ग्लोबल अनलाईन पे ‘बेस्ट भोटिङ कम्पनी अफ द ईयर’ अवार्ड बाट सम्मानित

काठमाडौँ — फाल्गुन १६, २०७७। ग्लोबल अनलाईन पे ‘बेस्ट भोटिङ कम्पनी अफ द ईयर २०२०’ बाट सम्मानित भएको छ । ड्रीम सर्च एजेन्सीद्वारा आयोजित फेशन फेयर अवार्डमा उत्कृष्ट भोटिङ सर्भिस प्रदायक बन्दै बेस्ट भोटिङ कम्पनी अफ द ईयर २०२० बाट ग्लोबल अनलाईन पे सम्मानित भएको हो ।

नेपालभर संचालित विभिन्न रियालिटि शो, ब्युटी पेजेन्ट, अवार्ड शो लगायतका उत्कृ्ष्ट ईभेन्टहरुमा भोटिङ सर्भिस प्रदायकको रुपमा सर्वोत्कृष्ट भोटिङ सर्भिस प्रदायक कम्पनीको रुपमा आफुलाई स्थापित गर्न सफल भएकाले ग्लोबल अनलाईन पे का प्रमुख डेविल सिंह राजपुतलाई उक्त पुरस्कार प्रदान गरिएको ड्रीम सर्च एजेन्सीका कार्यकारी प्रमुख कमल निकोन क्षेत्रीले जनाएका छन।

उक्त अवसरमा राजपुतले संचालनमा आएको छोटो समयमा नै प्रतिष्ठित पुरस्कार प्राप्त गर्नु ग्लोबल अनलाईन पेका लागि गौरवको विषय भएको र यसबाट ग्लोबल अनलाईन पेलाई भोटिङ सर्भिसको बृहत्तर हितमा काम गर्न अझै प्रेरणा मिलेको बताएका छन् । सो अवसरमा उनले ग्लोबल अनलाईन पे देशकै पहिलो राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरबाट डिजिटल अनलाईन भोटिङ सर्भिस प्रदायक भएकाले नेपालमा आधुनिक डिजिटल अनलाईन भोटिङ प्रणालीका निम्ति कम्पनीले ठूलो योगदान गरेको दाबी समेत गरे ।

केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनःसञ्चालन हुने भएको छ। चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका भोलिदेखि खुल्न लागेको हो।

सरकारले सीमा नाका खुलाउन चीनसँग गरेको प्रभावकारी कूटनीतिक प्रयासको परिणामस्वरुप उक्त नाका पुनःसञ्चालनमा आउन लागेको हो। “सोमबारदेखि नै नाका खोल्न चिनियाँ पक्ष सहमत भएको छ, प्राविधिक कारणले एक/दुई दिन विलम्ब भए पनि यो साताभित्र केरुङ नाका सञ्चालनमा आउँछ”, परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले भनिन्।

रसुवा जिल्ला कोरोनामुक्त भइसकेको र भन्सार कार्यालय, सुरक्षा निकाय, ट्रक चालक र श्रमिकले कोरोनाविरुद्धको खोप लगाइसकेकाले महामारीको जोखिम नगण्य रहेको वास्तविकता चीनलाई बुझाउन तथा स्वास्थ्य जोखिम नरहेको विषयमा विश्वस्त पार्न परराष्ट्र मन्त्रालय र ल्हासास्थित महावाणिज्य दूतावासले निक्कै मेहनत गर्नुपरेको थियो।

यसअघि रसुवा भन्सार कार्यालयको एकल प्रयास पहलबाट नाका खोल्न नसकिने जानकारी उसले माथिल्लो निकायलाई दिइसकेको थियो। परराष्ट्र मन्त्रालयले यहाँस्थित चिनियाँ दूतावास एवं बेइजिङ र ल्हासामा रहेका आफ्ना कूटनीतिक संयन्त्रहरूमार्फत नाका खोल्न अथक प्रयास गरेको थियो।

