नयाँ वर्षसँगै बढ्ने भयो कोरियामा कार्यरत नेपालीको तलब

दक्षिण कोरियाले अंग्रेजी नयाँ वर्षसँगै कामदारको न्यूनतम तलबमा वृद्धि गरेको छ । यो निर्णयसँगै कामदारले अब तलबभन्दा १.५ प्रतिशतले बढी तलब पाउनेछन् ।

प्रतिघन्टा ८ हजार ७२० वन पाउने दक्षिण कोरियाली सरकारले जनाएको छ । सन् १९८८ यता कोरियाले कामदारको तलबमा वृद्धि गरेको हो । कोरोनाभाइरस महामारीले अहिले दक्षिण कोरिया आर्थिक संकटसँग जुधिरहेको छ ।

सातामा ४० घन्टा काम गर्ने कामदारको ज्याला अब मासिक १८ लाख २२ हजार ४८० वन पुग्नेछ । यसको नेपाली मूल्य १ लाख ८२ हजार नेरु हुन आउँछ । राति १० देखि बिहान ६ बजेसम्म काम गर्नेले भत्ता समेत पाउनेछन् ।

कोरियाको तलब निर्धारण समितिले नवौं बैठकमार्फत यस्तो निर्णय गरेको हो । बढेको तलबसँगै दक्षिण कोरियामा रहेका ४० लाख कामदारसहित ३५ हजार नेपाली कामदारले लाभ उठाउनेछन् । तर, यसलाई उल्लेखनीय तलब वृद्धि चाहिं मान्न सकिंदैन ।

मिस:नेवा नेपालका प्रतिस्पर्धीहरुको यो:मरी

नेप्लिज फेशन होमको आयाेजनामा याेमरी पुर्णिामाकाे शुभ अवसरमा मिस:नेवा नेपालका प्रतिस्पर्धीहरुले  यो:मरी बनाउन सिक्ने र सिकाउने कार्यक्रम सम्पन्न भएको छ । बिगतका बर्ष झै यस बर्ष पनि मिस नेवाहरुबाट नेवारी परिकार यो:मरी बनाएर आफनो मौलिक कला तथा संस्कृतिको जगेर्ना गरेका छन् । 

उक्त कार्यक्रमको उद्घाटन सञ्चार विज्ञ  राजेन्द्र मानन्धरले पानसमा दियो बाली उद्घाटन गर्नु भएको थियो । विगत १७ वर्ष देखि निरन्तर रुपमा नेवार कला, भाषा तथा संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले स्थापित नेप्लिज फेसन हाेमले प्रत्येक वर्ष झैं यसपाली पनि १५ आौं मिस नेवा: नेपाल यहि माघकाे अन्तिममा फाईनल हुने गरि आयाेजना गर्ने र हाल १५ जना नेवार सुन्दरीहरु प्रतिस्पर्धामा उत्रेका छन् ।

मिस नेवा:हरु सुनिता डंगाेल , नितु डंगोल, संगिता महर्जन , प्रजिता श्रेष्ठ , राेशनी कुम्पाखा तथा पल्सा श्रेष्ठ द्वारा प्रतिस्पर्धि नेवारी सुन्दरीहरलाई योमरी बनाउन सिकाउनुका साथै योमरी बनाउने प्रतिस्पर्धाको आयोजना पनि गरेको थियो ।आयातीत संस्कृतिलाई भन्दा आफनो मौलिक कला तथा संस्कृतिलाई जोगाई राख्नु पर्नेमा  बिशेष जोड दिनु पर्ने नेप्लिज फेशन होमकी अध्यक्ष हेमा मानन्धरले बताउनु भयो । साथै भोलीका सन्ततीलाई पनि आज संस्कार जोगाई राख्नु पर्नेमा बिशेष जोड दिनुभयो ।

