दोस्रो साधना म्युजिक अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्बजनिक

दोस्रो राष्ट्रिय साधना म्युजिक अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्बजनिक गरियको छ । ‘अग्रज लाई सम्मान नब प्रतिभा लाई प्रोत्साहन, कला, गला संस्कृती संरक्षणमा हाम्रो अभियान’ भन्ने उद्देश्य का साथ अवार्ड आयोजना गरियको अवार्ड का अध्यक्ष सामना साहले जानकारी दिइन । मनोनयनमा परेका स्रष्टा सर्जक लाई एक कार्यक्रमको आयोजनागरी प्रमाणपत्र बितरण गरिने आयोजकले जानकारी दिएको छ । यस्तै भोटिङ कोड पनि छिटो प्रदान गरिने जनाइएको छ ।

उत्कृष्ट पाँच मनोनयन

लोकदोहोरी बिधा

बिष्णु माझी-शित

बिरही कार्की-आमा ५

कृष्ण रेउले- मालै

प्रतिमा अर्याल-ताई न तुईको जिन्दगी

गंगा पुन-भुल्न सक्ने हो कि होईन खोई

लोकदोहोरी शब्द

प्रल्हाद सुबेदी-सयको गुन

शिव हमाल-झुम्का झलक्कै

नेत्र अर्याल- झ्यालमा पर्दा छ

कस्तुप पन्त- जिन्दगी पानीको फोका

सुजन लम्साल – सुन्तला गुलियो

 लय

खेम सेञ्चुरी- झ्यालमा पर्दा छ

रामु खड्का- सोझोपन

श्री कृष्ण बम मल्ल- धरोधर्म बिध्यानास

सुर्य खड्का-लाईदिम कि मोहनी

केशब सापकोटा – कि सानुलाई सन्चो छैन र

शब्द (नबप्रतिभा)

अमृत खाती- मिरमिरे साईली

अनिस दवाडी- कामी दाईको छोरो

रमेश बाबु थापा- रित्तो झोला

राजेश ढकाल – के लाई टाढा हुन्छौ र सानु

बिदुर आपागाई – होनी रेसम

लय (नब प्रतिभा)

नमराज ढुङ्गाना- पिरतीमा दम छ

बिक्रम जंग शाह- खोला खल्सी

ओम छिनाल- हारे मैले

प्रकाश पराजुली – मञ्जरी

दामोदर भण्डारी- छुर्पी चौरी गाईको

 गायक

रामजी खाँड- जिन्दगी पानीको फोका

पुश्कल शर्मा-सतीप्रथा

राजेन्द्र कंडेल – निशाव

नेत्र भण्डारी – बनपालेको लौरी

बिरु लामा-भिरमा सेती गाई

गायक (नबप्रतिभा)

हरी गीरी “बिर्मर्सी”-ओई भन्यो

बिक्रम राना- साईलो

महिला चेम्बरकी अध्यक्ष तथा साल्ट ट्रेडिङकी सिईओ उर्मिला श्रेष्ठ ‘न्यूबिज विजनेश वुमन समिट एन्ड अवार्डस्’ बाट सम्मानित