केरुङ नाका नखुल्दा आयात–निर्यात ठप्प भएको छ कोभिड–१९ ले थिलथिलो पारेको मुलुकको अर्थतन्त्रलाई अझ कमजोर पारेको छ भने राज्यलाई दैनिक दुई करोडभन्दा बढी राजस्व योगदान गरिरहेको उक्त अन्तर्राष्ट्रिय व्यापारिक नाका बन्द भएपछि राज्यलाई घाटामात्र भएको छैन स्थानीय तथा नाकामा कारोवार गर्ने व्यापारीलाई समेत रोजी–रोटीको चिन्ता बढेको थियो।

रसुवागढी भन्सारका कोरोना पोजिटिभ देखिएका मजदूर सङ्क्रमणमुक्त भइसकेको तथा उनीहरूले खोपसमेत लगाइसकेको सन्देश चिनियाँ अधिकारीलाई पु-याउन नसकिएको दुखेसो गर्छन् कार्यालयका प्रमुख रामप्रसाद रेग्मी।

“माघ २९ गतेदेखि बन्द नाका खुलेको छैन, त्यसअघि उताबाट आएका पाँचवटा मालवाहक गाडी पास हुन्थे, हाम्रा उत्पादनको निर्यात ठप्प भएको छ”, गत भदौदेखि १६ घण्टा काम गर्ने सहमति भए पनि त्यसो नभएको सुनाउँदै उनले भने। पन्ध्र श्रमिक र ३५ जना ट्रक चालकमात्र होइन भन्सार कार्यालयसँग सम्बद्ध सुरक्षा निकायसहित सबै कर्मचारी कोरोनामुक्त रहेका उनको कथन छ।

उक्त नाकाबाट निकासी–पैठारी गर्ने व्यवसायीहरू केरुङमा चीनले अघोषित नाकाबन्दीको जस्तो अवस्था सृजना गरेको आरोप लगाउँदै त्यसलाई अनिश्चितकालसम्म लम्ब्याउन नहुनेमा जोड दिएका छन्। अविलम्ब नाका खुलाएर व्यापारिक एवम् अत्यावश्यकीय सामग्रीहरूलाई पहिलो प्राथमिकता दिनुपर्ने माग गरेका छन्।

सिन्धुपाल्चोकको तातोपानी नाकाबाट भने दैनिक ५–७ वटा ‘कण्टेनर’ आउन थालेका तर नेपाली सामान निकासी हुन नसकेको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर क्षेत्री बताउँछन्। नेपाली उद्यमी–व्यवसायीले हस्तकलाका सामग्री निर्यात गर्न नपाएको गुनासो आफूसमक्ष गरेका जानकारी राससलाई टेलीफोनमा दिँदै उनले त्यसनिम्ति सरकारीस्तरबाट हरसम्भव प्रयत्न भइरहेको बताए।

केरुङबाट रसुवागढी नाका हुँदै नेपालतर्फ रेडिमेड कपडा, कम्मल, घडी, जुत्ता, चप्पल, स्याउ, विद्युतीय तथा इलेक्ट्रोनिकलगायतका सामग्री भित्रिने गरेको छ भने नेपालबाट जडीबुटी तथा हस्तकलाका सामग्री निकासी हुने गरेको थियो।

गर्भपतनको आरोपमा तीन पक्राउ

सप्तरीको महादेवा गाउँपालिका–४ की २४ वर्षीया पुनितादेवी यादवलाई कुटपिट गरी गर्भपतन गराएको आरोपमा सप्तरी प्रहरीले सोही ठाउँका तीन जनालाई आज पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार महादेवा गाउँपालिका–४ का ५८ वर्षीय लक्ष्मण राउत बरै, ६५ वर्षीय रामजी साह र २७ वर्षीय श्याम राउत पक्राउ परेका हुन् । आरोपितमध्ये तीन पक्राउ परेको जानकारी दिँदै इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीका प्रहरी निरीक्षक नरेशकुमार सिंहले सोही ठाउँका आरोपित ४० वर्षीय सुरेन्द्र साह फरार रहेकाले खोजतलास भइरहेको बताए।

