भविष्यका कर्णधार बालबालिकामा कोरोनाको त्रास

  • डा.डिआर उपाध्याय,

विश्वव्यापी रुपमा फैलिएको कोरोनाको दोस्रो लहर नेपालमा पनि पुनः देखिएको छ । पहिलो लहरको कोरोना संक्रमण भन्दा अहिले देखिएको कोरोना बढी मात्रमा घातक रहेको कुरा चिकित्सक हरुले बताउदै आएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमण भएका बिरामी मध्ये धेरैजसो जटिल अवस्थामा उपचार भैरहेको पाइन्छ । अब कोही पनि मानिसहरुले यो कोरोना सँग खेलवाड गर्नु हुँदैन । यदि कोरोना सँग खेलवाड गरियो भने जो सुकैको ज्यान खतरामा पर्न सक्छ । पछिल्लो समयमा आएर कोरोना संक्रमण बढ्दै गएपछि नेपाल सरकारले बढी भिडभाड हुने ठाउँहरुलाई बन्द गर्ने घोषणा गरेको छ । बढी मात्रमा प्रभावित हुने क्षेत्रहरु शैक्षिक संस्था, पार्टी प्यालेस, रेष्टुरेन्ट , दोहोरी साँझ लगायतका हुन् ।

अहिले विशेष गरेर शैक्षिक संस्था बढी मात्रमा प्रभावित भएका छन् । किनभने नजिकिदै गरेको वार्षिक परीक्षा समेत अन्योलमा परेको छ । आज देखि कोरोनाले बढी प्रभावित क्षेत्रका शैक्षिक संस्थाहरु पूर्ण रुपमा भर्चुअल पठनपाठनमा फर्किएका छन् । अहिले देखिएको कोरोनाले बाल मस्तिष्कमा एक खालको त्रास उत्पन्न गराएको छ । भविष्यका कणर््ाधार बालबालिकामा यस्तो त्रास उत्पन्न हुँदा उनीहरुको पढाइ प्रतिको रुचि कम हुँदै गएको देखिन्छ । बन्दाबन्दीले गर्दा स्कुले शिक्षा प्रभावकारी रूपमा सञ्चालन हुन नसक्ने देखिएको छ ।

जसले गर्दा अभिभावक आफ्ना बालबच्चाको शिक्षा र मानसिक स्वास्थ्यलाई लिएर चिन्तित बनिरहेका छन् । त्यसैगरि वयस्क व्यक्ति आफ्नो सुरक्षाको बारेमा सोच्न सक्छन्, तर सानो उमेरका कलिला बालबालिकाहरु त्यसो गर्न सक्दैनन्। उनीहरू घरबाट निस्केर नफर्किएसम्म असुरक्षित रहन्छन्। यसरी कोभिड–१९ जस्तो रोगसँग जुध्ने क्रममा चालिनुपर्ने कदमबारे अहिले सम्म पनि अन्यौल सिर्जना हुन पुगेको छ । अभिभावक आफ्ना बच्चाको शैक्षिक वर्ष गुमाउन पनि चाहँदैनन्, भर्चुअल माध्यमबाट पठनपाठन गराउँदा अभिभावकका आफ्ना पेसा, व्यवसाय धरापमा परेको देखिन्छ । बालबालिकाहरुलाई घरमा छोड्ने ,वा पेसा व्यवसाय छोड्ने यो पनि चिन्ताको विषय बनेको छ । अर्को तर्फ समस्याको विषय यो छ कि सबैको घरमा इन्टरनेट जोड्ने औकात हुँदैन , सबैलाई पुग्ने गरि पढ्न एकै पटकमा मोबाइल, ल्यापटप उपलब्ध हुन सक्दैन ।