नेप्लिज फेशन होमले प्रत्येक बर्ष यो:मरी पुन्यको दिन आफनै कार्यालयमा उक्त नेवारी परिकार बनाउने गर्दछ । उक्त कार्यक्रम सञ्चार विज्ञ मानन्धरको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो  । कार्यक्रममा बिशेष अतिथि नेपाल क्याेकुशिन सेईसिन काईकान कराँते संघका अध्यक्ष अशोक कुमार श्रेष्ठ, गोरखापत्र संस्थानका पत्रकार दीपक बिहिन , इभेण्ट अर्गनाईजर खगेस रन्जितकार, पत्रकार तथा क्यामेरामेन भुपेन्द्र निरौला तथा समय सान्दर्भिक पत्रिकाका सम्पादक त्रिलोचन प्रधानको उपस्थिति रहेको थियो ।

चीनले पनि बनायो कोरोनाको भ्याक्सिन

चीनले सरकारी स्वामित्वसमेत रहेको कम्पनीले बनाएको कोरोनाभाइरसविरूद्धको खोपलाई आम प्रयोगका लागि अनुमति दिएको छ। चीनको नेशनल मेडिकल प्रोडक्ट एडमिनिस्ट्रेसनले सिनोफार्मको बेइजिङ बायोलोजिकल प्रोडक्ट इन्स्टिच्युटले बनाएको खोपलाई बिहीबार अनुमति दिएको हो। यसअघि अमेरिका र बेलायतमा बनेका खोपहरूले मात्र प्रयोग अनुमति पाएका थिए भने रूसले स्पुतनिक भी भ्याक्सिनलाई तेस्रो चरणको परीक्षण नै नगरी स्वीकृति दिएको थियो।

चिनियाँ भ्याक्सिनको प्रभावकारिताबारे विस्तृत विवरणहरू सार्वजनिक गरिएको छैन। बुधबारमात्रै सिनोफार्मले आफ्नो खोप कोरोनाविरूद्ध ७९.३४ प्रतिशत प्रभावकारी भएको बताएको थियो। यो खोप पनि दुई डोज लगाउनु पर्छ। यो खोपको तेस्रो चरणको परीक्षण युएई, बहराइन, जोर्डन, पेरू र अर्जेन्टिनालगायत देशमा गरिएको थियो।

काठमाडौँको तापक्रम शून्य डिग्री तिर

काठमाडौँको न्यूनतम तापक्रम आज शून्य दशमलव ८ डिग्रीमा झरेको छ । काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । काठमाडौँसहित देशभर चिसो बढेको छ । तराई क्षेत्रमा बाक्लो हुस्सुले जनजीवन प्रभावित बनेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार काठमाडौँको न्यूनतम तापक्रम १ दशमलव १ डिग्री सेल्सियस थियो । काठमाडौँ उपत्यकाको तापक्रम अबका केही दिन निरन्तर घट्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए । “उपत्यकाको तापक्रम माइनसमा पुग्ने सम्भावना भने कमै छ”, मौसमविद् प्रधानाङ्गले भने ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १६ दशमलव ६ डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ८ दशमलव ५ डिग्री र सबैभन्दा धेरै विराटनगरको न्यूनतम तापक्रम ८ दशमलव २ डिग्री सेल्सियस छ ।

पोर्चुगलमा कोभिडबाट एक नेपाली युवकको मृत्यु

कोभिडबाट पोर्चुगलमा २७ वर्षीय नेपाली युवक तिलबहादुर रानाको उपचारका क्रममा मृत्यु भएको छ । साउ जोसे अस्पताल मार्तिमुनिज लिस्बनमा उपचाररत उनी विगत दुई वर्षदेखि पोर्चुगललाई आफ्नो कर्मथलो बनाउँदै आएका थिए । तनहुँ घर भएका उनी विगत एक महिनादेखि निमोनिया र कोभिडको सङ्क्रमणबाट ग्रसित भई आइसोलेशनमा रही उपचाररत रहेको परिवार स्रोतले जानकारी दिएको छ ।

