विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या ६० लाख माथी

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर संक्रमित हुनेको संख्या ६० लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीले तयार पारेको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६० लाख ६३ हजार ७२५ पुगेको छ ।

कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित बनेको अमेरिकामा अहिलेसम्म १७ लाख ७० हजारभन्दा धेरै मानिस संक्रमित बनिसकेका छन् । ब्राजिलमा करिब पाँच लाख मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । रुसमा पनि संक्रमितको संख्या चार लाखको हाराहारीमा पुगेको छ ।  त्यस्तै विश्वभर अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि तीन लाख ६९ हजार २४४ पुगेको छ । अमेरिकामा अहिलेसम्म एक लाख तीन हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने बेलायतमा ३८ हजारभन्दा बढीको मृत्यु भएको छ । इटालीमा ३३ हजारभन्दा बढीको कोरोना भाइरसको कारण मृत्यु हुँदा ब्राजिल र फ्रान्समा २८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । अहिलेसम्म विश्वभर कोरोना भाइरसका २५ लाख ६६ हजार ४८ संक्रमित निको भएर फर्किसकेका छन् ।

आइसोलेसनमा २ वर्षीया बालिकाको मृत्यु, कोरोना परीक्षण गर्न स्वाब संकलन

जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा २ वर्षीया बालिकाको मृत्यु भएको छ । भारतबाट नेपाल आएकी उनलाई स्वास्थ्यमा समस्या आएपछि बाजुराको जिल्ला अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारकै क्रममा शनिबार राति करिब २ बजे उनको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुपचन्द्र बिकले बताए । ‘कैलालीका गौरिफन्टा नाकाबाट उनीहरु ८ दिन पहिले आएका थिए,’ उनले भने, ‘गाउँको क्वारेन्टाइनमा ४ दिन बसेर समस्या आएपछि उनलाई अस्पताल ल्याइएको हो ।’

१५ गते बालिकालाई अस्पताल भर्ना गरिएको उनले बताए । भारतमा आउँदादेखि नै बालिकालाई ज्वारो आउने, बान्ता हुने गरेको उनले बताए । बुडिगंगा १ को धुरालचैनमा क्वारेन्टाइनमा रहँदा सामान्य औषधि गर्दा पनि उनलाई निको नभएपछि अस्पताल ल्याइएको थियो ।

अस्पताल ल्याइ पुराउँदा बालिकामा कडा निमोनिया रहेको उनले बताए । ‘सुधार भएको थिएन । स्वास फेर्न कठिन थियो मुटुको चाल बढेको थियो,’ उनले भने । शनिबार बिहान बालिकासँगै उनका बुवा र आमाको पनि पीसीआर परीक्षणको लागि स्वाव संकलन गरिएको उनले बताए ।

‘आइतबार दिउँसोसम्म रिपोर्ट आउँछ,’ उनले भने, ‘शव यहीँ छ । पोजेटिभ आयो भने डिस्पोज गर्छौं, नेगेटिभ आयो भने परिवारलाई जिम्मा लगाउँछौं ।’