त्यसैगरि शहरी क्षेत्र बाहेक दुरदराजमा इन्टरनेटको सुविधा हुँदैन । त्यसैले शैक्षिक संस्था कोरोना बाट बढी मात्रमा प्रभावित भएको मान्न सकिन्छ । यो विषयमा नेपाल सरकार र सरोकारवाला बिच छलफल गरी अन्य विकल्पहरु पनि खोज्नु पर्छ ।वर्षै पिच्छे कोरोनाकै कारण भविष्यका कर्णधार बालबालिकाको भविष्य पनि बिगार्नु त भएन नि । यस बारेमा सबैले गम्भिरता पुर्वक सोचौँ । यता प्राण घातक जस्तो कोरोना सँग पनि हेलचेक्राई गर्नु भएन । समस्या यो हो । कोरोना कै कारण गत वर्ष मुलुकको अर्थतन्त्र चलायमान हुन सकेन यस वर्ष पनि त्यस्तै हुने हो कि भन्ने चिन्ता थपिएको छ । यो सँगै बजार भाउ पनि धान्नै नसक्ने गरि आकासिएको छ ।

जुन कारणले निम्न आयश्रोत भएका नागरिकको जनजीवन कष्टकर बन्दै गएको छ । अब गत वर्ष जस्तै लकडाउन गर्नु पर्ने अवस्था आएमा निम्न आयश्रोत भएका व्यक्ति सबैभन्दा बढी मर्कामा पर्ने देखिन्छ । विगत वर्षको असरले गर्दा धेरै मानिसको अहिले सम्म रोजगारीको सुनिश्चितता छैन । अहिले देखिएको दोस्रो लहरको कोरोनाको त्रासले बालबालिका मात्रै नभइ आम नेपाली जनतालाई त्रसित बनाएको छ । गरिखाने वर्गका लागि यो एउटा समस्याको रुपमा देखिन्छ । नेपाल सरकारले पुर्व तयारी अपनाउनु पर्ने जरुरी देखिएको छ । जस्तै सीमानाकामा कढाई गर्ने, चेकजाँच गर्ने साथै आम नागरिकले पनि सरकारले तोकेको स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्ने गराउने कार्य गर्नु पर्दछ ।

कोहलपुरमा २ जना कोरोना संक्रमितको मृत्यु

बाँकेमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा कोहलपुरकै दुईजनाको मृत्यु भएको हो ।

कोहलपुर नगरपालिका-२ बर्दवाका ३५ वर्षीया महिलाको सोमबार दिउँसो ३ बजे र  ७७ वर्षीय पुरुषको राति ९ बजे  मृत्यु भएको हो । महिला र पुरुष दुवैलाई सोमबार नै कोरोना संक्रमण पुष्टि भएको थियो ।

एकैदिन ६७ जना पुगे अन्नपूर्ण हिमालको चुचुरोमा

यस वर्षको पहिलो वसन्तयाममा किलर माउण्टेनको रूपमा परिचित विश्वको दशौँ अग्लो अन्नपूर्ण (प्रथम) हिमालको वैशाख ३ गते शुक्रबार एकैदिन ६७ जनाले सफल आरोहण गरेर कीर्तिमानी कायम गरेका छन् ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालमा वैशाख ३ गते पत्रकार पूर्णिमा श्रेष्ठलगायत छ नेपाली महिलासँगै ६७ जनाले अन्नपूर्ण हिमालको सफल आरोहण गरेको पथप्रदर्शक पेम्बा शेर्पाले बेनीमा आयोजित स्वागत कार्यक्रममा जानकारी दिए ।

पत्रकार श्रेष्ठसहित दावा याङजुम शेर्पा, पासाङल्हामु शेर्पा, माया शेर्पा, शर्मिला सेङताङ र डावुटी शेर्पासहित छ महिलाले एकैदिन सफल आरोहण गरेका थिए । यसअघि अन्नपूर्ण हिमालमा नेपाली महिला आरोहीले सफल आरोहण गर्न सकेका थिएनन् ।

अन्नपूर्ण बेसक्यामबाट छ दिनको यात्रासँगै अप्रिल १६ तारिख (२०७८ वैशाख ३ गते) चुचरोमा टोली पुगेको थियो । अप्रिल १६ तारिखमा छ नेपाली महिलासँगै ६७ जनाले अन्नपूर्णको सफल आरोहण भएको शेर्पाले बताए ।