आफ्नो खेतमा बालीनाली हेर्न फागुन ६ गते दिउँसो गएका बेला आरोपितहरूले गहुँबारीमा घाँस काट्ने बहानामा आफ्नो खेतको गहुँ काटिरहेको देखी निजहरूलाई रोक्न खोज्दा कुटपिट गरेको पीडितले बताए । आरोपितहरूको कुटपिटबाट पेटमा रहेको १६ हप्ताको गर्भ खेर गएको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीमा दिएको उजुरीमाथि थप अनुसन्धान र कारवाही भइरहेको प्रहरीले जनाएको छ । 

सुर्य गुरुङ र सरिता राइको स्वर रहेको ‘क पुरी क’ सार्वजनिक(भिडियो)

काठमाडौं, १५ फाल्गुण-गायक सुर्य गुरुङ र गायिका सरिता राइको ‘क पुरी क’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । वाङचु फ्युवा तमाङ एरेन्जर र किशोर थापा मास्टरमिक्सिर रहेको उक्त गीतमा सुर्य माम्बा तमाङको शब्द र संगित रहेको छ । सो म्युजिक भिडियोको निर्दशन भने निर्देशक राजेश आले मगरले गरेका हुन ।

जसको सम्पादकमा अच्युत बजगाइँ, छायाँकारमा सुशिल डाँगी र कोरिओग्राफरमा नबिन बिक रहेका छन् । अभिनय तर्फ सोम राज राज तमाङ ( राज घलान ), राहुल बाराइली, बिशाल लामा र पूजा मगरले कलाकारको भूमिका निभाएका छन् । दि पाल्म ग्रुपको पोस्ट प्रोडक्सनमा तयार पारिएको उक्त गीतको भिडियोलाई दि पल्म म्युजिक नामक युउटुब् च्यानलबाट सहजै हेर्न मिल्ने व्यवस्था मिलाईएको छ ।

सङ्गीतिक प्रस्तुतिसहित मनाइयो अम्बर गुरुङको ८३औं जन्म जयन्ती

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले फाल्गुण १४ गते प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति एवम् राष्ट्रगानका सङ्गीतकार सङ्गीतज्ञ अम्बर गुरुङको ८३आँै जन्म जयन्तिका अवसरमा सङ्गीतिक प्रस्तुति सहितको कार्यक्रमको आप्mनै कार्यालय परिसर, बालुवाटारमा आयोजना गरेको छ । प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ रायनले सभापतित्व गर्नुभएको कार्यक्रम स्व. अम्बर गुरुङको तस्विरमा माल्यार्पणगरी शुभारम्भ गरिएको थियो ।

स्वागत मन्तव्यदिने क्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले स्व. अम्बर गुरुङ धेरै चिनारी भएका एउटा व्यक्तित्व हुनुहुन्थ्यो भन्नुभयो । बोल्ने क्रममा उहाँले अम्बर गुरुङलाई आप्mनो जीवन नै सङ्गीतका माध्यमबाट राष्ट्रका लागि समर्पित गर्ने एक विशिष्ट व्यक्तित्वका रुपमा चित्रित गर्नुभयो । उहाँले सङ्गीतवद्ध गरेका माया प्रेमका गीतदेखि राष्ट्रिय भावले ओतप्रोत गीतहरू सबैमा एक किसिमको दार्शनिकताको आभास रहेको उल्लेख गर्नुभयो ।

नौलखातारा आकाशमा …बोलको गीतबाट चर्चामा आउनु भएका अम्बर गुरुङका बारेमा बोल्दै उहाँले स्वर, सङ्गीत र शब्द सबैमा पोख्त गुरुङ एक विशिष्ट साधक रहेको कुरा व्यक्त गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै वरिष्ठ गीतकार तथा पत्रकार रमण घिमिरेले गुरुङलाई सङ्गीत क्षेत्रमा आत्मकेन्द्रित व्यक्तित्वको रुपमा चित्रित गर्दै दार्जिलिङमा रहँदा उहाँको जीवन संघर्षका बारेमा जानकारी गराउनु भयो । नौलाखा तारा उदायो… बाट चर्चा कमाउन सफल भएपनि सङ्गीत क्षेत्रबाट जीविको पार्जन हुने नदेखिएपछि सङ्गीतकर्म छोडेर कृषि कर्मतर्फ लाग्ने सोच बनाइरहँदा शंकर लामिछानेको सङ्गतपछि फेरि सङ्गीतकर्मलाई निरन्तरता दिएको कुरा पनि सो अवसरमा सुनाउनुभयो ।

