युरोपा लिगमा आर्सनलको सहज जीत

युरोपा लिग अन्तर्गत समुह चरणको खेलमा आर्सनलले डुनडाल्कलाई ३–० ले पराजित गरेको छ । समूह बी मा रहेको आर्सनलको यो लगातार दोस्रो जीत हो । आर्सनलका लागि एडी निकेताह, जो विलकले र निकोलास पेपेले एक–एक गोल गरे । जीतसँगै आर्सनल समूह बी को शिर्ष स्थानमा रहेको छ । आर्सनलको २ खेलमा २ जीत सहित ६ अंक रहेको छ ।

युरोपा लिगको अर्को खेलमा टोटनह्याम हटस्पर्स भने रोयल एन्ट्रुपसँग १–० ले पराजित भएको छ । टोटनह्यामका बेन डेभिसको गल्तीको फाइदा उठाउँदै एन्ट्रुपका लियोर राफेलोभले खेलको २९ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । बिहीबार भएका अन्य खेलहरुमा लेस्टर सिटीले एइके एथेन्सलाई २–१ गोलअन्तरले पराजित गरेको छ, भने होफनहाइमले केएए जेन्टमाथि ४–१ को जीत हात पारेको छ । सेल्टिक र लिलेले २–२ को बराबरी खेल्दा भिल्लेरियाल कारबाकविरुद्ध ३–१ ले विजयी बन्यो । एसी मिलानले स्पार्टा प्रागविरुद्ध ३–० को सहज जित हासिल गर्यो ।

विश्वभर कोरोना भाइरस संक्रमित संख्या साँढे ४ करोड

विश्वभर कोरोना भाइरसको संक्रमित संख्या साँढे ४ करोड नाघेको छ । पछिल्लो तथ्यांक अनुसार कुल संक्रमित संख्या ४ करोड ५३ लाख १९ हजार छ ।

कुल कोरोना संक्रमितमध्ये ११ लाख ८६ हजारको मृत्यु भएको छ । ३ करोड २९ लाख संक्रमणमुक्त भएका छन् ।

अमेरिकामा सबैभन्दा बढी ९२ लाख संक्रमित संख्या नाघेको छ । जसमध्ये २ लाख ३४ हजारको मृत्यु भएको छ ।

भारतमा ८० लाख संक्रमितमध्ये एक लाख २१ हजारको मृत्यु भएको छ । ब्राजिलमा ५४ लाख संक्रमितमध्ये एक लाख ५९ हजारको मृत्यु भएको छ ।

नेपालमा एक लाख ६४ हजार ७ सय १८ संक्रमित संख्या पुगेको छ । जसमध्ये ९ सय ४ को मृत्यु भएको छ । एक लाख २४ हजार ८ सय ६२ लाई निको भएको छ ।

आज कोजाग्रत पूर्णिमा,दसैँकाे अन्तिम दिन

 धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि बडादसैँ समापन हुँदैछ।

आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै दुर्गापक्ष सकिन्छ।     

शास्त्रनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम पनि आजै हुनेछ। अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरू भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि आजैदेखि समाप्त हुन्छ। आजै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगी सेलाइन्छ।

आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दसैँपर्व नेपालीले आ-आफ्नो गच्छेअनुसार मनाउँछन्। आजको दिन सायंकालमा महालक्ष्मीको पूजाराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिंँडेकी महालक्ष्मी प्रवेश गरी ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा पर्व मनाउन सुरु गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतम बताउँछन्। 

माता दुर्गाका तीन रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ। नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ।     

लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ। यस पूर्णिमालाई कौमुदी पनि भनिन्छ। महालक्ष्मीसँगै आज हात्तीमा चढेका इन्द्रको पनि पूजा गर्नुपर्छ।     

कोजाग्रत पूर्णिमा आज परे पनि पूर्णिमा व्रत भने शनिबार रहेको जनाइएको छ। महालक्ष्मीको व्रत गर्न गरिने कर्म मध्यरातमा पूर्णिमा भएका दिन गरिन्छ।

आज २७ घडी ५८ पला अर्थात् बेलुकी ५ः२५ बजेसम्म चतुर्दशी तिथि छ। त्यसपछि पूर्णिमा तिथि लाग्छ। मध्यरातमा पूर्णिमा आज परेकाले कोजाग्रत पूर्णिमा आजै मनाउने निर्णय गरिएको समितिले जनाएको छ। शनिबार पूर्णिमा तिथि ३३ घडी १६ पला अर्थात् बेलुकी ७ः३३ बजेसम्म छ।     