काठमाडौं । १२ जना महिला उद्यमीहरु भएका छन् । आर्थिक अभियान दैनिक र न्यू बिजनेश एज मासिक पत्रिकाको प्रकाशक संस्था न्यू बिजनेश एज प्रालिले १२ महिला उद्यमीहरुलाई शुक्रबार अवार्डबाट विभुसित गरेको हो । न्यू बिजले मल्ल होटेलकी अध्यक्ष महाराजकुमारी रमा राणा मल्ललाई नेपालको व्यापार क्षेत्रमा ४ दशकसम्म योगदान पुर्‍याए बापत ‘लाइफटाइम अचीवमेन्ट अवार्ड’ बाट सम्मान गरेको छ भने साल्ट ट्रेडिङ कर्पाेरेशनकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उर्मिला श्रेष्ठलाई ‘इन्फ्लुन्सियल बिजनेश वुमन अफ दि ईयर २०२१’ अवार्डबाट सम्मानित गरेको छ । त्यसैगरि, कंचनजंघा चिया इस्टेटकी प्रबन्ध निर्देशक शान्ता बास्कोटा कोइरालालाई ‘वुमन आन्टरप्रेनर अफ दि ईयर २०२१’ अवार्ड र होटल अन्नपूर्णकी कार्यकारी निर्देशक सृजना राणालाई ‘बिजनेस वुमन अफ द ईयर २०२१’ बाट सम्मानित गरेको छ । किरण शुज म्यानुफ्क्चरर्सकी ब्रान्डीङ तथा विजनेश डेभलपमेण्ट निर्देशक विदुषी राणा ‘क्यारिज्म्याटिक वुमन अफ द इयर २०२१’ अवार्डबाट सम्मानित भएकी छिन् ।

यस्तै न्यू बिजले प्रत्येक प्रदेशबाट १/ १ जना उत्कृष्ट महिला उद्यमीलाई पनि सम्मान गरेको छ । ‘इमर्जिङ इन्टरप्राइजीङ वुमन अफ दि ईयर २०२१’ अवार्डबाट सातै प्रदेश स्थित एक÷एक जना उत्कृष्ट महिला उद्यमीलाई सम्मानित गर्ने क्रममा प्रदेश नम्बर १ बाट विराटनगरको चम्पा सु सेन्टरकी प्रोपाइटर चम्पा नेपाल, प्रदेश नम्बर २ बाट बिरगन्जस्थित मिथिला हाउस प्राइभेट लिमिटेडकी प्रोपाइटर तृष्णासिङ भण्डारी, बागमति प्रदेशबाट रिजाल प्लास्टीक उद्योग भक्तपुरकी प्रोपाइटर चन्द्रकला बास्कोटा, गण्डकी प्रदेशबाट वुमन्स स्कील डेभलपमेन्ट सेन्टर पोखराकी संस्थापक रामकली खड्का र लुम्बिनी प्रदेशबाट कोथी हिमाल अल्लो कपडा उद्योग प्युठानकी प्रोपाइटर चित्रकली बुढामगर, कर्णाली प्रदेशबाट भवानी छापाखाना सुर्खेतकी हिमा कुमारी उपाध्याय र सुदुर पश्चिम प्रदेशबाट बि पोलीटेनिक इन्स्युच्यूट धनगढीकी प्रबन्ध निर्देशक हिरा भण्डारी सम्मानित भएका छन् ।

न्यू बिजनेश एजले गत बर्षको मार्चमा नै यो कार्यक्रम गर्ने तयारी गरेको भएता पनि कोरोना महामारीका कारण त्यसबेला उक्त कार्यक्रम स्थगित भएको थियो । दुई भाग गरि सञ्चालन गरिएको यस कार्यक्रमको पहिलो चरण गत वर्ष नै सम्पन्न भइसकेको र दोस्रो चरणको कार्यक्रम मात्र कोरोनाका कारण स्थगित गरिएको न्यु बिजले जनाएको छ ।