त्यस्तै नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य डा. देवी नेपालले उहाले सङ्गीत सिर्जन गर्नु भएका निकै लोकप्रिय हे कान्छा…, म अम्बर तिमी धर्ती, समालेर राख सङ्गालेर राख…, होसियार, समयको भिडमा आफूलाई चिन, मेरो आँखालाई राख्ने फुलबारी छैन जस्ता गीतहरू भित्रका दार्शनिक पाटोलाई उजागर गर्नुहँदै शब्द, सङ्गीत र स्वरको त्रिवेणीका रुपमा गुरुङलाई चित्रण गर्नुभयो ।

कार्यक्रममा कलाकारहरु संजय तुम्रोक, दुर्गा परियार, रुपक चौधरीले अम्बर गुरुङको सङ्गीतमा रहेको रातो र चन्द्र सूर्य ..बोलको गीत प्रस्तुत गर्नुभयो । त्यसैगरी कार्यक्रममा प्राज्ञ भरत नेपाली, धनबहादुर गुरुङ लोकराज राईको वाद्यवादनमा नौलखातारा आकाशमा.., हे कान्छा..लगायतका अम्बर गुरुङद्वारा सिर्जित धूनहरु प्रस्तुत भएका थिए ।

कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि गणहरूलाई धन्यवाद ज्ञापन गर्दै प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ रायनले अम्बर गुरुङका असल कर्महरूलाई थोरै भए पनि अनुकरण गर्न सक्नु नै उहाँप्रतिको सच्चा सम्मानहुने बताउनुभयो ।

प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव श्यामप्रकाश तमोटले सञ्चालन र प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख अशोक कुमार राईले सङ्गीत संयोजन गर्नुभएको कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्यहरू, प्राज्ञसभा सदस्यहरू, ललितकला प्रज्ञा प्रतिष्ठनका सदस्य सचिव विपिन घिमिरे, साँस्कृतिक संस्थानका अध्यक्ष प्रेम अधिकारी, महाप्रबन्धक ओशोक प्यासी, जनसांस्कृतिक महासंघका अध्यक्ष खगेन्द्र राई, प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद सदस्यहरू, प्राज्ञसभा सदस्यहरू, वरिष्ठ सङ्गीतकर्मीहरू र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको अन्तयमा सङ्गीतक प्रस्तुति दिनुहुने कलाकारहरूलाई स-धन्यवाद स्वरुप कुलपतिबाट प्रशंसा पत्र पनि वितरण गरिएको थियो ।

राजनीतिक खिचातानी

  • डा.डिआर उपाध्याय,

प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम असफल भएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको कदम लाई खारेज गर्दै पुनस्र्थापनाको फैसला सुनाएको छ ।अहिले नेपालको राजनीति नयाँ मोडमा प्रवेश गरेको अवस्था छ । दम्भ एवं अहंकारको राजनीति कसैले गर्नु हुदैन भन्ने पाठ सिकाएको छ । प्रतिनिधिसभाको विघटन संवैधानिक, राजनीतिक र नैतिक दृष्टिले अनुचित भएको तथ्य सिद्ध भएको छ । अव मुलुकलाई निकास दिन प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नु अपरिहार्य भएको छ । अहिले मुलुकमा नयाँ सरकार कहिले र कस्को नेतृत्वमा बन्ने भन्ने बिषयमा चर्चा चलेको छ ।