कोरोना कहरमा २०७७।७८ को वार्षिक बजेट – बिष्णु शर्मा

– बिष्णु शर्मा, काठमान्डौ

कोरोना कहरमा बजेट जनताले प्रतक्ष्य निर्बाचनमा सहभागी भएर ५ बर्से कार्यकालका लागि गठित नेकपाको बहुमतको सरकारले नयाँ आर्थिक वर्षका लागि बजेट घोषणा गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संसदमार्फत आगामी वर्षका लागि कुल १४ खर्ब ७४ अर्ब रुपैयाँको बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।कतै अत्यन्तै त कतै निकै लोकप्रिय बनेको यसपालिको बजेट भाषण सदियौ देखि चल्दै आएको जस्तै नै देखियो। बिश्व जगतनै कोरोना महामारीबाट ग्रषित भएको यस विषम परिस्थितिमा दैनिक आर्थिक क्रियाकालप बन्द हुने, उत्पादनमुलक क्षेत्र खुम्चिने, पूर्वाधार निर्माणका क्षेत्रहरु कम क्षमतामा चल्नाले यस बर्षको आर्थिक बृदिदर माननीय अर्थमन्त्री ज्युले ठोकुवा गरेको २.३ % पुग्न असम्भव प्राय छ । सधैका वर्ष जस्तै सरकारले महत्वोकंक्षी योजनाहरुलाई प्राथमिकतामा राख्नुको साटो भविस्यमा आइपर्न सक्ने असहज परिस्थिति संग जुध्नको लागि आवस्यक पर्ने पुर्वाधार बिकाशमा ध्यान दिनु आजको आवस्यकता थियो तर कार्यन्वयन को अभावमा जनतालाई लाइ नै निराश पार्ने प्रधानमन्त्री स्वोरोज्गार कार्यक्रम, पहुच पुग्नेलाई मात्र कृषि को आधुनिकीकरण, संसदीय कोषको निरन्तरता आदि जस्ता बिगतमा अलोकप्रिय भैसकेका कार्यक्रम लाइ निरन्तरता दिनुले आम जनमानसमा उत्साह देखिदैन । तरपनि यस बर्षको बजेटले केहि राम्रा कुराहरुलाई प्रशय गरेको छ। साना तथा मझयौला उद्योग हरुलाई दिइने कर छुट,सहुलियत पूर्ण कर्जा,थप रोजगारीको अवसर, आयातित कृषि उपजमा लगाइने कर,बैदेशिक अध्ययनका लागि लगाइने शुल्क, बन पैदावार शुल्क मिनाहा, चुरोट, सुर्ती, तथा मदिराजन्य बस्तुमा लगाइएको कर आदि जस्ता बिषय हरुले केहि भएपनि हरेक नेपालि लाइ आत्मनिर्भर बन्ने पर्ती केहि आस थपेको आभास पाउन सकिन्छ ।साथै पेट्रोलियम पदार्थ माथि बढाइएको कर र निजि बिधुतिय सवारी साधन माथि बढाइएको करका बीच केहि विरोधाभाष टिका टिप्पणी भने पक्कै रहनेछ । भर्खरै मात्र बिधुतमा आत्मनिर्भर बन्दै गरेको नेपालले बिधुतिय सवारी साधनको प्रयोगलाई बढावा दिनु पर्नेमा यस्ता सवारी साधनलाई सर्वसाधारणको पहुँच भन्दा टाढा राखिनुले सरकार प्रति नै विभिन्न किसिमका संका उपसंका उत्पन्न भयका छन । आजको विषम परिस्थितिलाई मध्य नजर गर्दै कोरोना महामारी बाट प्रतक्ष्य प्रभाब पर्ने क्षेत्रहरु जस्तै स्कूल,कलेज, होटल ब्यबसाय, पर्यटन ब्यबसाय, चलचित्र ब्यबसाय, सभा सम्मेलनका ब्यबसायि आदि जस्ता सबै किसिमका ब्यब्सायिहरुमा अहिले आ आफ्नै किसिमा मनोबैज्ञानिक असरहरु देखिन थालिसकेका छन्। रेमिट्यान्स ले धानेको नेपालको अर्थतन्त्र र यसको रोकावट पश्चात सिर्जना हुने डामाडोल अर्थतन्त्र र बेरोजगारीको अवस्थाले देश कहाँ सम्म सिथिल बन्ने हो यस्मा पनि कसैको हेक्का रहेको देखिदैन। अनौठो कुरा त के छ भने सन २०१६ को आंकडा लाइ आधार मान्ने हो भने नेपालमा सामुदायिक बिद्यालय र संस्थागत बिद्यालयको संख्या क्रमश २९२०७ र ६०१५ रहेको थियो । तर यसपालिको बजेट भाषण मा भनिएजस्तै एक निजि स्कूलले एक सामुदायिक स्कूलको जिम्मा लिदा र सरकार आफ्नो जिम्मेवारी बाट हटदा झन्डै २३१९२ स्कूलहरु कसले जिम्मा लिने? यसबाट बाँकी स्कूलहरु अलपत्र पर्ने मा फेरि पनि संका छैन ।बिशेष गरि नेपालका प्रमुख शहर हरुमा संचालित संस्थागत बिद्यालयहरुका संचालक हरुमा उत्पन्न भएको मनोबैज्ञानिक तर्क बितर्क को समाधानमा भने सरकार मौन देखुनिले नैराश्यता उत्पन्न भएको छ ।लामो समय सम्म बन्द हुने सम्भावना भएका होटल ब्यबसाय, पर्यटन ब्यबसाय, शैक्षिक क्षेत्रहरु आदि जस्ता ब्यबसाय लाइ संकटको समयमा कुनै पनि किसिमको सम्बोधन नगरिनुले यस्ता व्यवसायहरु पलायन हुने अवस्थामा पुगेका छन, यस्मा कसको ध्यान जाने?पक्कै पनि आफ्नै पुँजीमा संचालनमा रहेका निजि विद्यालयहरु माथि सरकारी तबरबाट खेप्दै आएका अनावस्यक आलोचना र पाउन नसकेका सेवा सुविधाले हाम्रो समाजमा प्रचलनमा रहेको उखान “आफ्नो जिउमा भैसी नदेख्ने तर अर्काको जिउमा जुम्रो देख्ने “कुरा प्रस्ट हुन्छ । यसपालिको बजेट परिणामभन्दा प्रचारमुखी भएको र जनतालाई आश्वासन दिने तर कार्यान्वयन नहुने खालको, कोरोना भाइरसका कारण गरिएको लकडाउनले शिथिल भएको अर्थतन्त्रलाई माथि उठाउने र तत्काल कार्यान्वयन हुने खालको, रोजगारी सिर्जना गरी मुलुकको आर्थिक क्रियाकलापलाई गतिशील बनाउने र आम नागरिकहरुको जीवन स्तर उठाउने गर्ने योजना नआएको तथा रोजगारीका नाममा आफ्ना समिति कार्यकर्तालाई मात्र तत्काल लाभ पुग्ने किसिमका कार्यक्रम जोड दिइएको अनुमान विभिन्न दलका नेता हरुले लगाएका छन् । विभिन्न ४ किसिमका उद्देश्य र ६ किसिमका प्राथमिकतालाइ आगाडी सारेको यसपालिको बजेटले पूर्णता पाउने कुरामा भने पिरलो कायमै छ। तसर्थ यस बर्षको बजेटले जे जस्ता योजनाहरु सार्बजनिक गरेको छ पक्कै पनि बिगतमा जस्तै योजना बढी तर कार्यन्वयन कम हुने छैन जसबाट नेपाली जनतालाई देखाइएको “सुखी नेपाली र सम्बृद नेपाल “को सपना साकार पर्न सरकार सफल रहनेछ ।

