पोई पर्यो कालेबाट गोपाल ढकाल ‘छन्दे’ बने सर्वोत्कृष्ट हास्यअभिनेता

विगत डेढ दशकदेखि नेपाली कलाकारिताका क्षेत्रमा समर्पित चर्चित तथा सफल हाँस्यकलाकार गोपाल ढकाल छन्देले मिति २०७८ असोज १३ गते काठमाण्डौँको जमलस्थित नाचघरमा भएको क्वालिटी ईन्टरटेन्मेन्ट अवार्डमा २०७६ सालमा रिलिज भएको सुपर हिट चलचित्र पोइ पर्यो काले बाट सर्वोत्कृत्ट हाँस्य अभिनेताको अवार्ड चुम्न सफल भएका छन् ।
क्वालिटी फिल्मस् प्रा लिको को आयोजनामा भएको उक्त अवार्डमा फिल्म,म्युजिक,फेशन का विभिन्न बिधामा अवार्ड वितरण गरिएको थियो । उमेश गुरुको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय सभाका माननिय श्री गणेश प्रसाद तिमल्सिना प्रमुख अतिथि, पूर्व सेनापति श्री राजेन्द्र क्षेत्रीे बिशेष अतिथि रहनु भएको थियो भने कार्यक्रमको संचालन आवाजका दुनियाका साथी दिनेश डि सीले गर्नुभएको थियो । चलचित्र बिकास वोर्डका अध्यक्ष दयाराम दाहाल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र निर्देशक समाजकी पूर्व अध्यक्ष एवं प्रथम चलचित्र महिला निर्देशक शुचित्रा श्रेष्ठको हातबाट ढकालले सर्वोत्कृत्ट हाँस्यअभिनेताको अवार्ड चुम्न सफल भएका छन् ।
पश्चिम नेपालको गण्डकी प्रदेश अन्तर्गत तनहुँ जिल्लाको भिमादमा पिता स्व. श्री चुडामणी ढकाल र माता टेलुका माया ढकालको गर्भबाट सन् १९८६ फेब्रुअरी १८ मा कलाकार गोपाल ढकाल छन्देको जन्म भएको हो । समयको गतिसँगै राजधानी काठमाडौँलाई अध्ययन र कलाकर्म साधनाको केन्द्र बनाउनु भएका गोपाल ढकाल छन्देको प्रारम्भिक शिक्षा भिमाद २ तनहुँस्थित श्री बाल विद्याश्रम प्राथमिक विद्यालयबाट सुरु भएको हो ।
जीवनलाई सार्थक बनाउनका लागि इमान्दार,मेहेनती र नैतिकवान भएर आफूले रोजेको कर्ममा लाग्नुपर्छ भन्ने गोपाल ढकाल सामान्य स्टेज कार्यक्रमदेखि सडक नाटक,टेलिचलचित्र,ठूलो पर्दाका दर्जनौँ नेपाली कथानक चलचित्र लगायत युरोप,युकेका विभिन्न देशहरुमा साथै एसियाका आधा दर्जनभन्दा बढी राष्ट्रहरुमा आफ्नो प्रस्तुति पस्किसकेका प्रतिभा हुन् । हाँस्यकलाकार गोपालले भारतीय राजदुताबासको छात्रवृत्तिमा,भारतको पुणेमा अवस्थित फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया (एफ टि आई आई)बाट अभिनयको विशिष्ट कोर्स पुरा गरेका छन् । कलाकारिता र कलाकर्मको दौडानमा बेल्जियम,जर्मनी,फ्रान्स,नेदरल्याण्डस,लग्जमबर्ग,बेलायत,स्कटल्याण्ड,वेल्स,कतार,दुबई,मलेसिया,थाईल्याण्ड,लाओस जस्ता देशको भ्रमण गरिसकेका उनी एक परिपक्व,रसिक र भर्सटाईल व्यक्तित्व हुन् ।
नेपाली मौलिकता र स्वपनलाई कलामा ज्यादा प्राथमिकता दिने कलाकार ढकाल तितो सत्य टेलि श्रृंखलाबाट उदाएका हाँस्यकलाकार हुन् । अभिनय प्रशिक्षकका रुपमा काम गरेका ढकाल अनुभवि अभिनय प्रशिक्षक समेत हुन् । विभिन्न टिभी प्रोग्राम,सयौँ स्टेज कार्यक्रम साथैे दर्जनौँ टेलिभिजन च्यानलबाट लाईभ प्रस्तुति समेत दिईसकेका छन् । जीवनको हरेक क्षणलाई खुसीका साथ अगाडि बढाउनुपर्छ भन्ने मान्यता राख्ने गोपालले नेपाली सिने जगतका चर्चित चलचित्रहरु सावधान, भाइमारा, विष, छ एकान छ, दाइको ससुराली, दानवीर, देशदेखि विदेश, हात लाग्यो शून्य, इशारा, जंगबाज, खोज, मन परेपछि, नमस्ते, पहिलो पहिलो माया, नमस्ते नेपाल, पर्खीबसेँ, सपनाको नौलो संसार, वडा नं छ ,युद्ध, लभ यु हमेशा, पोइ पर्यो काले,चिट्ठी आदिमा अभिनय गरेर दर्शकको मन जितिसकेका छन् ।
नेपाली, हिन्दी, अंग्रेजी भाषामा पारंगत उनको मूल पहिचान हाँस्यकलाकार भएपनि उनको चरित्र निर्वाह बहुआयमिक,भर्सटाइल र अत्यन्तै प्रभावशाली पाईन्छ । देश विदेशका विभिन्न अवार्डहरु, सम्मानहरुबाट सम्मानित उनी बेस्ट कमेडियन आर्टिस्टका रुपमा सुपरिचित छन् । उत्कृष्ट हाँस्य अभिनेताको अवार्डले आफूमा अझै कर्म गर्ने जोश,जाँगर बढेको र आगामि दिनमा अझै सक्रिय रुपमा नयाँ नयाँ चरित्र मार्फत दर्शकको मन जित्ने गोपालले बताए ।