चन्द्रमाको पूजा गरिने पूर्णिमा व्रतका लागि भने सूर्योदय र सायंकालमा पूर्णिमा तिथि चाहिने भएकाले शनिबार परेको हो। कार्तिक स्नान र आकाशदीपदान पनि शनिबारदेखि नै सुरु हुनेछ ।– देखापढी

कोरोना संक्रमित पत्रकार विष्णुप्रसाद चौलागाईँको निधन

कोरोना संक्रमित काभ्रेका पत्रकार विष्णुप्रसाद चौलागाईँको निधन भएको छ।

काभ्रे पोस्टका प्रधानसम्पादक रहेका ५१ वर्षीय चौलागाईंको आज बिहान ओम अस्पताल काठमाडौँमा निधन भएको हो।

असोज २६ गते कोरोना संक्रमण भएपछि होम आइसोलेसन रहेका उनमा ज्वरो बढेपछि कात्तिक १ गते ओम अस्पताल भर्ना गरिएको थियो। चौलागाईँ ब्रोनक्राइटिसबाट पनि पीडित थिए ।

कोरोना भाइरसबाट बच्ने उपाय भनेकै सावधानी अपनाउनु :डा.डिआर उपाध्याय

कोरोना भाइरसबाट बच्ने उपाय भनेकै सावधानी अपनाउनु हो कोरोना भाइरसले हालसम्म विश्वका धेरै मानिसको ज्यान लिइसकेको छ। भाइरसलाई पूर्णरुपमा नियन्त्रणमा ल्याउन कुनै देशले सकेका छैनन् । विश्वव्यापी रूपमा फैलिरहेको यो भाइरस प्रभावले हाम्रो देश नेपाल पनि अछुतो रहन सकेको छैन। यो भाइरसलाई प्राणघातक भाइरससमेत भनिन्छ। कोभिड– १९ को उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीमा संक्रमणको जोखिम उच्च देखिएको छ । यो भाइरसबाट बच्ने सबैभन्दा महत्वपूर्ण र आधारभूत उपाय भनेकै सावधानी अपनाउनु हो। यसबाट बच्न सकिने उपाय भनेको सरसफाइमा ध्यान दिनु पर्छ । मास्क प्रयोग गर्न छोडनु हुदैन । हातले नाक, मुख र ऑखा छुनु हुदैन । बेलाबेलामा साबुनपानीले मिचिमिची हात धुनु पर्छ । पोसिलो खानेकुरा खानु पर्छ । माछा, मासु राम्रोसँग पकाएर खानु पर्छ । भीडभाडमा सावधानी अपनाउनु पर्छ । सामाजिक दूरी कायम गर्नु पर्छ । संक्रमित तथा रुघाखोकी लागेका व्यक्तिहरूको सम्पर्कमा रहनु हुदैन । कोभिड विश्वव्यापी महामारी हो। यसबाट विश्वका अधिकांश देश प्रभावित छन्। त्यसमा पनि नेपालजस्ता विकासोन्मुख देशहरू सबैभन्दा बढी प्रभावित भइरहेको अवस्था छ। कोरोना संक्रमितलाई क्वारेन्टाइन, आइसोलेसन र सेल्फ आइसोलेसनका अलावा उपचारका लागि सुविधायुक्त अस्पताललगायतका पूर्वाधार तयार गरिनुपर्छ। हालसम्म यो भाइरसबाट निको हुने औषधि बनेको छैन। विश्वका विभिन्न देशले औषधि निर्माण गरेर मानिसमा परीक्षण, अध्ययन गरिरहे पनि विश्व स्वास्थ्य संगठनले कुनै पनि औषधिलाई कोरोना भाइरसको औषधि भनेर मान्यता दिएको छैन । सरकारले मास्क, स्यानिटाइजर, पीपीईलगायत चिकित्सा सामग्री पर्याप्त मात्रामा उपलब्ध गराउनुपर्छ। कोरोना भाइरसका कारण देशको आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिकलगायत अन्य धेरै क्षेत्रमा समेत दूरगामी असर परिरहेको छ। अर्थतन्त्र संकुचित भएको छ। स्वदेशी तथा विदेशी लगानी रोकिएका छन्। उद्योगधन्दा धराशायी बन्दै गइरहेका छन्। बेरोजगार समस्या बढदै गइरहेको छ। लाखौ लाख विद्यार्थीहरुको भविष्य अन्योल छ। उपचारमा खटिने स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीको माग तत्काल सम्बोधन गर्नु पर्ने आबश्यकता देखिएको छ । प्रोत्साहन भत्ता, स्वास्थ्य बिमालाई प्रभावकारी रूपमा लागू गरौं ।