पहिलो चरणको कार्यक्रम अन्तरगत देशका बिभिन्न भागका व्यवसायिक महिलाहरूका लागि पूर्ण दिन प्रशिक्षण कार्यक्रम गरेको थियो । विराटनगर, विर्तामोड, वीरगन्ज, जनकपुर, हेटौंडा, नारायणगढ़, बुटवल, सुर्खेत, धनगढीमा उद्यमशीलता र वित्तीय साक्षरतामा आयोजना भएको पनि न्यु बिजले उल्लेख गरेको छ । दोस्रो चरण अन्तर्गत गत शुक्रबार उक्त समारोह आयोजना गरिएको हो । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्स एन्ड इंडस्ट्री (एफएनसीसीआई), महिला उद्यमी संघ नेपालको आयोजनामा (एफडब्ल्यूईईएन) र नेपाल राष्ट्र बैंक (एनआरबी) सहयोगी साझेदारका रूपमा थिए । यस्तै निम्बस समूह (ब्यञ्जन), सीताराम गोकुल मिल्क्स, प्रोग्रेसिभ फाईनान्स, रिलायबल लाईफ ईन्स्योरेन्स, जनरल इन्स्योरेन्स, मेरिगोल्ड ज्वेलर्स र अग्नि ग्रुपले पनि उक्त कार्यक्रमलाई सहयोग गरेका छन् ।उक्त कार्यक्रमलाई सम्बन्धीत १० वटा जिल्लाका चेम्बर तथा उद्योगहरुले पनि सहयोग गरेका थिए । यस्तै, यस कार्यक्रमको अफिसियल टीभी प्लाटफर्म डिसहोम रहेको थियो।

वैदेशिक रोजगारीमा जानु रहर नभई बाध्यता

  • डा.डिआर उपाध्याय

वैदेशिक रोजगारीमा जाने नेपालीहरुको कथा व्यथा आफ्नै किसिमको छ । विदेशमा पैसा कमाउन त्यति सजिलो छैन्् । कसैले प्रशस्त पैसा कमाउन सक्छन् कतिको हालत खराब देखिन्छ । अरुको देशमा गएर श्रम बेच्नु भनेको निकै कठिन कार्य हो । जे जति नेपालीहरु वैदेशिक रोजगारीमा गएका छन् ती सबै खुसी छैनन् । वैदेशिक रोजगारीमा जानु भनेको रहर नभई बाध्यता हो । धेरै नेपालीहरु बाध्यताले विदेशमा छन् ।

हाम्रो देश नेपालमा रोजगारीको अवसर भएको भए नेपालीहरु वैदेशिक रोजगारीमा जाने थिएनन् । देशमा राजनीतिक परिवर्तन पछि पटक पटक विभिन्न दलका सरकार बने तर कसैले पनि स्वदेशमा रोजगारीको वातावरण निर्माण गर्न सकेनन् । राजनीतिक दलहरुले जब देशमा चुनाव आउँछ त्यसबेला युवालाई आ आफ्नो पक्षमा पार्न चुनाव जितेपछि रोजगारी सृजना गछौँ भन्ने झुटा आश्वासन दिन्छन् । तर तिनै दलले् चुनाव सकिएपछि सबै कुरा बिर्सन्छन् । समस्या यहाँ निर हो । अब झुटको राजनीतिमा युवाहरुले विश्वास गर्नेवाला छैनन् ।

धेरै युवाहरु राजनीतिमा लागेर बिग्रिएका छन् भने केही बनेका पनि छन् । यतिबेला धेरै युवाहरु स्वदेशमा सडकका गल्लीहरुमा बेरोजगारीका कारण भौँतारिरहेका छन् । जसले गर्दा युवाहरु विदेसिन बाध्य छन् । तरपनि वैदेशिक रोजगारीबाट आर्थिक उन्नति गर्नेहरू पनि हाम्रो समाजमा प्रशस्त छन्,। केही वैदेशिक रोजगारीका क्रममा विविध हन्डर ठक्कर खाएर रित्तो हात स्वदेश फर्की साहुसँग लिएको ऋणसमेत तिर्न नसक्ने अवस्थामा पुगेका छन् । आफ्नै भूमिमै पनि आधुनिक कृषि खेती, पशुपालन, माछापालन लगायतका पेसा व्यवसाय गरेर अथाह सम्पती कमाएका युवाहरु पनि प्रशस्त छन् । कतिपय नेपाली युवाले विदेशमा सिकेको सिप र श्रम स्वदेशमै प्रयोग गरी प्रशस्त आय आर्जन गरेका छन् ।