सेभेन समिट ट्रेकबाट आरोहणका लागि गएको १७ जनाको टोलीमा १५ जनाले सफल आरोहण गरेको जनाइएको छ । श्रेष्ठसहितको टोलीले वैशाख ३ गते शुक्रबार बिहान १ः१५ बजे अन्नपूर्णको चुचुरोमा पुगेका शेर्पाले जानकारी दिए ।

श्रेष्ठका अनुसार बेसक्यापदेखि छ दिनको यात्रामा अन्नपूर्ण हिमालको चुचुरोमा पुग्दा धेरै खतरा र जोखिम टोलीले मोलेको थियो । खाना, अक्सिजन, डोरीलगायतका सामग्री हेलिकोप्टरबाट मगाएर आरोहण गर्न टोली सफल भएको उनको भनाइ छ ।

सुन्दर ठाउँमा अवस्थित अन्नपूर्र्ण हिमालको बेसक्यापसम्म सरकारलगायतको लगानीमा होटल, सार्वजनिक ठाटी, टहरा, बनाउन शेर्पाले आग्रह गरे ।

फ्रान्सेली नागरिक मौरिस हर्जौग र लुइ म्याकेननले ७० वर्ष पहिले अन्नपूर्ण चुचुरोमा पहिलो मानव पाइला टेकेका थिए । उनीहरुले सन् १९५० को जुन ३ तारिख अर्थात् विसं २००७ जेठ २१ गते अन्नपूर्णको सफल आरोहण गरेका थिए ।

आरोही पत्रकार श्रेष्ठलाई म्याग्दीमा सम्मान

अन्नपूर्ण हिमालको सफल आरोहण गरेर कीर्तिमानी बनाएकी पत्रकार पूर्णिमा श्रेष्ठको टोलीलाई म्याग्दीमा सोमबार भव्य सम्मान गरिएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको चुचुरोमा पुग्ने पहिलो महिला पूर्णिमा श्रेष्ठलाई अन्नपूर्ण गाउँपालिका, नारच्याङवासी र नेपाल पत्रकार महासङ्घ म्याग्दीले बेनीमा सम्मान गरेको हो । श्रेष्ठसहित पेम्वा शेर्पा, पोल्याण्डका यारोलाई सम्मान गरिएको थियो ।

नेपाल पत्रकार महासङ्घ म्याग्दीले आयोजना गरेको सम्मान कार्यक्रममा श्रेष्ठले आत्मविश्वासले अन्नपूर्ण हिमालको चुचुरोमा पाइला राख्न सफल भएको बताइन् । साहसले नै सफल आरोहण भएको उनको भनाइ छ ।

पहिलो महिला पुगेको भन्दा पनि एउटा नेपाली युवा चुचुरोमा पुगेकाले आफूलाई खुशी लागेको उनले प्रतिक्रिया दिइन् । यो सफल यात्रामा सहयोग गर्ने गण्डकी प्रदेश, अन्नपूर्ण गाउँपालिकालगायत सहयोगी सबैलाई उनले धन्यवाद दिइन् ।

अप्रिल १६ तारिखमा छ नेपाली महिलासँगै ६७ जनाले अन्नपूर्ण हिमालको चुचुरोमा पुगेका थिए । यस वर्ष छ नेपाली महिलासहित सबैभन्दा धेरैले चुचुरोमा पाइला पुगेको वर्षका रूपमा लिनुपर्ने आरोहणका मुख्य गाइडर पेम्वा शेर्पाले बताए । पेम्बा पनि पहिलोपटक अन्नपूर्ण हिमाल चढेका हुन् ।

करोडौँका सिँचाइ आयोजना सम्पन्नः किसान हर्षित

सुनसरी–मोरङ सिँचाइ आयोजनाअन्तर्गत चतरा मूल नहरको मोरङस्थित लोहन्द्रा खोलामा भत्किएको संरचना निर्माण सम्पन्न भएपछि त्यस क्षेत्रका किसान हर्षित भएका छन्।