 

 

भोलि देखि २२ करोडको IPO खुल्दै, कति दिने आवेदन?

न्यादी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने मिति तय भएको छ । न्यादीले असोज १५ गते अर्थात भाेलीबाट रु. २२ करोड ५० लाखको आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १०० अंकित दरका कुल २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ।

कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ४५ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी २० लाख ९२ हजार ५०० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

न्यादी हाइड्रोपावरको आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ। यो आईपीओको निष्कासन बन्द छिटोमा असोज १९ गते र ढिलोमा असोज ३१ गते बैंकिङ समयपछि हुनेछ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थारु र तिनका शाखा कार्यालयका साथै मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ।

कम्पनीले गत साउन ११ गते धितोपत्र बोर्डबाट आईपीओ निष्कासन अनुमति पाएको थियो। सोहीअनुसार पहिलो चरणमा कम्पनीले गत भदौ १ गतेदेखि भदौ १५ गतेसम्म आयोजना प्रभावित लमजुङको मर्स्याङ्दी गाउँपालिकाका स्थानीय र लमजुङका अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाका लागि गरी १५ लाख कित्ता आईपीओ बिक्री गरिसकेको छ। कम्पनीको यो आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

कम्पनीले लमजुङ जिल्लामा ३० मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ। प्रतिमेगावाट लागत अनुमान २० करोड ३९ लाख २५ हजार रहेको छ।

कुल लगानी अनुमान ६ अर्ब ११ करोड ७७ लाख रहेको छ। साधारण लगानी फिर्ता हुने अवधि ७.७३ वर्ष तथा डिस्काउन्टेड लगानी फिर्ता हुने अवधि १३.८२ वर्ष रहेको छ। आर्थिक सन्देशले लेखेकाे छ ।

शेयर बजारमा ३२ अंकको गिरावट

शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार शेयर बजारमा गिरावट आएको छ । यो साता बुधबारमात्र शेयर बजार उकालो लागेको थियो ।

बिहीबार बजार मापक परिसूचक नेप्से ३२.५१ अंकले घटेर २६३३.४२ को बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक पनि ६.४१ अंकले घटेर ४९७.०५ को बिन्दुमा झरेको छ ।

बिहीबार १ बजेसम्म हरियाली देखिएको बजार त्यसपछि भने घटेर राताम्य भएको थियो ।

यसदिन १३ वटा उपसमूहमध्ये ३ वटा उपसमूहमा मात्र हरियाली आएको छ । ट्रेडिङ, अन्य र म्युचुअल फण्डमामात्र वृद्धि हुँदा अन्य १० वटा उपसमूहमा गिरावट आएको हो ।