मातृभूमिमै सानो ठूलो काम नभनी श्रम गर्ने हो भने खुसीसँग परिवारको साथ बस्न र आनन्दसँग दैनिक चलाउन सकिन्छ । हाम्रो देशबाट दैनिक एक हजारको हाराहारीमा युवा वैदेशिक रोजगारीमा जाने गरेको सरकारी तथ्याङ्कले देखाएको छ । यसरी रोजगारीमा जानेहरूमध्ये अधिकांशको आर्थिक हैसियत निम्नस्तरको भएको देखिन्छ । मुलुकभित्र रोजगार नपाएर बाध्यताले विदेश जाँदा पनि सम्बन्धित कम्पनीले प्रतिबद्धता जनाएअनुसार पारिश्रमिक नदिएका कारण विदेशमा धेरै युवाहरुले दुःख पाउने गरेका समाचार हरु आउने गरेका छन् । कोही काम गर्दागर्दै दुर्घटनामा परेर अपांगता बनेर फर्कनुपर्ने बाध्यतामा छन् ।

सरोकारवाला निकायको गैर जिम्मेवारीपनले यो अवस्था आएको हो। सरकारले स्वदेशभित्र रोजगारी पनि दिन नसक्ने र सरकारकै अनुमति लिएर वैदेशिक रोजगारीमा जाँने युवाहरुले दुःख खप्नुपरेको बारेमा चासो नदिनु सरकारको गैरजिम्मेवारीपन हो । सरकारले मुलुकमै रोजगारी सिर्जना गराउनेतर्फ पहल गर्नुपर्छ । बिहानबेलुकाको छाक टार्नकै लागि विदेशी भूमिमा जानुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ ।

नेपालमा कोरोना विरुद्धको खोप लगाउन सुरु

  • डा.डिआर उपाध्याय

विगत वर्ष देखि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस बाट नेपाल पनि अछुतो रहन सकेन । जब नेपालमा कोरोना भाइरस भित्रियो तब यसको असर नेपाली जनताको जनजीवनमा प–यो । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले देशव्यापी लकडाउन गर्न बाध्य भयो । लामो समय सम्मको लकडाउनले पनि पूर्ण रुपमा कोरोना नियन्त्रणमा आउन सकेको थिएन । लामो समय सम्मको लकडाउनले देशको अर्थतन्त्रमा अहिले सम्म प्रभाव परिरहेको छ । धेरैको रोजगारी गुमेको छ । अहिले सम्म पनि शैक्षिक संस्था निर्धक्क रुपमा सञ्चालनमा आउन सकेका छैनन् । समग्र रुपमा भन्नु पर्दा सबै क्षेत्रमा यसको प्रभाव परेको छ ।

देशमा कोरोना पूर्ण रुपमा नियन्त्रणमा नआउँदै सरकारले देशको अर्थतन्त्र चलायमान बनाउन र जनजीवन सहज बनाउनको लागि सुरक्षाका उपाय अपनाई आफ्नो सुरक्षा आफै गर्नु भन्दै लकडाउन खुकुलो बनाएको हो । यो अवधि सम्म आइपुग्दा कोरोना भाइरसका कारण कैयौ मानिसले ज्यान गुमाउनु प–यो भने धेरै मानिसले कोरोना विरुद्ध जित हाँसिल गरे । कोरोना विरुद्धको खोप नआए सम्म कोरोना नियन्त्रणमा आउन सक्दैन भन्ने कुरा विश्वका मानव जातिले अनुमान गरेका थिए । तर निरन्तर रुपमा विश्वका वैज्ञानिकहरुले खोप पहिचान गर्न लागिपरे र कोरोना भाइरसविरुद्धको खोप लगाउन योग्य बनाए ।