तीन वर्ष पहिले मोरङको लोहन्द्रा खोलामा आएको बाढीले नहरको संरचना भत्किँदा ११ किमी पूर्वसम्म लम्बिएको नहरअन्तर्गतका बरियाती शाखा नहर, नयाँपट्टि शाखा नहर, आमझोड शाखा नहर, रञ्जनी शाखा नहर, चिस्याङ शाखा नहर र झमनपुर शाखा नहरमा आश्रित कृषक नहरका पानी खेतमा देख्न पाएका थिएनन्। यही वैशाख महिनाको अन्तिम साता पानी सञ्चालन हुने भनिएपछि त्यस क्षेत्रका कृषक हर्षित भएका हुन्।

उक्त शाखा नहरका जलउपभोक्ता समितिका अध्यक्ष मोहन श्रेष्ठ, शिवु थापा, देवीप्रसाद भण्डारी, भक्ति थापा र खड्गप्रसाद साहले भने, “नहर सञ्चालन हुने कुराले हामी हर्षित भएका छौँ, तर चार वर्षदेखि बन्द रहेका नहरमा अहिले घाँस, झार, दलकच्चु र माटोले पुरिएको अवस्था छ, खेतमा भरपूर पानी जान सक्ने अवस्था छैन, त्यसैले नहर सफा गर्नु अत्यन्त जरुरी छ।”

उनीहरुले वर्षे धानबाली तथा हिउँदे बालीका लागि आकाशे पानीको भर पर्नुपरेको थियो भन्दै अब नहरमा पानी आउने भएपछि हामी उत्पादनमा पूर्ववत अवस्थामा फर्किने बताए। गएको वर्षमा वर्षातका मौसममा राम्रै पानी परेकाले त्यति समस्या नभए पनि हिउँदमा लगाउने दलहन, तेलहन र गहुँबालीका लागि भोग्नुपर्ने समस्या अन्त्य हुने कुराले हामी निकै उत्साहित छौँ समितिका अध्यक्षहरुको भनाइ छ।

पछिल्लो समयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सो संरचना निर्माणमा निकै चासो देखाएको छ। सिँचाइ विभागबाट पटकपटक निरीक्षण एवं अवलोकन हुँदै आएको सुनसरी–मोरङ सिँचाइ आयोजनाका प्रमुख भिलानन्द यादवले बताए।

संरचना भत्किएको लोहन्द्रा खोलादेखि पूर्वतर्फ छवटा शाखा नहरबाट करिब १० हजार हेक्टर जग्गामा सिँचाइ सुविधा पुग्ने गरेको थियो। सुनसरी–मोरङ सिँचाइ आयोजनाका प्रमुख यादवले कृषकले भोग्नुपरेको समस्यालाई निराकरण गर्न अहिले भत्किएको ठाउँमा नयाँ संरचना तयारी अवस्थामा छ र यसै महिनाको अन्तिम साता नहरमा पानी सञ्चालन गर्ने जानकारी दिए।

संरचना निर्माण गर्न आयोजनाको रु ४५ करोड २५ लाख २६ हजारको लागतमा साइफन र दुई लेनको पुल निर्माणका लागि निकालिएको बोलपत्रमा आशिष/स्वामीनारायण/आशीर्वाद जेभी धरानले मूल्य अभिवृद्धि करसहित रु २९ करोड ९७ लाख ५६ हजारमा ठेक्का कबोल गरी २०७६ फागुन ३० गते सम्भौता गरेर निर्माण शुरु गरे पनि कोरोना महामारीले गत वर्ष काम प्रभावित भएको थियो। पुल निर्माण गर्ने अवधि आगामी २०८० भदौ ३० सम्म रहेको छ भने नहरको संरचना चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने सम्झौता भएको थियो।

नहरको पानी बग्न बनाइने साइफनको लम्बाइ २२७ मिटर, चौडाइ अढाइ मिटर र गहिराइ भित्री भागमात्र दुई मिटरको छ भने पुलको लम्बाइ १५५ मिटर र चौडाइ १० दशमलव ८५ मिटर रहेको छ। साइफनमा प्रतिसेकेण्ड आठ घनमिटर पानी बहाव हुने क्षमताको छ । साइफनको सबै काम चालु आवमा नै सम्पन्न हुने बताइएको छ। साइफनलाई वर्षात्मा खोलामा आउने बाढीबाट जोगाउन थप काम गर्नुपर्ने आवश्यकता विभागमा जनाकारी गराइसकेको प्रमुख यादवले बताए।