कोभिडको कारण ज्यान गुमाउने उनी छैठौं व्यक्ति भएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ । पोर्चुगलमा कोभिडका कारण नेपाली महिलाको उपचारको क्रममा मृत्यु भएको थियो । यससँगै कोभिडबाट मृत्यु हुने नेपालीको सङ्ख्या दुई भएको छ । राना मृत्युले नेपाली समुदायलाई गहिरो चोट पुगेको पोर्चुगलस्थित अवैतानिक महावाणिज्य दूत मकर हमाल र गैरआवसीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष तिलक गैरेले बताएका छन् ।

नयाँ कोरोना भाइरस फैलिन थालेपछि भारतको दिल्लीमा ‘नाइट कर्फ्यु’

बेलायतमा देखिएको नयाँ कोरोना भाइरसबाट आफ्ना नागरिक धमाधम संक्रमित हुन थालेपछि भारत सरकारले दिल्लीमा रात्रिकालीन कर्फ्यु घोषणा गरेको छ।

दिल्ली प्रकोप व्यवस्थापन प्राधिकरण (डीडीएमए) ले यही डिसेम्बर ३१ राति ११ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु घोषणा गरेको हो।

साथै जनवरी १ का दिन पनि राति ११ बजेदेखि २ बजेम्म रात्रिकालीन कर्फ्यु लागू गरिने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। बेलायतबाट भारत फर्किएका २० यात्रुमा कोरोनाको नयाँ प्रजातिको संक्रमण पुष्टि भइसकेको छ। नयाँ वर्ष (सन् २०२१) का बेला भीडभाड बढ्ने र संक्रमण अझ फैलिन सक्ने खतरा विचार गर्दै भारत सरकारले रातिको समय कर्फ्यु लगाउने घोषणा गरेको हो। अहिले भारतले बेलायत उडानमा पनि प्रतिबन्ध लगाएको छ।

भारतमा थप २१ हजार जनामा संक्रमण

भारतमा थप २१ हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

३ महिनादेखि संक्रमण घटेको भारतमा पछिल्लो २४ घण्टामा २१ हजार ९५७ जनामा संक्रमण भएको हो ।

पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड २ लाख ६७ हजार २८३ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९८ लाख ५९ हजार ७६२ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४८ हजार नाघेको पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २९९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४८ हजार ९५७ पुगेको हो ।

कोरोनाको मृत्युमा नयाँ रेकर्ड, एकैदिन १४ हजार ७४४ संक्रमितको मृत्यु

कोरोना भाइरसको मृत्युमा नयाँ रेकर्ड कायम भएको छ ।

चीनको वुहानबाट एक वर्ष अघि सुरू भएको संक्रमण विश्वका २१८ मुलुकमा फैलिरहँदा मृतकको संख्यामा नयाँ रेकर्ड कायम भएको हो ।

वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर १४ हजार ७४४ संक्रमितको मृत्यु भएको छ । एकै दिन मृत्यु भएको संक्रमितको यो संख्या अहिलेसम्मकै धेरै हो । यसअघि बुधबार (१५ पुसमा) १४ हजार ११० संक्रमितको मृत्यु भएको थियो ।

पछिल्लो २४ घण्टामा संक्रमणको तेस्रो लहर र नयाँ प्रजातिको संक्रमण फैलिरहेको युरोपेली मुलुकमा धेरै संक्रमितको मृत्यु भएको छ । युरोपेली मुलुकमा मात्रै एकैदिन ५ हजार ७६३ संक्रमितको मृत्यु भएको छ ।

यस्तै उत्तर अमेरिकी मुलुकहरूमा पनि एकैदिन ५ हजार बढी संक्रमितको मृत्यु भएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ५ हजार ९२ जनाको मृत्यु भएको छ ।

उत्तर अमेरिकी मुलुकमा सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा मात्रै ३ लाख ५० हजार ७७८ जनाको मृत्यु भइसकेको छ ।