अहिले कोरोना विरुद्धको खोप विश्वसामु वितरण गर्ने क्रम बढेको छ ।त्यसै गरि हाम्रो देश नेपालले पनि छिमेकी मुलुक भारतको सहयोगमा कोरोना विरुद्धको १० लाख डोज खोप प्राप्त गरेको छ ।यो नै हामी सबै नेपालीको लागि खुसीको कुरा हो । यसका लागि हामीले छिमेकी देश भारत लाई धन्यवाद दिनुपर्छ । नेपालजस्तो गरिब मुलुकमा सोँचे भन्दा छिटो कोरोना विरुद्धको खोप भित्रिनु भनेको निकै प्रशंसनीय काम हो । कोरोनाविरुद्धको यो नयाँ खालको खोप हो । यो खोप लगाएपपछि के होला भन्ने जिज्ञासा हुनु स्वाभाविकै हो । त्यस कारण खोप लगाउनु अघि स्वास्थ्य मन्त्रालयले आम जिज्ञाशाका १६ प्रश्न सहितको जवाफ तयार पारेर सञ्चारमाध्यममा विज्ञापनका रूपमा प्रकाशित गराएको छ, । यो पनि आम मानिसमा जनचेतना जगाउने सरकारको प्रशंसनीय कार्य हो

निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई छलफलका लागि बोलायो

 निर्वाचन आयोगले नेकपाका दुवै समूहलाई छलफलको लागि बोलाएको छ। आयोगले शुक्रबार विहान साढे ११ बजे केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई छुट्टाछुट्टै पत्र लेखि निर्वाचन तयारी सम्बन्धी र निर्वाचन प्रयोजनको दल दर्ताको विषयमा छलफलका लागि बोलाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

शुक्रबार विहान साढे ११ बजे दुवै पक्षका अध्यक्षले तोकेका आधिकारिक पाँच /पाँच जना व्यक्तिलाई बोलाइकाे प्रवक्ता श्रेष्ठले बताए।

नेकपाका दुवै पक्षले आफूलाई आधिकारिकता दाबी गर्दै आयोगमा पेस गरेको विवरण अस्वीकार गर्दै निर्वाचन आयोगले ११ माघमा पार्टी विभाजनलाई मान्यता नदिने निर्णय गरेको थियो।

जनचेतना आधारभुत विद्यालयलाई प्रविधि, खेल एवम् शैक्षिक सामाग्री हस्ताण्तरण

सिन्धुपाल्चोक । लायन्स क्लब कोटेश्वर ग्लोबल भिजनले चौतारा साँगाचोकगढी नगरपालिका ७, नेपानेमा अवस्थित जनचेतना आधारभुत विद्यालयलाई एक थान कप्युटर प्रिण्टर, स्टेशनरी तथा खेलकुद सामाग्री हस्तान्तरण गरेको छ । जनचेतना आधारभुत विद्यालयको ४५औं बार्षिकोत्सवको अवसर पारेर लायन्स क्लब कोटेश्वर ग्लोबल भिजनले विद्यालयलाई सो सामाग्री सहयोग गरेको हो ।

त्यस्तै नेपाने युथ क्लबले पनि विद्यालयका सम्पुर्ण विद्यार्थीहरुको लागि विद्यालय झोला एवम् स्टेशनरी सामाग्री प्रदान गरेको नेपाने युथ क्लबका अध्यक्ष रामहरी पराजुलीले बताए । बार्षिकोत्सव समारोहमा विद्यालयको भौतिक, शैक्षिक गुणस्तर विकासका लागि आफुले पहल गर्ने चौतारा साँगाचोकगढी—७ का वडाअध्यक्ष उमा प्रसाद दुलालले बताए । सानोसिरुवारीको छेउमा रहेको नेपाने गाउँमा रहेको विद्यालयले गाउँको समग्र विकासमा लाग्नुपर्नेमा दुलालले जोड दिए । त्यस्तै नेपाल चार्टर्ड एकाउन्टेन्ट एसोशियसनका उपाध्यक्ष रमेश धितालले विद्यालयको शैक्षिक विकासको लागि व्यक्तिगत र संस्थागत रुपले सधै सहयोग गर्ने बताए ।