साइफनको काम सम्पन्न भयो, तर निर्माण कम्पनीलाई तिर्नुपर्ने रु छ करोड आयोजनासँग रकम छैन र भुक्तानीका लागि विभागमा पत्राचार गरिसकेको प्रमुख यादवको भनाइ छ। साइफन सुरुङमार्गजस्तो आरसिसी मोडलमा छन् भने जसको आयु ५० वर्षको हुने आयोजना प्रमुख यादवले जानकारी दिए।

लामो समयदेखि नहर सफा गर्ने काम नभएकाले क्षमताअनुसारको पानी बहाव गराउन मूल नहरदेखि शाखा नहरलाई पनि सफा गर्नुपर्ने सुनसरी–मोरङ सिँचाइ आयोजनाका इञ्जिनीयर प्रेमचन्द्र झाले बताए। उनले अहिले लोहन्द्रा खोलादेखि पूर्वतर्फका शाखा नहर केही वर्षदेखि बन्द भएकाले तत्काल नहरमा पानी सञ्चालन गर्नुपूर्व नै सफा गर्नुपर्ने आवश्यकता देखिएको छ, यस कामका लागि करिब रु दुई करोड खर्च लाग्ने अनुमान आयोजनाको रहेको जानकारी दिए।

लोहन्द्रा खोलामा बनिरहेको पुलका विषयमा निर्माण कम्पनीका प्रबन्ध निर्देशक सन्तोष बस्नेतले हामीले पुललाई तोकिएको अवधिमा निर्माण गर्ने र यो पुल ७० मेट्रिक टन भार थेग्न सकिने दाबी गरे।

उनले पुलले सोचेअनुसारको भार थेग्न सक्छ कि सक्दैन भनेर एटिटी इञ्जिनीयर सर्भिस प्रालिबाट प्राविधिक मगाएको जानकारी दिए। प्राविधिक महेश ठाकुरका अनुसार पुलको गुणस्तर एवं बनावटमा कुनै पनि समस्या नदेखिएकाले सोचेअनुसारको भार थेग्न सकिने भने।

निर्देशक बस्नेतले निर्माण कम्पनीले योजनामा काम गरेको भुक्तानी नपाउँदा धेरै ठाउँमा भागेका छन्, तर मैले जसरी भए पनि योजना सम्पन्न गरेको छु र मैलै भुक्तानी पाउनुपर्ने रु छ करोड आयोजनाले समयमै भुक्तानी हुने व्यवस्था मिलाइदिन आग्रह गरेको जानकारी दिए। निर्माणस्थलमा कार्यरत सुनसरी–मोरङ सिँचाइ आयोजनाका इञ्जिनीयर नित्यानन्द झाका अनुसार निर्माणको काममा कुनै पनि कमी कमजोरी हुन नदिन २४सै घण्टा आयोजनाबाट निरीक्षण एवं निगरानी भइरहेको छ भने।

शुरुमा सुनसरी र मोरङमा कूल ४५ हजार हेक्टर जमिनमा मात्र सिँचाइ हुने गरेको यस आयोजनाको नहरलाई विसं २०४५ मा चीन सरकारले ठूलो धनराशि लगानी गरेर नहर विस्तारको काम गरेको थियो। जसको फलस्वरुप अहिले दुवै जिल्लामा ६० हजार हेक्टरभन्दा बढी जमिनमा सिँचाइ सुविधा पुगेको छ।

चतरा मूल नहर र यसका शाखा निर्माण भएको लामो समय बितिसक्दा यसका धेरै संरचना कमजोर भएको र जुनसुकै बेला पनि यी संरचना ध्वस्त हुने र लाखौँ कृषक सिँचाइबाट बञ्चित हुने अवस्था आउन नदिन मन्त्रालयले आवश्यक योजनासहित बजेट विनियोजन गर्नुपर्ने आवश्यकता देखिएको छ।