यस्तै एसियाली मुलुकमा पछिल्लो २४ घण्टामा १ हजार ५९१ संक्रमितको मृत्यु भएको छ ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ हजार ७९६, अफ्रिकामा ७०१ र ओसिनियामा पछिल्लो २४ घण्टामा थप १ संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ७ लाख १८ हजार ९१४ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर सक्रिय संक्रमितको संख्या २ करोड २३ लाख ८६ हजार ४३० पुगेको हो ।

यसमध्ये १ लाख ६ हजार ६१६ को अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

पछिल्लो तथ्यांकअनुसार कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ करोड ३० लाख ६० हजार नाघेको छ ।

यो समाचार तयार पार्दासम्म संक्रमणमुक्त हुनेको संख्या ५ करोड ८८ लाखभन्दा धेरै छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ५ लाख २३ हजार ५१० जना संक्रमणमुक्त भएका छन् ।

उद्योगले श्रम अदालतमा पुनरावेदन गर्ने, आन्दोलनको तयारीमा मजदूर

यमनको दक्षिणी शहर एडेनमा रहेको विमानस्थलमा भएको आक्रमणमा कम्तिमा २२ जनाको ज्यान गएको छ । अरु ५० जना भन्दा बढि घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

युद्धले धुजाधुजा पारेको यमनका नयाँ सरकारका प्रतिनिधिलाई लिएर छिमेकी देश साउदी अरेबियाबाट विमान आएको केहीबेरमै विमानस्थलमा कम्तिमा एउटा बिस्फोट भएको हो ।

प्रधानमन्त्री माइन अब्दुलमलिक सैदले आफू र आफ्नो मन्त्रीमण्डलका सदस्य सुरक्षित रहेको बताएका छन् ।

बिस्फोटमा परि ज्यान गुमाउने तथा घाइते हुनेमा सहायताकर्मी तथा सरकारी अधिकारीहरु रहेको बताइएको छ ।

सञ्चारमन्त्रीले आक्रमणका पछाडि हुथी बिद्रोहीको हात रहेको र यो अति कायर आक्रमण रहेको बताएका छन् ।

यमनमा सन् २०१५ देखि युद्ध जारी छ । हुथी बिद्रोहीलाई परास्थ गरि राष्ट्रपति अब्ड्राब्बुह मन्सुर हादीको शासन स्थापित गर्नका लागि साउदी अरेबियाको नेतृत्वमा त्यहाँ आक्रमण हुँदै आएको छ । अहिलेसम्म युद्धमा परि एक लाख १० हजार भन्दा बढि यमनीको ज्यान गएको छ ।

बुधबार एडेन विमानस्थलमा भएको घटनाको भिडियोमा देखिए अनुसार ठूलो बिस्फोट देखिन्छ । नयाँ मन्त्रीमण्डलका सदस्य सवार विमानबाट यात्रुहरु निस्कन लागेका बेला बिस्फोट भएको हो ।

मन्त्रीहरुको स्वागतका लागि पुगेकाहरु बिस्फोटपछि भाग्दै गरेको तथा गोली चलेको आवाज पनि भिडियोमा सुनिन्छ । कम्तिमा दुईवटा बिस्फोट भएको एएफपी समाचार संस्थानका रिपोर्टरले बताएका छन् ।

बिस्फोटको कारण खुलेको छैन, तर सुरक्षा स्रोतले समाचार संस्था रोयटर्सलाई विमानस्थलको टर्मिनलमा तीनवटा मोटार शेल्स खसेको बताएका छन् ।

तर साउदी टेलिभिजन अल–हादाथले मिसाइल आक्रमण भएको बताएको छ ।

सन् २०१९ को अगस्टमा एडेनको एक सैन्य परेडमा हुथीले गरेको मिसाइल आक्रमणमा ३६ जनाको ज्यान गएको थियो । बुधबारको आक्रमणमा केही मन्त्रीहरु घाइते भएको र उनीहरुसहित सबै घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको उल्लेख छ ।