यसदिन २२५ कम्पनीका ७३,२१,०१४ कित्ता शेयर किनबेच हुँदा ३,७०,००,२९,५०७ रुपैयाँको कारोबार भएको छ ।

कार्यक्रम व्यवस्थापन संघ नेपालको महासचिवमा सोनित राज ढुंगेल निर्वाचित

कार्यक्रम व्यवस्थापन संघ नेपालको महासचिवमा सोनित राज ढुंगेल निर्वाचित भएका छन ।
हिजो सम्पन्न कार्यक्रमका वीच नव निर्वाचित कार्यसमिति सदस्य तथा सदस्यहरुलाई प्रमाण पत्र वितरण कार्यक्रमबाट औपचारिक रुपमा भवानी ईन्टरटेनमेन्टका प्रमुख तथा संचारकर्मी सोनितराज ढुंगेल आगामी २ वर्षे कार्यकालका लागि निर्वाचित भएका हुन ।
नेपालभर विविध कार्यक्रमहरु फेशन शो, अवार्ड कार्यक्रम, सौन्दर्य प्रतियोगिता, मेला महोत्सव,खेलकुद प्रतियोगिता प्रतिभा प्रदर्शन प्रतियोगिता लगायत कार्यक्रमहरु आयोजना गर्दै आईरहेका कार्यक्रम आयोजकहरुको छाता संगठनको रुपमा ३ वर्ष अगाडी स्थापना भएको कार्यक्रम व्यबस्थापन संघले छोटो समय र महामारीका संकट वीच लोकप्रियता कमाए संगै धेरै ईभेन्ट व्यबसायीहरुलाई एकजुट बनाई एकै स्थानमा समेट्न सफल भएको छ । एएनपी मिडिया हाउसका प्रमुख लब बहादु कार्कीको अध्यक्षतमा हालैको साधारण सभाबाट निर्वाचित अन्य पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्ष शान्ता कुमारी तामाङ्ग, उपाध्यक्ष राज लुईटेल, उपाध्यक्ष (महिला) सावित्री ढुंगाना, सचिव (अनुगमन)डेविल सिंह राजपुत,सचिव समिर लामा कोषाध्यक्ष टेकराज पाण्डे,सहकोषाध्यक्ष गोकर्ण लामीछाने, कार्यसमिति सदस्य तृष्णा गुरुङ्ग र सपना राई रहेका छन ।

चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आतिथ्यतामा हालै सम्पन्न प्रथम वार्षिक साधारण सभाबाट निर्वाचित पदाधिकारीलाई संघका वरिष्ठ सल्लाहकार वरिष्ठ गायक सिताराम पोखरेल, वरिष्ठ सल्लाहकार विश्व किर्तिमानी गितकार डा।डिआर उपाध्यायको निर्वाचन समितिले गराएको निर्वाचन पश्चात निर्वाचित भएका पदाधिकारीहरु तथा मनोनित सदस्यहरुलाई पूनस् चलचित्र बिकास बोर्डका अध्यक्षकै प्रमुख आतिथ्यता तथा सल्लाहकारद्धय पोखरेल र डा।उपाध्यायकै विशेष आतिथ्यतामा आयोजित उक्त प्रमाणपत्र वितरण तथा स्वागत समारोहमा देशभरबाट ६० भन्दा बढी कार्यक्रम आयोजकहरुको उपस्थिती रहेको थियो । बत्तिसपुतली स्थित होटल तपसमा आयोजित उक्त कार्यक्रममा संचारकर्मीहरु कुवेर गिरी,गिता अधिकारी,सुरेन्द्र थापा,कुलराज लगायत अन्य व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
निर्वाचित पदाधिकारी तथा मनोनित सदस्यहरुलाई प्रमुख अतिथी दाहाल विशेष अतिथीहरु बरिष्ठ गायक तथा संघका सल्लाहकार पोखरेल र डा।उपाध्यायले शुभकामना दिएका थिए ।
नायक श्रीदेव भट्राईले संचालन गरेको कार्यक्रममा संघको तर्फबाट अध्यक्ष कार्कीले स्वागत मन्तव्य राखेका थिए भने महासचिव सोनीतराज ढुंगेलबाट संघको उद्देश्य र गतिविधि एवं सचिव समिर लामाले कार्यक्रमको समापन गरेका थिए ।