आज चैते दसैँ दुर्गा भवानीको उपासना गरी मनाइँदै

चैते दसैँ दुर्गा भवानीको उपासना गरी मङ्गलबार मनाइँदै छ । दानवी शक्तिमाथि दैवी शक्ति र असत्यमाथि सत्यको विजयस्वरूप देवी भागवत्, कालिका पुराण, चण्डी पाठ गरी चैत शुक्ल अष्टमीका दिन दसैँ मनाउने प्रचलन छ ।

यो दिन अशोकको फूल खानाले रोगव्याधि र शोक नाश हुन्छ भन्ने जनविश्वास छ । गुठी संस्थानका प्रवक्ता सरोज थपलियाले कोरोना सङ्क्रमणबाट बच्न राजगुठीअन्तर्गतका सबै देवस्थल र भगवती मन्दिरमा सरकारले भनेअनुसारको सङ्ख्यामा मात्र भक्तजनलाई व्यवस्थित प्रवेश गराइने बताए । हनुमानढोका दरबारस्थित मूलचोकमा ५४ राँगा र ५४ बोकाको बलि दिएर दशैँघरमा अर्चना गर्ने परम्परा छ ।

चैतेदशैँका दिन नै जमलस्थित तीनधारा पाकशाला परिसरबाट सेतो मच्छिन्द्रनाथ (आर्यावलोकितेश्वर)को रथयात्रा सुरु हुँदैछ । रथयात्रा व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं २५ का वडाध्यक्ष नीलकाजी शाक्यले रथयात्राको सम्पूर्ण पूर्वतयारी सम्पन्न भएको जानकारी दिए।

कुनै किसानले जमिन खन्दा जमल तीनधारामा आर्यावलोकितेश्वर भेटिएको र राजा गुणकामदेवले केलटोलस्थित कनक चैत्य महाविहारमा बुद्धको पश्चिमतर्फ राख्ने आदेश भएको वंशावलीमा उल्लेख छ ।

आज जल तथा माैसम विज्ञान विभाग माैसम पूर्वानुमान

जल तथा माैसम विज्ञान विभाग माैसम पूर्वानुमान महाशाखाका अनुसार आज २०७८ बैशाख ७ गते (मंगलबार) दिउँसो देशको सुदूरपश्चिम प्रदेश, कर्णाली, गण्डकी तथा लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।

देशको सुदूरपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानहरुमा अपरान्हपछि मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी/असिनासहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

यस्तै महाशाखाका अनुसार राति देशको सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

देशको सुदूरपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानहरुमा अपरान्हतिर मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी/असिनासहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

आज नेदरल्यान्ड्ससँग भिड्दै नेपाल

त्रिकोणात्मक टी–२० सिरिजमा घरेलु टोली नेपालले आज मगंलबार नेदरल्यान्ड्ससँग खेल्दैछ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १:१५ बजे हुने खेलमा नेपाल लगातार तेस्रो जित हासिल गर्दै फाइनल पुग्न चाहन्छ।

सिरिजका आफ्ना दुई खेलमा नेदरल्यान्ड्स र मलेसियालाई समान ९ विकेटले पराजित गरेको नेपाल उच्च मनोबलका साथ मैदान उत्रनेछ। उता मेलसियालाई १५ रनले पराजित गरेको नेदरल्यान्ड्स दोस्रो जितको खोजीमा हुनेछ।

आजको खेलमा नेपालले नेदरल्यान्ड्ससलाई पराजित गरे एक खेलअगावै फाइनलमा पुग्नेछ।

नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपाली टोलीले ओपनर कुशल भुर्तेल र आसिफ शेखलाई नै प्रयोग गर्ने सम्भावना छ।

यी दुई ओपनरले दुवै खेलमा कीर्तिमानी प्रर्दशन गरिरहेका छन्। जसले विश्व टी–२० आई क्रिकेटमा दुर्लभ विश्व कीर्तिमान बनाएका छन्।