दिपा तामाङ्गको ‘फेसबुकमा फोटो छ’ सार्वजनिक(भिडियो)

गायिका दिपा तामाङ्गको नयाँ गित ‘फेसबुकमा फोटो छ’ बोलको गित सार्वजनिक भएको छ । गितमा गायिका दिपा तामाङ्ग र गायक प्रियजन राईको सुमधुर स्वर रहेको छ । पुर्वेली लोक भाकामा आधारित रहेको गितले प्रेममा बिछोडको भावना झल्काईएको पाईन्छ । लब्ली तुलसीको शब्द लेखन रहेको सो गितमा गायक प्रियजन राईले नै संगित भरेका छन् । गित निकै नै मिठो र मार्मिक भावनामा आधारित रहेर बनेको गायिका दिपा तामाङ्गले बताईन् । गितको एरेन्ज भने सुमन राईले गरेका छन् ।

भिडियोे सुवास कुथुमी राईले रेकर्ड गरेका हुन भने मिक्सिङ र मास्टरिङ्ग गोबिन्द सोनीले गरेका हुन । त्यस्तै भिडियोको छायांकन र एडिटिङ जनकराज अधिकारीले गरेका हुन ।दिपा छोटो समयमै निकै चर्चा कमाउन सफल गायिका हुन ।

जनताको मतलाई खेलवाड गर्न मिल्दैन:डा.डिआर उपाध्याय

अहिले मुलुकमा साढे दुई वर्षभन्दा लामो समयदेखि कम्युनिष्ट पार्टीको झण्डै दुई तिहाई बहुमतको जननिर्वाचित सरकार छ । यो सरकारलाई जनहितको पक्षमा काम गर्न केले छेक्यो ? बहाना वाजी मात्र गरेर पाँच बर्षको समय बिताउने की काम गरेर देखाउने ? नेकपाका लागी यो काम गर्ने ठूलो अवसर हो , सधै भरी अवसर नआउन पनि सक्छ । जोश ,जाँगर र उत्साहका साथ काम हुनु पर्दथ्यो , मेसो केहि छैन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको पनि साढे दुई वर्षभन्दा बढि भै सक्यो । एक्लै दुई तिहाई बहुमत नजिकको संघीय सरकार छ । सातवटा प्रदेशमध्ये ६ वटामा नेकपाकै दुई तिहाइ बहुमतका सरकार छन् ।

यो सरकारलाई काम गर्न केले बाधा पुयाएको छ ? अचम्म लाग्दो कुरा यो छ । कम्युनिष्ट पार्टीको यो सरकारले ‘सुखी नेपाली, समृद्ध नेपाल’ भन्ने नारा अघि सारेको पनि साढे दुई वर्षभन्दा बढि भै सक्यो । नारा अति सुन्दर छ । यही नाराले कम्युनिष्ट पार्टीको बहुमत आएको हो । जनताको मतलाई खेल वाड गर्न मिल्दैन । अहिले सरकारले जनमतलाई खेलवाड गरिरहेको छ । कोराना भाईरस संग जुधन नसकेर सरकार पिठयु फर्काएर भागेको छ । महामारीसित जुधन नसक्ने सरकार संग अरु के धेरै आश गर्नु ? सरकारले कोरोना भइसर संक्रमितको उपचार निःशुल्क गर्न नसक्ने बताएको छ । यस्तो सरकारले जनताको भाग्य र भविश्य कसरी निर्माण गर्छ ?
विश्वका प्रायः सबैजसो देशहरूले आआफ्ना नागरिकको स्वास्थ्य रक्षा गर्नमा सम्पूर्ण प्रयास र ऊर्जा केन्द्रित गरेका छन् । तर नेपाल सरकार यी सवै कुराबाट पछाडी हटेको अवस्था छ । सरकारले जनताको टाउकोमा उपचार खर्चको भारी बोकाइदिएको छ । सरकार आफ्नो दायित्व , कर्तव्य र जिम्मेवारीबाट पन्छिएको छ । यो कुरा जनताले मनमा राखेर बसेका छन । आगामी निर्वाचनबाट फैसला गर्नेवाला छन । दुई वर्षअघि आफैँले बनाएको आधारभूत स्वास्थ्य ऐन विपरीत सरकार गएको छ । सरकार नेपाली जनतालाई कोरोना संक्रमणको चेकजाँच, उपचार र मृतकको शव व्यवस्थापन गर्नबाट पन्छिएको छ । यसको अर्थ हो, सरकार हात उठाएर भागेको छ । कोरोना भाइरस संक्रमणको महामारीसमक्ष सरकारको यस्तो आत्मसमपर्णले जनता निराश छन । सरकार कोरोनासामु पूर्णरूपले असफल र पराजित भएको छ ।
यदि जनता निराश भए भने आगामी निर्वाचनमा अहिलेको सत्तारुढ नेकपाले अकल्पनीय पराजय भोग्नु पर्ने खतरा आउन सक्छ । लोकतन्त्रमा जनताको भावनाअनुसार हिँड्न नसक्ने दल असफल हुने छन । यीनीहरुलाई जनताले सधै भरी काँध थापिरहनु पर्ने जरुरी छैन । ओली नेतृत्वको वर्तमान सरकारले आफ्नो अस्तित्वको औचित्य गुमाइसकेको छ । अहिले संक्रमण दर बढ्दै जादा सरकार अताल्लिएको छ । धरौटी रकम जम्मा नगरी सरकारी अस्पतालमा समेत संक्रमितको उपचार हुँदैन । अवस्था यस्तो छ । सरकारले आफ्नो दायित्व पूरा गर्न नसकेर भाग्नु भनेको लज्जाको बिषय हो । नागरिकहरूले राज्यलाई कर तिरेका छन् । कानुन पालना गरेका छन् । सरकारको आदेश पालन गरेका छन् । तर सरकारले नागरिकको आधारभूत स्वास्थ्य रक्षाको काम गर्न सकेको छैन । यो बिडम्वना हो