 

भीडभाड बढेपछि कोरोनाको जोखिम, उपत्यकामा कडाई

काठमाडौं जिल्लामा आज (बिहीबार) राति १२ बजेदेखि लागू हुने गरी अनावश्यक रुपमा भिडभाड, मेला र महोत्व गर्न रोक लगाइएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालद्वारा जारी आदेशमा घर बाहिर मानिसहरु जम्मा हुन नपाउने, भिडभाड गर्न नपाउने, सभा जुलुस गर्न नपाउने, जात्रा महोत्सव र भोज आदि गर्न नपाउने भनिएको छ।

अर्को आदेश नभए सम्मका लागि यस्तो व्यवस्था लागू गरिएको हो। कोभिड १९ को संक्रमण कायमै रहेकाले नजिकिँदै गरेका चाडपर्वहरु पनि सांकेतिक रुपमा मात्रै मनाउन आदेशमा भनिएको छ।

केपी ओलीले धोका दिएको भन्दै प्रभु साह आक्रोशित

नेकपा (एमाले) का नेता प्रभु साहले आफूहरुप्रति एमाले अध्यक्ष केपी शर्मा ओलीले धोकाबाजीको राजनीति गरेको आरोप लगाएका छन् । उनले भने,‘हामीले नेकपाको अ‍ोलीजीलाई साथ दिएको हो, उहाँले नेकपा एमाले व्युँतिएपछि हामीसँग पनि कि त राय लिनुपर्दथ्यो । हामीलाई उहाँले के भनिराख्नुभयो भने यो नेकपाकै निरन्तरता हो । कानूनी रुप र प्राविधिक ढंगले एमाले भनिएपनि हुनै सक्दैन भन्नुभएको थियो । केपी ओलीले अहिले अगाडिको बाटो नभएर पछाडिको बाटो लिईरहनुभएको छ । यसले उहाँलाई पनि फाईदा गर्दैन् । कम्युनिष्ट आन्दोलनलाई पनि फाईदा गर्दैन् ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले एमालेमा सह–अस्तित्वको राजनीतिक संस्कार नै नभएको जिकिर गरे । एमालेमा अग्रगमन चाहनेहरुमाथि निषेधको राजनीति हाबी भएको पनि उनको टिप्पणी छ । अध्यक्ष ओलीले विगतमा भएका सहमतिहरु पनि नमानेको र सहमति उल्टाउने काम गरेको उनको आरोप छ ।

उनले भने,‘हामीसँग भएका कमिटमेन्ट पालना गरिएन । हामीसँग एक ढंगको धोका हुँदैछ ।’ एमालेमा अहिले परिवर्तकारी नेताहरु पनि चिन्तामा रहेको उनको भनाई छ । उनले एमालेको अवस्था यथास्थिति रह्यो भने यो पार्टीको कुनै भविष्य नरहेको जिकिर गरे । उनले आफूले यही अवस्थाको एमाले नस्विकार्ने पनि घोषणा गरे ।