सुत्नेवेलामा निन्द्रा परेन ? अपनाउनुहोस यि उपाय

गहिरो निद्राका लागि पहिलो सर्त हो, मनमा शान्ति । मनलाई कसरी शान्त तुल्याउने त रु मन त चञ्चल छ । मन भोको छ, मन लोभी छ, मन इष्र्यालु छ । पर्याप्त धन दौलतले, सुख सुविधाले मन शान्त हुँदैन । मनलाई शान्त तुल्याउने भनेको आफुले आफैसँग चित्त बुझाउने हो । यसको सरल विधी चाहि योग, प्राणायाम, ध्यान हो ।

ध्यान विधीबाट हामी मनलाई शान्त तुल्याउन सक्छौं । आध्यात्मिक चेतले पनि मनलाई वशमा राख्न सकिन्छ । मनमा सकारात्मक भाव पैदा हुनुपर्छ । सकारात्मक, कृतज्ञ र प्रफुल्ल भएपछि मन स्थिर हुन्छ । मन स्थिर भएपछि हामी गहिरो निद्रामा पुग्न सक्छौं ।

यसैगरी समुचित श्रम पनि आवश्यक छ । हामी निस्क्रिय बस्छौं वा ऐश आरममा मात्र रुची राख्छौं भने पनि हामीलाई गहिरो निद्रा लाग्दैन । शरीर भनेकै समूचित श्रम गर्नका लागि हो । जब हामी श्रम गर्छौं, शरीरले विश्रामको खोजी गर्छ । त्यही बेला हामी गहिरो निद्रा पाउन सक्छौं ।