विद्यार्थीको चौतर्फी हितको लागि सहयोगी हातहरुको पहलमा सहयोग सामाग्री जुटाइएको उनले बताए ।पराजुलीका अनुसार चौतारा साँगाचोकगढी नगरपालिका ७ का वडअध्यक्ष उमा प्रसाद दुलालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशेष अतिथि नगर शिक्षा समिति सदस्य राजकुमार यादव,लायन्स क्लव ३२५A 2 का डिस्टिक चिफ विष्णु केसी, क्लबका अध्यक्ष शिवलोचन पराजुली, लायन कल्पना केसी,पवन केसी, नेपाने युथ क्लबका सल्लाहकारहरु कृष्णप्रसाद नेपाल,जयराम न्यौपाने, विद्यालय व्यवस्थापन समिति पुर्व अध्यक्षहरु दिपक अर्याल, सिंहबहादुर तमाङ लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यालयका भु पु बिद्यार्थी एबम नेपाल चार्टर्ड एकाउण्टेंट संघका वरिष्ठ उपाध्यक्ष चार्टर्ड एकाउण्टेन रमेश कुमार धिताललाई पनि सम्मान गरिएको थियो ।

परम्परागत विकृतिको अन्त्य गर्न जरुरी

-डा.डिआर उपाध्याय

परम्परागत विकृतिको अन्त्य गर्न जरुरी देशमा राजनीतिक परिवर्तन भएपछि जनतामा एक खालको उत्साह पलाएको थियो । अब देशमा केही हुन्छ कि भन्ने आशा पलाएको थियो । अहिले ती आशा र उत्साह निराशामा परिणत भएका छन् ।अहिले मुलुकको भविष्य अन्धकार तर्फ उन्मुख भएको संकेत देखिन्छ ।दल र तिनका नेताहरु निजी स्वार्थभन्दा माथि उठ्न सकेनन् । उनीहरुले जनताको हितलाई सर्वोपरि ठानेनन् ।

अब देशमा आशलाग्दा नयाँ अनुहारको नेतृत्व आवश्यकता छ । किनभने उनै पात्र, उही प्रवृति भएका नेताबाट देशको विकास हुन सकेन । अब नयाँ सोच, नयाँ शैली र दुरदर्शी नेतृत्वको खाँचो छ । स्वार्थी व्यक्तिहरूको नेतृत्व बाट देश माथि उठ्न नसकेको पुष्टि भै सकेको छ । यो राजनीतिक विकृतिको पराकाष्ठा हो ।राजनीतिमा दलीय सिद्धान्तभन्दा व्यक्तिगत स्वार्थले बढावा पाउँदै आएको छ । गुटगत राजनीतिलाई बलियो बनाउन नेताहरु जस्तोसुकै हतकण्डा प्रयोग गर्न पनि पछि परेनन् । नेताहरु सत्तामा पुग्न र टिकिरहन जस्तोसुकै कदम उठाउन पनि तयार भए ।

सत्ता जोगाउनका लागि शीर्षस्थ नेताले पुरानै प्रवृत्तिलाई निरन्तरण दिँदै आए । लोकतन्त्रको नाममा गुटतन्त्र हावी हुँदै आएको छ । यो देश र पार्टीकै लागि हानिकारक छ । पार्टीको विधि विधान भन्दा व्यक्तिको स्वेच्छाचारितामा राज्य सञ्चालित हुँदा यस्ता समस्या आउने गर्छन् ।यस्तो प्रवृत्तिको अन्त्य नभएसम्म देश र जनताको हित हुँदैन । सबै दलका अधिकांश शीर्षस्थ नेताहरू यही मानसिकता बोकेका छन् ।