कार्यक्रम व्यवस्थापन संघमा दुई वर्षे कार्यकालका लागि कार्कीको नेतृत्व

कार्यक्रम व्यवस्थापन संघ नेपालले नयां नेतृत्व पाएको छ । हिजो सम्पन्न कार्यक्रमका वीच नव निर्वाचित कार्यसमिति सदस्य तथा सदस्यहरुलाई प्रमाण पत्र वितरण कार्यक्रमबाट औपचारिक रुपमा संघले एएनपी मिडिया हाउसका प्रमुख लब बहादुर कार्कीको अध्यक्षमा संघले आगामी २ वर्षे कार्यकालका लागि नयां नेतृत्व पाएको हो ।
नेपालभर विविध कार्यक्रमहरु फेशन शो, अवार्ड कार्यक्रम, सौन्दर्य प्रतियोगिता, मेला महोत्सव,खेलकुद प्रतियोगिता प्रतिभा प्रदर्शन प्रतियोगिता लगायत कार्यक्रमहरु आयोजना गर्दै आईरहेका कार्यक्रम आयोजकहरुको छाता संगठनको रुपमा ३ वर्ष अगाडी स्थापना भएको कार्यक्रम व्यबस्थापन संघले छोटो समय र महामारीका संकट वीच लोकप्रियता कमाए संगै धेरै ईभेन्ट व्यबसायीहरुलाई एकजुट बनाई एकै स्थानमा समेट्न सफल भएको छ । कार्कीको अध्यक्षतमा हालैको साधारण सभाबाट निर्वाचित अन्य पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्ष शान्ता कुमारी तामाङ्ग, उपाध्यक्ष राज लुईटेल, उपाध्यक्ष महिला सावित्री ढुंगाना,महासचिव सोनित राज ढुंगेल, सचिव (अनुगमन)डेविल सिंह राजपुत,सचिव समिर लामा कोषाध्यक्ष टेकराज पाण्डे,सहकोषाध्यक्ष गोकर्ण लामीछाने, कार्यसमिति सदस्य तृष्णा गुरुङ्ग र सपना राई रहेका छन ।

चलचित्र बिकास बोर्डका अध्यक्ष  दयाराम दाहालको प्रमुख आतिथ्यतामा हालै सम्पन्न प्रथम वार्षिक साधारण सभाबाट निर्वाचित पदाधिकारीलाई संघका वरिष्ठ सल्लाहकार वरिष्ठ गायक  सिताराम पोखरेल, वरिष्ठ सल्लाहकार विश्व किर्तिमानी गितकार डा.डिआर उपाध्यायको निर्वाचन समितिले गराएको निर्वाचन पश्चात निर्वाचित भएका पदाधिकारीहरु तथा मनोनित सदस्यहरुलाई पून: चलचित्र बिकास बोर्डका अध्यक्षकै प्रमुख आतिथ्यता तथा सल्लाहकारद्धय पोखरेल र डा.उपाध्यायकै विशेष आतिथ्यतामा आयोजित उक्त प्रमाणपत्र वितरण तथा स्वागत समारोहमा देशभरबाट ६० भन्दा बढी कार्यक्रम आयोजकहरुको उपस्थिती रहेको थियो । बत्तिसपुतली स्थित होटल तपसमा आयोजित उक्त कार्यक्रममा संचारकर्मीहरु कुवेर गिरी,गिता अधिकारी,सुरेन्द्र थापा,कुलराज लगायत अन्य व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
निर्वाचित पदाधिकारी तथा मनोनित सदस्यहरुलाई प्रमुख अतिथी दाहाल विशेष अतिथीहरु बरिष्ठ गायक तथा संघका सल्लाहकार पोखरेल र डा.उपाध्यायले शुभकामना दिएका थिए ।
नायक श्रीदेव भट्राईले संचालन गरेको कार्यक्रममा संघको तर्फबाट अध्यक्ष कार्कीले स्वागत मन्तव्य राखेका थिए भने महासचिव सोनीतराज ढुंगेलबाट संघको उद्देश्य र गतिविधि एवं सचिव समिर लामाले कार्यक्रमको समापन गरेका थिए ।


संस्थाकोे प्रगतिशिल कार्यक्रम व्यवस्थापकहरुको अथक मिहिनेत र प्रयासले जन्मिएको यस संघको निकै ठूलो आवश्यकता देखिएको थियो ।
हाल करिब देशभरबाट ६० भन्दा बढी सक्रिय कार्यक्रम व्यवस्थापकरुको आफ्नो ईभेन्ट कम्पनीलाई यस संघ भित्र समेटेको छ भने, पहिलो शाखा विस्तारको रुपमा १ नं प्रदेश गठन गरि प्लानेट मल्टिमिडियाका मोनित महर्जनको नेतृत्वमा पूर्वबाट थप सदस्यता विस्तार तिव्र रुपमा हुदै गईरहेको जानकारी संघले दिएको छ । देशभर शाखा संजाल विस्तार गर्दै लैजाने पहिलो प्राथमिकतामा परेको विषयलाई निरन्तरता दिदै थप जिल्ला तथा प्रदेशहरुमा शाखा खोल्दै लैजाने संघको प्रेश विज्ञप्तीमा जनाईएको छ ।