खानपानले समेत निद्रामा असर गर्छ । हामीलाई के लाग्छ भने मदिरापान गरेपछि निद्रा लाग्छ । तर, यसले क्षणिक निद्रा लागेपनि यो गहिरो हुँदैन । मदिरापान गर्नु पनि निद्रा विथोल्नु हो । त्यसैगरी धेरै मसेलेदार वा शरीरले सजिलै नपचाउने खानाले पनि निद्रा विथोलिन्छ ।

सात्विक खानपान, सकारात्मक सोंच, सरल जीवनशैली आवश्यक छ, गहिरो निद्राको लागि ।

१. गहिरो निद्रा पाउनका लागि मूख्यतः मानसिक रुपमा स्वस्थ्य हुनु आवश्यक छ । सुत्नुअघि मनमा कुरा खेलाउने, चिन्ता लिने जस्ता काम गर्नु हुँदैन ।

२. सुतेको बेला आयव्यायको हिसाब लगाउने, पारिवारिक समस्यामा घोत्लिने, नकारात्मक बिचारहरु ल्याउने जस्ता कुराले पनि निद्रा विथोलिन्छ । त्यसैले सुत्नुअघि यस्ता विकारयुक्त विचारहरु मनमा ल्याउन हुँदैन ।

३. सुत्नुअघि त्यस्ता कुराहरु सोच्नु हुँदैन, जसले मनलाई दुखित तुल्याउँछ । अक्सर मानिस ओछ्यानमा पल्टिएर मनमा अनेक कुरा खेलाउन थाल्छन्, विगतका गल्तीहरु सम्झन्छन्, भविष्यका बारेमा कल्पन्छन् । यसले पनि निन्द्रा विथोल्छ । यस्ता कुराहरु सोचेर केहि फाइदा छैन । दिनमा शरीर सक्रिय भएको बेला यस्तो काम गर्नुपर्छ, जसले आफुलाई सन्तुष्ट तुल्याउँछ ।

४. सुत्नुअघि मनलाई स्थिर, खुसी र सन्तुष्ट राख्नुपर्छ । भविष्यको कुरा सोचेर वा विगतका गल्तीहरुमा पछुतो गरेर केहि उपलव्धी छैन भन्ने कुरा बुझ्नुपर्छ ।

५. सुत्नुअघि धेरै खानेकुरा खानु ठीक होइन । यसले पेट भद्दा हुन्छ र राम्ररी निन्द्रा लाग्दैन । अधिक पानी वा झोलयुक्त पदार्थ सेवन गर्दा पनि पिसाब लाग्छ, जसले निद्रा विथोलिदिन्छ । सुत्नुअघि हल्का एवं सुपाच्य खानेकुरा सेवन गर्नुपर्छ ।

६. सुत्ने र उठ्ने समय तालिका नियमित हुनुपर्छ । निश्चित समय तालिकामा सुत्ने अभ्यास गरिएको छ भने त्यही समयमा निद्रा लाग्छ ।

७. शारीरिक रुपमा निस्क्रिय हुँदा पनि राम्ररी निद्रा लाग्दैन । त्यसैले दिनमा शारीरिक रुपमा सक्रिय रहनुपर्छ । त्यस्तै व्यायाम गर्नुपर्छ, हिँडडुल गर्नुपर्छ, सानोतिनो घरायसी काम गर्नुपर्छ ।

८.सुत्नुअघि हल्का खानेकुरा सेवन गर्ने, केहि क्षण हिँडडुल गर्ने, हल्का व्यायाम गर्ने, प्रणायाम गर्ने, ध्यान गर्ने जस्ता सिलसिलाबद्ध क्रियाले पनि गहिरो निद्रा लाग्छ ।

९. ओछ्यान सजिलो हुनुपर्छ । साथै सुत्ने कोठाको वातावरण प्रतिकुल हुनुहुँदैन । राती चर्को ध्वनी आउने, हल्लीखल्ली हुने जस्ता कुराले पनि निद्रा विथोलिन्छ ।

१०. सुत्नुअघि चाखलाग्दो पुस्तक पढ्नुहोस् । मधुरो संगीत सुन्नुहोस् । यसले ध्यान अन्यत्र भंग हुँदैन र निद्रा लाग्छ ।