अवसरवादी नेताहरू नै पटक पटक सत्तामा पुगिरहने र नयाँ अनुहारलाई अवसर नदिने हो भने निकट भविष्यमा मुलुकमा अर्को राजनीतिक संकट नआउला भन्न सकिदैन । यदि देश र जनताको भाग्य र भविष्य निर्माण गर्ने नै हो भने मुलुकमा अब राजनीतिक पुस्तान्तर अनिवार्य छ । युवा नेताको दुरदर्शी कार्यशैली राष्ट्रहितको कार्यमा परिक्षण गराउने बेला यही हो ।परम्परागत प्रवृत्तिलाई निरन्तरता दिने होइन, विकास र प्रगति गर्ने युवा नेता देशले चाहेको छ । मुलुकमा राजनीतिक परिवर्तन भयो । तर नेताहरूको कार्यशैलीमा परिवर्तन भएनन् । यस्ता परम्परागत विकृतिको अन्त्य गर्न जरुरी छ ।

चीनमा कोरोना भाइरसका संक्रमित दिन प्रतिदिन बढ्दै

चीनमा कोरोना भाइरसका नयाँ संक्रमितहरु प्रत्येक दिन जसो भेटिन थालेको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी गराएका छन्। सुरुमा कोरोना भाइरसको सङ्क्रमण चीनको वुहान शहरबाट नै निस्किएको बताइएको थियो। गत वर्षको डिसेम्बरमा यो भाइरस भेटिएको हो।

यसरी वुहानबाट देखिएको यो भाइरस संसारका देशहरुमा पुगि सेकेको छ र ती देशमा अहिले पनि सङ्क्रमित हुने क्रम जारी नै रहेका समाचारहरु आइरहेका छन्।यसरी वर्षदिन पुगिसक्दा पनि यस भाइरसको नियन्त्रण हुन सकेको छैन। तर चीनले भने छ महिनाभन्दा अघि नै यहाँ यो भाइरस नियन्त्रणमा लिएको जनाएको थियो।

तर पछिल्ला दिनहरुमा भने यहाँ फेरि यसका सङ्क्रमितहरु देखिन थालेका चीन सरकारले जनाएको छ। चीन सरकारले जनाएअनुसार चीनभित्रै पनि संक्रमणका नयाँ घटना दिनहुँ भेटिन थालेका हुन्।

चिनियाँ अधिकारीहरुका अनुसार मङ्गलबार मात्र चीनमा कोरोना भाइरस ७५ जनामा नयाँ सङ्क्रमण देखिएको थियो। तीमध्ये थप ५५ जना स्वदेशमा नै पाइएको बताइएको छ। त्यस्तै अरु २० वटा नयाँ घटना बाहिरबाट आएका पनि मङ्गलबार यहाँका स्वास्थ्य अधिकारीले दिएको समाचारमा जनाइएको हो। चीनको नेसनल हेल्थ कमिसनले दिएको जानकारीअनुसार चीनमा पछिल्ला केही दिनमा विभिन्न सहरमा नयाँ नयाँ सङ्क्रमित भेटिएका छन्। यहाँका स्थानीय नागरिकहरुबाटै ती जना व्यक्ति सङ्क्रमित भएका पाइएको समाचारमा जनाइएको छ। सोही कारणले चीनले पछिल्लो समयमा कोरोनाको परीक्षणलाई तिब्रता दिएको जनाएको छ।

चीनले कोरोनाबाट निको भएका नागरिकहरुको पुनः स्वास्थ्य जाँच सुरु गरेको छ। कोरोना पुनः हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले यस्तो कदम सुरु गरेको जनाएको छ। मङ्गलबार भेटिएका स्वदेशी सङ्क्रमितहरुमध्ये उत्तरी चीनको हेबेइ र होलिज्याङ प्रान्तका कतिपय शहर र जिलिङ नगरका धेरै नागरिक रहेका पाइएका हुन्।