स्वदेश फर्किए परराष्ट्रमन्त्री डा.नारायण खड्का

परराष्ट्रमन्त्री डा.नारायण खड्का राष्ट्रसंघीय महासभामा भाग लिएर बिहीबार स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा भाग लिएर उनी बिहीबार बिहान स्वदेश आइपुगेका हुन् ।

६ असोजमा महासभामा सहभागी हुन न्युयोर्क पुगेका उनले ११ असोजमा महासभालाई सम्बोधन गरेका थिए ।

‘आशाको माध्यमबाट लचिलोपन निर्माणका साथ कोभिड–१९ बाट पुनःस्थापना, दिगो पुनर्निर्माण, पृथ्वीको आवश्यकता पूरा गर्न तथा जनताका अधिकारलाई सम्मान गर्दै संयुक्त राष्ट्रसङ्घलाई पुनर्जागृत गराउने’ विषयमा उनले नेपालको धारणा राखेका थिए ।

परराष्ट्रमन्त्री डा. खड्काले भारत, कुवेत, बंगलादेशका प्रतिनिधिसँग साइडलाइन वार्ता गरेका थिए । महासभामा आफूले कोभिड नियन्त्रणका लागि सबै देशका नागरिकलाई खोप, आतंकवादको अन्त्यबारे धारणा राखेको उनले पत्रकारहरूलाई बताए । न्युयोर्कमा रहँदा उनले राजनीतिक समझदारीमा एमसीसी अनुमोदन गरेर कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।

पाथीभरा दर्शन गर्न अब इलामको २ स्थानबाट हेलिकप्टर लाग्ने, भाडादर कति ?

स्वदेशी पर्यटकको प्रमुख गन्तव्य बनेको इलामको कन्यामबाट पूर्वकै प्रशिद्ध तीर्थ स्थल ताप्लेजुङको पाथीभरा मन्दिरमा अब हेलिकप्टरले सोझैं दर्शनका लागि लैजाने भएको छ ।

विजया दशमीको अवसर पारेर इलामको पर्यटकीय स्थल कन्याम र कुटीडाँडाबाट असोज २१ देखि २९ गतेसम्म पाथीभरा दर्शनका लागि लैजाने भएको हो ।

सीता एयरका स्टेसन मेनेजर तथा माउन्टेन हेलिकप्टरका कोअडिनेटर राम अधिकारीका अनुसार, दशैँमा पर्यटकलाई पाथीभरा लैजान टिकट बुकिङ खुला गरिसकेको छ ।

अधिकारीले कन्याम र कोल्बुङ क्षेत्रबाट दिनमा दुई पटक उडान भरिने जानकारी दिए । मौसमको अनुकुलता हेरेर कन्यामबाट र त्यहाँबाट नसके कुटीडाँडाबाट दिनमा दुई पटक उडान भरिने भएको छ ।

कन्याममा प्राय कुहिरो लागिरहने गर्दछ । अधिकारीका अनुसार एक पटकमा पाँचजना पर्यटक बोक्ने क्षमता भएको माउन्टेन हेलिकप्टरले कन्याम–पाथीभराको प्रतिव्यक्ति भाडादर ३५ हजार तोकेको छ ।

कन्यामबाट ३५ मिनेटमा पाथीभरा पु-याएर एक घण्टासम्म पाथीभरा दर्शन गराएर उक्त हेलिकप्टरले पर्यटकलाई कन्याम ओराल्ने जनाएको छ ।

स्टेसन मेनेजर अधिकारीले भने, ‘पाथीभरा दर्शनमा जाने बिरामी, अशक्त र पर्यटकलाई मध्यनजर गरी सेवा सुरु गरेका हौँ, उनले भद्रपुरभन्दा कन्यामबाट भाडादर सस्तो भएको जानकारी दिए ।

राजमार्ग भएर पाथीभरा पुग्न सवारी निक्कै कठिन पर्ने गरेको छ । ताप्लेजुङको सुकेटार विमान स्थलबाट एक दिनको पैदलयात्रा गरेपछि मात्र पाथीभरा पुग्न सकिन्छ ।

विजया दशमीको अवसर पारेर कन्यामबाट पाथीभरा, पाँचथरको तिम्बुङपोखरी र ताप्लेजुङको सुकेटार विमान स्थलबाट पनि सोझैं पाथीभरा दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।