नयाँ सरकार त्यति सजिलै बन्ने अवस्था देखिँदैन । नयाँ सरकार गठनको बिषयमा अनेकन बाधा र संवैधानिक एवं कानुनी जटिलता देखिएका छन ।केही संवैधानिक र प्राविधिक जटिलताले नेपालको राजनीति अझै पनि गोलचक्करमा फस्ने खतरा देखिएको छ । मुलुक पुनः राजनीतिक खिचातानी र विवादको भुमरीमा फसेको छ । प्रधानमन्त्री ओलीले राजीनामा दिएर मुलुकलाई छिटो भन्दा छिटो निकास दिनुपर्छ भन्नेहरु पनि छन ।

नेकपा फुटेको होइन, दुइ खेमामा बिभाजित मात्र भएको हो । अव सवैको जोडवलमा नेकपाभित्रको विवाद व्यवस्थापन हुनु पर्छ । जनताको चाहाना पनि त्यो हो । अव ओलीले राजीनामा दिएर जनताको सहानुभूति र समर्थन आर्जन गर्न सक्नु पर्छ । यो नै बुद्धिमानी ठहरीने छ । पद त्याग गर्नु नै ओलीको राजनीतिक भविश्यका लागि लाभदायक हुनेछ । प्रतिनिधिसभा पुनस्र्थापना भएपछि नैतिक आधारमा समेत ओली प्रधानमन्त्रीमा रहनु अनुचित हुनेछ ।

नेकपा कानुनी रूपमा दुईवटा पार्टी बनिनसकेको अवस्थामा प्रचण्ड–माधव पक्ष र ओली पक्ष बीच मुलुक र पार्टीको हितको लागि एकता हुनुपर्ने अपरिहार्य छ । त्यसैले नेकपा मिल्नुको विकल्प छैन । आफूआपूmमा झगडा गरेर फाइदा कसैलाई छैन । यदि दुइ खेमा बीच एकता नभएमा इतिहासमा नेकपाका लागि त्योभन्दा ठूलो भुल अरू केही हुने छैन । आगामी दिनमा जनतासमक्ष निर्वाचनमा जाँदा नेताहरु कुन मुख लिएर जाने ?जनताले यो प्रश्न गर्न सक्नेछन् । नेकपासँग त्यो जवाफ हुने छैन । जनताका सामु मुख देखाउन सक्ने अवस्था पनि नरहन सक्छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पाँच वर्षका लागि जनताको जनादेश प्राप्त गरेको छ । यो जनादेशमाथि अपमान गर्नु हुँदैन । हाल भएका राजनीतिक गतिविधि पनि त्यति सन्तोष जनक छैनन् । नेकपाका दुबै खेमा मिलेर जाँदा नै राम्रो हुन्छ । जनता यसको पक्षमा छन् । जनताका लागि यो स्वीकार्य पनि छ । जनताको म्यान्डेटको सम्मान गर्न नेताहरुले सिक्नु पर्छ । पार्टी विधानतः फुटेको छैन । निर्वाचन आयोगले पनि यसलाई फुटेको मान्यता दिएको छैन । कार्यकर्ता र जनता एकताको पक्षमा छन् । नेकपाका दुई खेमाबिचको एकता नै मिलन बिन्दु हो ।

‘नेपाल महिला चेम्बर ट्रेड फेयर २०२१’ आयोजना गरिदै

काठमाडौं, १४ फाल्गुण- नेपाल महिला चेम्बर ट्रेड फेयर २०२१ मार्च ८ देखी १० तारिकसम्म संचालनमा आउने भएको छ । आज जमल स्थित चेम्बर भवन पत्रकार सम्मेलन आयोजना गरि सो मेला बारे जानकारी गराईएको हो । नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठको सभापतित्वमा भएको सो पत्रकार सम्मेलनमा मेला ‘मेड इन नेपाल, मेक इन नेपाल’को थिममा लाजिम्पाट स्थित होटल रेडिसनमा गरिने जानकारी दिइयो ।