केहि घरेलु विधी

राम्रो निद्रा पाउनका लागि केहि घरेलु औषधीले पनि उपयोगी हुन्छ । तर, पूर्ण रुपमा यसमै निर्भर हुनुहुदैन । स्वस्थ्य दिनचर्यासँगै घरेलु विधी अपनाएपछि गहिरो निद्रा पाउन सकिन्छ ।

-काचो प्याजको सेवन गर्नुपर्छ ।

– पुदिनाको पात पानीमा उमालेर उक्त पानी सेवन गर्नुपर्छ ।

-सुत्नुअघि मनतातो दुध पिउनुपर्छ ।

भारतीय सञ्चारमाध्यममा प्रकाशित समाचार प्रोपगाण्डा मात्र : नेपाली सेना

काठमाडौं । नेपाली सेनाको जंगीअड्डाले दुई भारतीय सञ्चारमाध्यममा प्रकाशित समाचार प्रोपगाण्डा मात्र भएको जनाएको छ ।  हिन्दुस्तान टाइम्स र टीएफआई पोष्ट डटकमले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभानेको टिप्पणीमाथि खण्डन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिए पनि नेपालका प्रधानसेनापति पूर्णचन्द्र थापाले अस्वीकार गरेको दाबी गरेको थियो । तर, नेपाली सेनाले एक विज्ञप्ति जारी गर्दै ती दाबीलाई प्रोपगाण्डा मात्र भएको जनाएको छ ।

सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘उक्त भ्रामक समाचार दुई मित्रराष्ट्र तथा विशिष्ट ऐतिहासिक सम्बन्ध भएका दुई सेनाहरुबीचको सम्बन्ध र विश्वासमा नकारात्मक असर पुर्‍याउने उद्देश्यबाट प्रेरित देखिन्छ ।’ राष्ट्रिय एकता थप मजबुत बनाउनुपर्ने परिस्थितिमा नेपालमा विभाजन ल्याउने तथा सेनालाई अनावश्यक विवादमा तान्ने कुत्सित मनसायले यस प्रकारको अफवाह फैलाइएको जंगीअड्डाको भनाइ छ ।

साथै, भारतीय सेनाध्यक्ष नरभानेको टिप्पणीबारे रक्षामन्त्री ईश्वर पोखरेलले पनि धारणा सार्वजनिक गरिसकेको उल्लेख गर्दै सेनाले भनेको छ, ‘नेपाली सेना नेपालको संविधान अनुरुप नेपाल सरकारबाट प्राप्त वैधानिक निर्णय र निर्देशन पालना गर्न सदैव कटिबद्ध रहोको पनि जानकारी गराउन चाहन्छौं ।’

सेनाले आगामी दिनमा पनि विभिन्न माध्यमबाट नेपाल, नेपाली नगारिक र नेपाली सेनासम्बन्धी अफवाह फैलाउने प्रयास हुनसक्ने पनि भनेको छ । नयाँ दिल्लीमा मनोहर पर्रिकर रक्षा अध्ययन एवं विश्लेषण संस्थान (आईडीएसए) ले आयोजना गरेको वेबनारमा नरभानेले लिपुलेकमा कुनै समस्या नभएको बताउँदै यो मुद्दा नेपालले कसैको इसारामा उठाएको दाबी गरेका थिए ।

दूरी : पुस्तकप्रसाद

दूरी

एउटै नहुन सक्छ
हामी जन्मिएको मिति
नहुन सक्छ एउटै अवस्था
पला, घडी र समय
आमाले घाँस काटिरहँदा
जन्मिएको थिएँ म
तिमी अस्पतालमा
जन्मिएकी हुन सक्छ्यौ
तर एउटै थियो
हामी जन्मिएको आकास ।

आँधी तुफान आइरहन्छ
भत्काइ रहन्छ
पक्कै म जन्मिँदा
हुरी चलेको हुनुपर्छ
झरी परेको हुनुपर्छ
मुस्कुराइ रहन्छ्यौ
रमाइरहन्छ्यौ
तिमी जन्मिदा बहार हुनुपर्छ
फूल फुलेको हुनुपर्छ
तर एउटै थियो
हामीले फेरेको पहिलो सास ।