धुलिखेल अस्पतालमा थप दुई कोरोना संक्रमितको मृत्यु

धुलिखेल अस्पतालमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ।

अस्पतालमा उपचरत ७० वर्षीय महिला र ५५ वर्षीय पुरुषको बिहीबार मृत्यु भएको जिल्ला कमाण्ड पोष्टका डा. नरेन्द्रकुमार झाले जानकारी दिए। उनीहरु दुवैजना धुलिखेल नगरपालिकाका हुन्।

उनका अनुसार काभ्रेमा अहिलेसम्म ३० जनाको मृत्यु भएको छ ।

बिहीबार काभ्रेमा २९ जना नयाँ संक्रमित थपिएका छन्। जिल्लामा १५ सय ६२ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। संक्रमितमध्ये ९ सय ५४ पुरुष र ६ सय ८ पुरुष छन्।

प्रहरीको खोजी सूचीमा र्‍यापर भिटेन

समाजले पचाउन नसक्ने अश्लिल शब्द प्रयोग गरेर गीत बनाएको भन्दै र्यापर भिटेन उर्फ समीर घिसिङलाई प्रहरीले खोजी गरिरहेको छ ।

प्रहरी प्रधान कार्यालयको उजुरी छानवीन तथा गुनासो शाखामा उजुरी परेपछि उनलाई पक्राउ गरी कारबाही गर्न निर्देशन दिए लगत्तै साइबर व्यूरोले उनको खोजी गरेको हो ।

‘यस पटक प्रहरीमाथि नै र्यापमार्फत आक्रमण गरेको र समाजमा अश्लिलता फैलाउने शब्द राखेका कारण प्रहरीले उनलाई पक्राउ गरी कारवाही अघि बढाउछ त्यसका लागि साइबर व्यूरोलाई निर्दैशन गइसकेको छ’, प्रहरी प्रवक्ता कुवेर कडायतले भने ।

भिटेनको नयाँ गीत ‘पारा’ एक साताअघि युट्युवमा पोस्ट गरेका थिए । भिडिओमा आपत्तिजनक शब्द प्रयोग भएपछि कारबाही गर्न बिहीबार साइबर ब्युरोलाई पत्र पठाएको प्रहरी प्रधान कार्यालयले जनाएको हो ।

एक वर्षअघि भिटेनलाई प्रहरीले आपत्तिजनक शब्द तथा चित्र बोकेको भिडिओ सार्वजनिक गरेको आरोपमा महानगरीय अपराध महाशाखाले पक्राउ गरेको थियो। आइन्दा त्यस्तो शब्द प्रयोग गरेर भिडिओ सार्वजनिक नगर्ने सर्तमा प्रहरीले छाडेका भिटने नसुध्रिएको प्रहरीको बुझाई छ ।