यसबाट सो क्षेत्रमा पछिल्लो समयमा स्थानीय स्तरमा कोरोना संक्रमण बढेको पाइएको बताइएको छ र चिनियाँ स्वास्थ्य अधिकारीहरुले ती क्षेत्रमा बढी सतर्कता अपनाउन भनेका छन्। चीनका हेलिङजाङ, हेइबेइलगायतका प्रान्तमा नयाँ सङ्क्रमित भेटिन थालेको समाचार गत महिना देखि नै अएको हो। ती प्रान्तका सरकारहरुले यहाँ आइसोलेसन वार्ड निर्माण पनि गरिरहेका बताएका छन्।

‘मिस एण्ड मिसेस व्यूटिफुल’को अडिसन सम्पन्न,अर्को सातादेखि प्रशिक्षण

बिगत ५ बर्ष देखि लगातार आयोजना हुदै आएको “मिस एण्ड मिसेस व्यूटिफुल नेपाल-२०२१ को छनौट प्रक्रिया अन्तर्गत दोश्रो अडिसन माघ १० गते नयां बानेश्वर स्थित रोयल एलिनाज क्याफेमा सम्पन्न भएको छ । नेपालमा सौन्दर्य प्रतियोगिताहरुको बढ्दो भिडमा आफुलाइ स्थापित गर्दै उत्कृष्ट कार्यक्रमहरु आयोजना र व्यबस्थापन गर्दै आईरहेको दक्ष इन्टरनेशनल प्रालिको “मिस एण्ड मिसेस व्युटिफुलको दोश्रो अडिसनबाट १२ जना सहभागी छनौट भएका छन ।

नेपालका ख्याती प्राप्त व्यक्तित्वहरु नायिका रेजिना उप्रेती, ३२ वटा विश्व रेकर्ड कायम गरेका गीतकार डा.डिआर उपाध्याय, समाजसेवी तथा काठमाडौ लेडि जेसीसकी अध्यक्ष रिंकु बज्राचार्य श्रेष्ठको निर्णायक मण्डलले प्रतिस्पर्धि छनौट गरेका थिए । थुप्रै ईच्छुक सहभागीले अडिसनमा उपस्थिती जनाउन नसकेका कारण पून अर्को अडिसन गरिएको आयोजक संस्थाका प्रमुख तथा मेकअप आर्टिष्ट टेकराज पाण्डेले जानकारी दिए ।
उक्त प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन । छनौट भएका प्रतिस्पर्धीहरुको तालिम अर्को साताबाट शुरु हुने र हाल फोटोशुट भईरहेको समेत जानकारी उनले दिए ।

प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ २० दिनको विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराइने भएको छ । प्रतियोगीहरुले आफुले सिकेको ज्ञानहरुलाई समाजमा प्रतिश्प्रधा गर्न अनि आफ्नो आत्मा बिश्वास बढाएर भोलिको दिनमा आज सिकेको कुराहरुलाइ उपयोग गर्न सक्ने बनाउनुनै लक्ष्य रहेको आयोजक टेक राज पाण्डे बताउछन ।

यस सौन्दर्य प्रतियोगीताले बिवाहित तथा अबिवाहित महिला बीच व्यक्तित्व विकास र आफु संग भएको प्रतिभा प्रस्फुटन गरि समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुने कुरामा उनि बिस्वस्त छन् । संक्रमित दर घट्दै गएपछि कोरोनाका कारण रोकिएका ईभेन्टहरु क्रमिक रुपमा शूरु भैरहेको अवस्थामा स्वास्थ्य मापदण्ड पूर्ण पालना गरि सतर्कता अपनाउदै आफ्ना कार्यक्रमहरु संचालन गरिने समेत उनले बताए ।
अडिसन दिन छुटेका इच्छुक प्रतियोगीहरुले दक्ष इन्टरनेशनल प्रालिको कार्यालय नयांबानेश्वरमा सम्पर्क गर्न सकिनेछ ।