सोमबार भएको खेलमा मलेसियाविरुद्ध १ सय २ रनको शतकीय साझेदारी गरेको यो जोडिले नयाँ कीर्तिमान कायम गरेका हुन्। नेदरल्यान्ड्सविरुद्ध पहिलो खेलमा पनि शतकीय साझेदारी गरेका शेख र भुर्तेलले विश्व टी–२० आई क्रिकेटमा लगातार दुई खेलमा दुई शतकीय साझेदारी गर्ने विश्वका पहिलो जोडी बनेका छन्।

सिरिजअन्तर्गत दुई खेलमा लगातार उच्च प्रर्दशन गर्दै नेपालले टी–२० आई वरियतामा पनि आफ्नो स्थान सुधार गरेको छ। १५औं स्थानमा रहेको नेपाल १४औं स्थानमा उक्लिएको हो।

हेड टु हेड
नेपाल र नेदरल्यान्ड्सबीच हालसम्म भएका ५ भेटका नतिजा हेर्ने हो भने नेपालले ३ खेलमा जितेको छ। एक खेलमा नेदरल्यान्ड्सले जित्दा एक खेल वर्षाका कारण नतिजाविहीन हुन पुगेको थियो।

सन् २०१५ मा भएको खेलमा नेदरल्यान्ड्सले नेपाललाई १५ रनले पराजित गरेको थियो। अर्को खेलमा भने नेपालले ३ विकेटले जितेको थियो।

सन् २०१८ मा मेलवर्नमा भएको त्रिकोणात्मक सिरिज वर्षाका कारण नतिजाविहीन बनेको थियो। सन् २०१९ मा यी दुई टोलीको भेट हुँदा नेपालले ४ विकेटले जितेको थियो।

आज सेतो मच्छेन्द्रनाथको रथयात्रा, राष्ट्रपतिले दर्शन गर्ने

काठमाडौँ- वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोना सङ्क्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर गर्ने तयारी गरिएको छ ।

रथयात्राका लागि दिउँसो चार बजे केलटोलबाट देवताको खट दरबारमार्गस्थित तीनधारा पाठशालाअघि लगिने छ । जात्रामा सहभागी हुनेले अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्था गरिएको सेतो मच्छेन्द्रनाथ रथ व्यवस्थापन समितिले जनाएको छ ।

जात्राका लागि काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागसँगको सहकार्यमा निःशुल्क मास्क दिने व्यवस्था मिलाइएको छ ।

वैशाख २ गते काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा गुठी संस्थान, सेतो मच्छेन्द्रनाथका पुजारी, रथयात्रा मार्गमा पर्ने सङ्घसंस्थाका प्रतिनिधि, हिन्दू र बौद्ध धर्मावलम्बी, संस्कृतिविद्लगायत सरोकार भएका निकायका प्रतिनिधिको उपस्थितिमा भएको छलफलले स्वास्थ्य सुरक्षाका विधि अपनाएर दूरी कायम गर्ने निर्णय गरेको समितिका संयोजक नीलकाजी शाक्यले राससलाई जानकारी दिए ।

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा शुरु हुन्छ । शहरको भित्री भागमा तीन दिनसम्म रथयात्रा चल्ने गर्छ । असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्रबहालमा ल्याएर अन्त्य गरिन्छ ।

स्वास्थ्य सुरक्षाको सावधानी अपनाउन रथभन्दा १५ मिनेट अघि नै सांस्कृतिक बाजाको समूह हिँडाउने गरी तयारी गरिएको समितिका सचिव सुजीव बज्राचार्यले बताए । बाजा पहिले नै हिँडाएपछि रथ तान्न भीड नबढ्ने र सुरक्षित रुपमा रथ गन्तव्यमा लग्न सकिने विश्वास गरिएको छ ।

एक दिन रथ तानेका युवाले अर्को दिन नतान्ने व्यवस्था मिलाइएको छ । यसका लागि तीन रङको ज्याकेटको व्यवस्था गरिएको छ । जसले कोरोना सर्नबाट बच्न सकिने आशा गरिएको छ । कोरोना महामारीबाट बच्दै सांस्कृतिक गतिविधिलाई निरन्तरता दिन यस्तो व्यवस्था गरिएको हो ।