सो अवसरमा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले उक्त मेला आयोजना गर्नुको उदेश्य महिला उद्यमीद्वारा उत्पादित सामाग्रीको प्रबर्द्धन गर्ने रहेको बताउदै मेलाले हस्तकला सामग्री, खाद्य, पहिरन एवम् आभुषण, सौन्दर्य सामाग्री लगायतका उत्पादनको व्यवसायीकरण गर्न सहयोग पुग्ने दाबी गरिन । साथै, उनले कोभिड १९ बाट बढी जसो महिला उद्यमीहरु प्रभावित बनेको उल्लेख गर्दै नेपालमा महिला उद्यमशीलताको विकासका लागि नेपाल महिला चेम्बरले सक्रियता बढाउदै लगेको पनि जानकारी दिइन् ।

अध्यक्ष श्रेष्ठले मेलाबाट महिला उद्यमीहरुले प्रशस्त लाभ हासिल गर्ने जिकिर समेत गरिन । त्यसैगरि, नेपाल चेम्बर अफ कमर्शका महानिर्देशक कैलाशकुमार बजिमयले नेपाल चेम्बर अफ कमर्श र महिला चेम्बरको संयुक्त आयोजनामा हुन गईरहेको उक्त मेलाले देशको आर्थिक गतिविधीलाई चलायमान गराउन केही हद राहत मिल्ने धारणा राखे ।

साथै उनले स्टल बुकिङ र आगन्तुकलाई आकर्शित गर्ने गरि तयारी भैरहेको पनि जनाए । नेपाल चेम्बर अफ कमर्शका ट्रेड कमिटी संयोजक तथा उक्त मेलाका संयोजक राष्ट्र भुषण चाकुबजीले उक्त मेलाले नेपाली महिला उद्यमीलाई प्रोत्साहन मिल्ने धारणा राख्दै मेलालाई सफल पार्न सम्बन्धित सबैलाई आग्रह गरे ।

कार्यक्रममा नेपाल महिला चेम्बरकी उपाध्यक्ष सुश्मा शर्माले अन्तरराष्ट्रिय उडान अवरुद्ध भैरहेको वर्तमान स्थिती माझ आन्तरिक बजार प्रबर्द्धनका लागि मेला कोशेढुङा बन्ने राय पेश गरिन । त्यसैगरि, उक्त मेला अन्तर्गतको प्रदर्शनी संयोजक तथा महिला चेम्बरकी सचिव लिमा अधिकारीले मेलाको दोस्रो दिन कामना विकास बैंकले महिला उद्यमीहरुको वित्तिय सशक्तिकरणका लागि अन्तर्कृया कार्यक्रम आयोजना गर्ने कार्यक्रम रहेको उल्लेख गर्दै ‘व्यापार भिजन’ प्रतियोगिता आयोजना गरि उत्कृष्ट भिजन प्रस्तुत गर्नेहरुलाई पुरस्कृत गरिने जानकारी दिइन् ।

सो अवसरमा महिला चेम्बरकी सल्लाहकार निलम ताम्राकारले कार्यक्रमलाई सम्बोधन गर्दै मेलाको अवसरमा कलाकारहरुले मिथिला आर्ट लगायतका कला प्रदर्शन गर्ने जानकारी दिईन भने महिला चेम्बरकी ट्रेड फेयर संयोजक जानकी प्रधानले मेलालाई फरक ढंगले आयोजना गर्न लागिएको दाबी गर्दै सबैलाई समेटने कोशिस नेपाल महिला चेम्बरले गरेको जनाउदै मेलालाई सफल पार्न संचार माध्यमको भूमिका महत्वपूर्ण रहने उल्लेख गरिन ।

सम्माननिय उपराष्ट्रपति नन्द बहादुर पुनले समुदघाटन गर्ने तय गरिएको उक्त मेलामा खाद्य एवम् पेय, लत्ता कपडा, हस्तकला र सजावटका सामाग्री, किचन सामाग्री, हेल्थ र फिटनेश, कुक वेयर, फेशन प्रडक्ट, ट्राभल एण्ड टुर, इलेक्ट्रीकल र इलोक्ट्रोनिक्स, किडस र बेबी प्रडक्ट, डिजाइनर एसेसोरिज, नक्कली गरगहना र सौन्दर्य सम्बन्धी सय भन्दा बढी स्टल रहने उक्त पत्रकार सम्मेलन माझ जानकारी दिइयो ।

