नागरिकको मृत्युको खबर सुन्न नपरोस् भन्ने वातावरण तयार गरिनेछ । यस कार्यमा उद्योगीव्यवसायीहरुको भुमिका महत्वपुर्ण रहनेछ, भन्ने बताए । कार्यक्रमका विशेष अतिथि नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले कृषि र पर्यटनको प्रचुर सम्भावना भएको जिल्ला पाल्पाको ढाका कपडा र करुवाको विदेशमा निर्यात हुने गरी उद्योग व्यवसाय संचालन गर्नुपर्ने आवश्यकता रहेको बताए । सोहि अवसरमा उनले पाल्पाका संमग्र कृषि उद्यमी, उद्योगी तथा व्यवसायीलाई समेटेर अघि बढ्न पाल्पा चेम्बर सक्षम रहेको तर्क पेश गरे । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्यद्वय सोमप्रसाद पाण्डे र नारायण प्रसाद आचार्य, नेपाल चेम्बर अफ कमर्सका केन्द्रिय सदस्य टङ्क प्रसाद पोखरेल, तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाही, स्थानीय सरकारी निकायका प्रमुख तथा प्रतिनिधि, जिल्लाका उद्योगी, व्यवसायी र स्थानीय सर्वसाधारणको ठूलो संख्यामा उपस्थिति रहेको छ । मेलामा स्थानीय संस्कृति घाटु नाच, ठूलो नाँच, सोरठी, करुवा , ख्याली, भजन, रोइला, चुट्का, फागु नाच, लाखेनाच, झ्याउरे जस्ता संस्कृतिको संरक्षणको लागि समेत प्राथमिकता दिईएको जनाइएको छ । एक लाख बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको उक्त महोत्सव फागुन ११ सम्म संचालन हुनेछ ।

मिस एण्ड मिसेस ब्युटिफुलको टैलेन्ट राउण्ड सम्पन्न,३७ प्रतियोगीले देखाए उत्कृष्ट प्रस्तुती

मिस एण्ड मिसेस ब्युटिफुल को ग्राण्ड फिनालेको लागी नयां बानेश्वरस्थित एलिनाज बेकरी क्याफेको हलमा टैलेन्ट राउण्ड सम्पन्न भएको छ । सौन्दर्य प्रतियोगिताहरुको बढ्दो भिडमा आफुलाइ स्थापित गर्दै फरक पहिचान बनाएको दक्ष इन्टरनेशनलको आयोजनामा बिगत ५ बर्ष देखि निरन्तर आयोजना हुदै आएको मिस एण्ड मिसेस ब्युटिफुल नेपाल बिवाहित तथा अबिवाहित महिलाहरुका लागी आयोजना गरिएको वृहत कार्यक्रमको पछिल्लो तथा महत्वपुर्ण राउण्ड अन्तर्गत प्रतियोगीहरुले आफनो प्रतिभा प्रर्दशन गरेका थिए । बरिष्ठ अभिनेता उत्तम केसी, वरिष्ठ अभिनेत्री रश्मि भट्, बरिष्ठ गायक एवं नेपाल आयल निगमका पूर्व निर्देशक सिताराम पोखरेल, नायिका ताथ मोडल एलिना बांस्कोटा, वरिष्ठ सौन्दर्यविद शशी शाह तथा चर्चित कमेडियन गोपाल ढकाल छन्देले निर्णायकको भूमिका निर्वाह गरेको प्रतियोगी प्रतिभा प्रर्दशन कार्यक्रममा प्रतियोगीहरुले आकर्षक नृत्य, गायन, अभिनय, मौलीक तथा आफना पहिचान लगायतका प्रतिभा प्रर्दशन गरेका थिए । राज मेक अप स्टुडियोको व्यबस्थापनमा आयोजना हुन लागेको मिस एण्ड मिसेस व्युटिफुलको ग्राण्ड फिनाले आगामी फाल्गुन २ गते शुक्रवार राष्ट्रिय नाचघरमा हुने आयोजक टेकराज पाण्डेले जानकारी दिए ।

आयोजक संस्था दक्ष ईन्टरनेशन तथा राज मेक स्टुडियोका प्रबन्ध निर्देशक तथा मेक अप आर्टिष्ट टेक राज पाण्डेका अनुसार अबिवाहित तथा बिवाहित महिला गृहिणी तथा व्याबसायिक महिला दिदि बहिनीलाई यस प्रतियोगीता मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समेत प्रवर्द्दन एवं सामाजिकीकरण गर्ने उद्देश्यले प्रतियोगिता सन्चालन गर्न लागिएको बताए ।
बिवाहित तथा अबिवाहित गरि ३७ अन्तिम प्रतियोगी रहेका प्रतियोगीतका कोरियोग्राफरमा आश्विनी झा रहेका छन भने प्रतियोगीको ड्रेस डिजाईन पेजेन्ट नेपालले गरेको छ । काष्ठमण्डप टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने कार्यक्रमको फोटोग्राफी फोटोग्राफर सुदिप पोख्रेलको रहेको छ ।

म्यूजिक भिडियो निर्देशक माईकल चन्दले हात पारे ‘सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशकको अवार्ड’

म्यूजिक भिडियो निर्देशक माईकल चन्दले ग्लोबल इन्टरनेशनल अवार्डमा सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशकको अवार्ड हात पारेका छन्। वल्डवाइड मिडिया नेटवर्कले गत महिना थाइल्यान्डको पटयामा आयोजना भएको ग्लोबल इन्टरनेशनल अवार्ड कार्यक्रममा विशेष कारण उपस्थित हुन नसकेका अवार्ड विजेताहरुको लागी हिजो राष्ट्रिय नाचघरमा आयोजित एक कार्यक्रममा डान्स कोरियोग्राफर समेत रहेका माईकल चन्दलाई ग्लोबल इन्टरनेशनल अवार्ड ,सम्मान पत्र तथा ट्रफी प्रदान गरिएको हो । गायिका प्रेक्षा बमको आवाज रहेको मेरो राजा बोलको गीतको भिडियोबाट उनले उक्त अवार्ड हात पारेका थिए । भिडियोमा प्रकाश शाह र अनु शाह फिचर्ड रहेका थिए ।

माईकल स्टेप आर्टस एण्ड एकेडेमीका संचालक समेत रहेका माईकलले कतारमा भएको स्टार ईन्टरनेशनल अवार्डमा पनि यसै गीतबाट सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशकको अवार्ड हात पारेका थिए। करीव २ दशक भन्दा लामो समयदेखी डान्स कोरियोग्राफर हुदै पछिल्लो पटक सय भन्दा बढि सफल म्यूजिक भिडियो निर्देशन गरेर चर्चा कमाउन सफल माईकलले थुप्रै डान्सरहरुलाई यस क्षेत्रमा अवसर दिदै आएका छन ।