रथ निर्माणका लागि काठलगायत व्यवस्था गुठी संस्थानले गरेको शाखा काठमाडौँका प्रमुख हरिप्रसाद सुवेदीले बताए । अष्टमीका दिन कुमारीलाई पनि त्यहाँ लगेर रथयात्रा शुरु गर्ने परम्परा छ । रथयात्रा आज बेलुकी ६ बजे शुरु गरिन्छ । पहिलो दिन आज करिब ७ बजे रथ असनमा लगी राखिन्छ ।

असनमा आज राति राष्ट्रपति विद्यादेवी भण्डारीले रथको दर्शन गरी प्रसाद ग्रहण गर्ने कार्यक्रम छ । गत वर्ष कोरोना महामारीबाट बच्न बन्दाबन्दी जारी गरिएपछि सेतो मच्छेन्द्रनाथको रथयात्रा रोकिएको थियो ।

रथयात्रा रोकिएकामा हालै आर्यावलोकितेश्वर करुणामय भनेर पूजिने सेतो मच्छेन्द्रनाथको क्षमा पूजासमेत गरिएको काठमाडौँ महानगरपालिका वडा नं. २५ का अध्यक्ष शाक्यले बताए ।

सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोनाबाट बच्न सकिने गरी सम्पन्न गरेर उपत्यकाका अन्य जात्रा एवं मेलालाई पनि सहज रुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर गर्न सकिन्छ भन्ने देखाउन खोजिएको छ ।

यसका लागि सरोकार भएका सबै निकायलाई समन्वय गरेर काम गरिएको समितिका सचिव बज्राचार्यले सुनाए । रथयात्रा चलाउने मार्गमा एक घण्टा अघि नै माइकिङ गरेर सुरक्षित रुपमा जात्रा हेर्न आम मानिसलाई आह्वान गर्ने तयारी समितिको छ ।

जात्रामा सहभागी हुनुअघि र भइसकेपछि पनि साबुन पानीले हात धुन पनि समितिले अनुरोध गरेको छ ।

तीनधारा पाठशालाअघि ३२ हात लामो रथ बनाएर चैते दशैँका दिनदेखि तान्ने गरिएको छ । यो रथलाई नागराजको प्रतीक मानिन्छ ।

प्रत्येक वर्ष यो जात्रा गरेपछि वर्षा र सह हुने धार्मिक विश्वास छ । रथ दोस्रो दिन असनबाट वसन्तपुरस्थित कालभैरवअघि लगिन्छ । तेस्रो दिन वसन्तपुरबाट लगन लगेर जात्रा गर्ने परम्परा छ ।

नेपालमा कोरोनाविरूद्धको दोस्रो डोज खोप आजदेखि लगाइँदै

नेपालमा आजदेखि कोभिड–१९ को दोस्रो मात्राको खोप लगाइँदै छ ।

गत माघ १४ देखि फागुन १० गतेसम्म कोभिड–१९ को पहिलो मात्रा लगाएका व्यक्तिलाई दोस्रो मात्राको खोप लगाउन लागिएको स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिए ।

उनका अनुसार उक्त अवधिमा पहिलो मात्रा खोप लगाएका व्यक्तिले आजदेखि ११ गतेसम्म आफूलाई पायक पर्ने खोप केन्द्रमा गई खोप लगाउने छन् । पहिलो खोप अभियानअन्तर्गत विभागले भारत सरकारको अनुदानमा प्राप्त र खरिद गरेको ‘कोभिशिल्ड’ खोपको मात्रा दिइएको थियो ।

कसले कहिले लगाउने ?

विभागले गत माघ १४ देखि १७ तथा माघ २६ देखि २९ गतेसम्म पहिलो मात्रा लगाएकाले वैशाख ७ गते, माघ १८ देखि २२ गते र फागुन २ गते लगाएकाले यही वैशाख ८ गते, माघ २३ र फागुन ३ गतेदेखि ५ गतेसम्म लगाएकाले वैशाख ९ गते, माघ २४ गते र फागुन ६, ८ र ९ गते लगाएकाले वैशाख १० गते र माघ ३० र फागुन ७ तथा १० गते लगाएकाले वैशाख ११ गते दोस्रो मात्राको खोप लगाउनका लागि भनेको छ ।