अब परीक्षा उत्तीर्ण गरेको एक महिनाभित्रै चालक अनुमतिपत्र पाइने

नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको संख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना बनाएको छ।

ठूलो संख्यामा कार्ड छाप्ने उपकरण (मास प्रिन्टर) को प्रयोग गरेर एकैदिनमा धेरै संख्यामा अनुमतिपत्र छाप्न सकिने विभागले जनाएको छ।

अहिले तत्काल कार्ड स्टक थोरै सङ्ख्यामा भएकाले छाप्न नसकिएको भए पनि नयाँ कार्ड आउनासाथ अनुमतिपत्र छपाइ गरिने छ। विभागले १४ लाख कार्ड खरीदका लागि प्रक्रिया अघि बढाएको निर्देशक रामचन्द्र पौडेलले बताए।

उनका अनुसार यी कार्डको खरीद गर्न लागेको कम्पनीले अहिले थोरै संख्यामा कार्ड नमूना परीक्षणका लागिसमेत पठाइसकेको छ। त्यो ठीक छ भन्ने जानकारी दिएपछि केही समयमा नै कार्ड आउने उनले जानकारी दिए। उनले भने, ‘हामीसँग थोरै कार्ड मात्रै बाँकी भएकाले थोरै छापिएको हो, नयाँ कार्ड आउनासाथ धमाधम एकैदिनमा धेरै छपाइ हुनेछ।’

विभागले गत वर्ष खरिद गरेको ‘मास प्रिन्टर’ को क्षमता एक घण्टामा ४५० अनुमतिपत्र छाप्न सक्ने रहेको छ। एक दिनमा १० घण्टा सञ्चालन गर्दा पनि चार हजार ५ सय छापिने निर्देशक पौडेलले बताए। उपकरणलाई २४ घण्टा चलाउँदा १० हजार बढी छापिने उनको भनाइ छ। विभागले कोभिड–१९ नियन्त्रणका लागि सरकारले जारी गरेको बन्दाबन्दीको समयमा तीन ‘सिफ्ट’ मा उपकरण सञ्चालन गरेको थियो। उनले भने, ‘कति घण्टा चलाउने भन्ने चापमा निर्भर गर्छ।’

कोभिड–१९ का कारण झण्डै १० महिनादेखि अवरुद्ध नयाँ अनुमतिपत्र सरकारले गत पुसमा पुनः खुलाएको हो। देशभरबाट अनलाइन माध्यमबाट पाँच लाखभन्दा बढी सेवाग्राहीले आवेदन दिइसकेका छन्। तीमध्ये पास दर ३० प्रतिशत हाराहारीमा हुने भएकाले छपाइ गर्न सकिने विभागले जनाएको छ। नयाँ १४ लाख कार्ड एकैपटक आएपछि माग धान्न गाह्रो नहुने निर्देशक पौडेलले बताए।

Bidh Lab

‘मास प्रिन्टर’ सँगै विभागमा साना क्षमताका उपकरण रहेका छन्। तत्कालका लागि तीनको प्रयोग नभए पनि प्रयोग गर्न सकिने अवस्थामा रहेको विभागले जनाएको छ। विगत दुई वर्षदेखि प्रदेश सरकारअन्तर्गतका यातायात व्यवस्था कार्यालयले नयाँ अनुमतिपत्रका लागि परीक्षा सञ्चालन, नवीकरण र वितरण गरिरहेका छन्। विभागले ‘सर्भर’ को काम र अनुमतिपत्र छपाइ गरिरहेको छ। 