जहाँ तिम्रा आँखा थिए
जहाँ तिम्रो मुटु छ
छातीको देब्रेतिर
त्यही छ मेरो पनि मुटु
पानी बग्दैन मेरो नसामा पनि
भोक तिमीलाई पनि लाग्छ
तिमी जुत्ता लगाएर
लुगा लगाएर हुर्कियौ
म काँडा टेकेर
सबथोक देखाएर हुर्किएँ
तर एउटै थियो
तिम्रो र मेरो निद्रा

साथी !
के छ तिम्रो जातमा त्यस्तो
जसले तिमीलाई मसँग
प्रेम गर्ने अनुमति दिएन ।     पुस्तकप्रसाद

बाँके जिल्लाभर अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी

जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभर अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ सरुवा भएर आएकै दिन जिल्ला सुरक्षा समितिको बैठकबाट बुधबार रातिदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको हो । सुरक्षा समितिले बुधबार राति १० बजेदेखि अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन २०२८ को दफा ६९३० र संक्रमण रोग ऐन २०२० को दफा २ बमोजिम जिल्लामा निषेधाज्ञा जारी गरेको प्रजिअ कुरुम्वाङद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । कोरोना भाइरसको संक्रमणबाट जिल्लामा हालसम्म एक जनाको ज्यान जानाका साथै १७० जना संक्रमित भएका छन् । संक्रमणको विस्तार रोक्न तथा सचेतनामूलक र प्रवद्र्धनात्मक कार्य गर्न जरुरी रहेको जनाउँदै निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कुरुङ्वाङद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।

निषेधाज्ञामा जिल्लामा अत्यावश्यक सेवा भोजनालय, औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र, मालसामान ओसारपसार गर्ने तथा निर्माणमा प्रयोग हुने ढुवानी सञ्चालनमा रोक लगाइएको छैन । यस्तै खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी, भण्डारण वितरण, फोहोरमैला संकलन तथा ढुवानी, विद्युत् सेवा, कृषि तथा कृषि पशुपक्षीजन्य उत्पादन ढुवानीमा प्रयोग हुने साधन, वर्कशप जस्ता अत्यावश्यक सेवाबाहेक अन्य सेवा जिल्लाभरि सञ्चालन नगर्न र नगराउन अनुरोध गरिएको छ ।

गणतन्त्र दिवसको अवसरमा २ सय ३३ जना कैदीको सजाय मिनाहा

गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ जनाको सजाय माफी गरेकी छिन् भने २ सय ३३ जना कैदीको सजाय मिनाहा गरेकी छिन् ।

नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा कपिल देव साह कानूसमेत ८ जना व्यक्तिहरुलाई विभिन्न अदालत न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायबाट विभिन्न मितिमा भएका फैसला बमोजिम लागेको कैद, दण्ड, सर्वस्वलगायतका सजाय माफी भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरे जानकारी दिए ।

 

काभ्रेमा करिब ५० वर्ष यताकै भिषण वर्षा

काठमाडौं । काभ्रेको रोशी–३ खहरेपाङ र भकुण्डे–६ खाक्सी भन्ने स्थानमा बाढीमा फसेका ३ जनालाई गएराति उद्धार गरिएको छ । खाक्सीमा फसेकालाई नेपाली सेना र प्रहरीको संयुक्त टोलीले तथा खहरेपाङमा फसेका व्यक्तिलाई प्रहरी र स्थानीयबासीले उद्धार गरेको काभ्रेका एसपी रवी पौडेलले जानकारी दिए ।

बुधबार बनेपा र पनौती क्षेत्रमा परेको वर्षा र बाढी ५० वर्ष यताकै भयानक भएको स्थानीयले बताएका छन् । बाढीले पनौती नगरपालिका क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । पुन्यमाता खोलामा आएको बाढीले तीनवटा पुल बगाएको छ भने केही घर डुबानमा परेका छन् । सयौं रोपनीको बालीसमेत बाढीले नष्ट गरेको छ । पनौती क्षेत्रमा बाढीले एउटा टोयोटा गाडी बगाएको थियो । त्यसलाई प्रहरी र स्थानीयले बाढीबाट निकालेका थिए । बाढीले पनौतीको त्रिवेणीधाम क्षेत्रका केही मन्दिर समेत डुवानमा परेको छ । प्रहरीले बाढीले पु¥याएको क्षतिको पूरा विवरण आउन बाँकी रहेको जनाएको छ ।