‘क्रियटिभ दिभा’को लागी आबेदन खुल्यो

फरक अबधारणाका साथ आयोजना हुन लागेको ‘क्रियटिभ दिभा’ को लागी आबेदन खुलेको छ ।
प्लानेट मल्टीमेडिया ईन्टरनेशनलको आयोजनामा प्रदेश नं १ दमकबाट सुरु गर्न लागिएको कार्यक्रम ‘क्रीयटिभ दिभा’को सम्पूर्ण पूर्व तयारी सकिएको छ ।
नेपालमै पहिलो पटक हुन लागेको यो कार्यक्रममा फरक प्रस्तुती मात्र रहदैंन, तीन बिधालाई एउटै कार्यक्रममा फरक फरक प्रस्तुती रहने गरी एउटै मञ्चमा प्रतिस्प्रर्धा गराईनेछ । फेशन र मोडलिङसँग सम्बन्धित तीन बिधा सौन्दर्य कर्मि, (मेक अप आर्टिस्ट), फेशन डिजाईनर र मोडल (र्याम्प मोडेल) हरुको आफ्नो प्रतिभा प्रस्तुती एकै समय एउटै मञ्चबाट गराईनेछ । तीन फरक बिधालाई संयोजन गरी एउटै मञ्चमा प्रस्तुत गर्न लागिएको यो पहिलो कार्यक्रम भएको कम्पन्री प्रमुख तथा प्रोग्राम डिरेक्टर मोनित महर्जनले बताउनु भयो । कार्यक्रम निकै मनोरञ्जनत्मक हुने अनि भब्य हुनुका साथै सहभागिहरुले आफ्नो क्षेत्रमा एक कदम अघी बढन मद्दत गर्ने बिश्वास आफुलाई भएको मोनितले बताउनु भयो ।


यस अघी नेपालका धेरै शहरहरुमा सफलता पुर्वक कार्यक्रम आयोजना गर्दै आएको प्लानेट मल्टिमेडियाको यो लकडाउन पछिको यो नयाँ कार्यक्रम हो । काठमाण्डौं मात्र केन्द्रीत नरहेर पश्चिमको धनगढी, महेन्द्रनगर अनि पूर्वमा झापा सम्म बिभिन्न बिधाको कार्यक्रमहरु आयोजना गर्दै आएको भए पनि झन्डै १ बर्ष पछी हुनलागेको यो कार्यक्रममा छुट्टै उत्साह महशुस गरिरहेको आयोजक टिमका बाकिं सदस्यहरु सुनाउँछन ।
यस प्रतियोगितामा सहभागिहरुले आफ्नो बिधामा थप नयाँ अनि धेरै उपायोगी कुराहरु सिक्ने अबसरको रुपमा लिने कुरामा आयोजकहरु बिश्वस्त रहेकाछन । आयोजक कम्पनी प्रमुख प्रतियोगिता बारे थप जानकारी दिदैं भन्नु हुन्छ , “प्रतिभा प्रस्फुतन गर्नको लागी धेरै कार्यक्रमहरु आयोजना हुँदै आईरहेका छन । सबै आफ्नो बिशेषताका साथ गरिएको हुन्छ तर प्रतियोगिता किन पनि पृथक छ भने यस कार्यक्रममा आफ्नो प्रतिभा देखाउने मात्र हैन आफ्नो प्रतिभा निखार्दै, आफ्नो क्षमता आफै मुल्यांकन गर्दै र आफ्नो क्षमता अभिबृदी गर्न बिज्ञहरुबाट ज्ञान लिन सकिने मञ्च पनि हो ।”
प्रतियोगिताको लागी तिनै बिधाका लागी आबेदन खुल्ला गरिएको र आबेदन दर्ता गराउने शुल्क ५०० रुपैंया रहेको पनि आयोजकले जानकारी गराएका छन । टेलिभिजन रियालिटी सो को अबधारणामा तयार गरिएको यस प्रतियोगितामा सहभागिहरुले बिभिन्न चरण पार गर्न पर्ने रहेको र ति चरणहरुमा सहभागी गराउनु अघी सबै बिधामा त्यस बिधाका बिशेषज्ञबाट बिशेष प्रशिक्षण गराईने पनि आयोजकले जानकारी दिए ।