बिजुली गइरहने समस्या समाधान हुन्छ: कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले बिजुली गइरहने समस्या समाधान हुने दाबी गरेका छन् । विद्युतको खपत बढेकाले ट्रान्सफर्मर परिवर्तन गर्नु परेकाले बेलाबेला विद्युत जाने गरेको उनले बताए । शुक्रबार प्रधिकरणमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी निर्देशक घिसिङले भने, ‘विगत ३/४ दिनदेखि विद्युत आपूर्तिमा केही समस्याहरु देखियो भन्ने जनगुनासोहरु आयो । यो समस्या देशभित्र सबैतिर भएको समस्या होइन । सप्लाई नपुगेको हुनाले हाआपूर्ति नभएको पनि होइन ।’ बेलुकाको पिक लोड अहिले करिव १७ सय मेगावाट र बिहानको करिब साढे १५ सयदेखि १६ सय मेगावाट रहेको उनले सुनाए । अपर तामाकोशी आइसकेपछि बिहान र बेलुकाको पिकलाई सहज भएको भन्दै उनले भने, लोडअनुसार हामीले ट्रान्सफर्मरहरु फेर्ने काम गरिरहेका छौँ । केही फिडरहरुमा पनि आगलागी भयो ।’

सबै तहका निर्वाचन तोकिएकै मितिमा हुने: गृहमन्त्री बालकृष्ण खाँण

गृहमन्त्री बालकृष्ण खाँणले सबै तहका निर्वाचन तोकिएकै मितिमा सकिने बताएका छन् । पोखरामा पत्रकारहरूसँग कुरा गर्दै उनले निर्वाचनको मितिभित्र शान्तिपूर्ण ढंगले सक्ने बताए । ‘सबै निर्वाचनहरू समयमै सम्पन्न हुन्छन् । सरकारले शान्ति सुरक्षा प्रदान गर्नेछ,’ उनले भने, ‘स्वतन्त्र र भयमुक्त वातावरणमा जनताले मत दिएका र विश्वास पाएका प्रतिनिधि छनोट हुनेछन् ।’ उनले समय भने तोकेनन् ।

नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक हुदै

नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बसिरहेको छ । बैठक प्रज्ञा भवन कमलादीमा जारी छ । बन्दसत्रमा पेश भएका राजनीतिक प्रतिवेदन र विधान मस्यौदामा प्रतिनिधिहरुले उठाएका प्रश्नहरुको जवाफ दिनुअघि माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेको हो ।

भिजिबिलिटी अत्यन्त कम भएकाले विमानस्थलमा अवतरण र उडान प्रभावित

काठमाडौं उपत्यकामा बाक्लो हुस्सु र कुहिरो लागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरु बन्द भएका छन् । जहाजहरू अवतरण पनि हुन सकेका छैनन् । भिजिबिलिटी अत्यन्त कम भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहानैदेखि उडान अवतरण रोकिएको विमानस्थल कार्यालयले जनाएको छ ।

प्रधानन्यायाधीश जबराको परिवार सदस्य र आफन्तका सम्पत्ति छानबिन हुँदै

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको परिवारका सदस्य र अन्य आफन्तका नाममा रहेको सम्पत्ति छानबिन सुरु गरेको छ । विभागले उपसचिव मोहन ढकाल र शाखा अधिकृत कृष्ण मैनालीलाई अनुसन्धान अधिकृत तोकेर छानबिन थालेको हो ।

बृहत् नागरिक आन्दोलनका तर्फबाट डा. गोविन्द केसीले गत आइतबार विभागमा उजुरी दिँदै जबराको परिवार र आफन्तका नाममा रहेको सम्पत्ति अनुसन्धानका लागि ध्यानाकर्षण गराएका थिए । ध्यानाकर्षण पत्रसहितको उक्त उजुरीमा प्रधानन्यायाधीश जबरा, उनका भाइ, श्रीमती र परिवारका अन्य सदस्य एवं नातेदार, बिचौलियाको समेत काम गर्ने उनीनिकटका न्यायाधीश र संवैधानिक अंगका पदाधिकारीलगायत मिलेर संगठित गिरोह खडा गरी सम्पत्ति शुद्धीकरण गरेको भन्दै छानबिन गर्न माग गरिएको थियो ।

पछिल्लो २४ घण्टामा विश्वभर १८ लाख २९ हजार कोरोना संक्रमित थपिए

विश्वभर पछिल्लो २४ घण्टामा १८ लाख २९ हजार कोरोना संक्रमित थपिएका छन्। ओर्ल्डोमिटरकाअनुसार यही अवधिमा ५ लाख २० हजार जना संक्रमणमुक्त भएका छन् भने ६ हजार ३९६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

भलिबल च्याम्पियन टिम स्वादेश फर्केका छन्

बंगलादेशमा एसियन सेन्ट्रल जोन सिनियर वुमेन्स भलिबल च्यालेन्ज कपको उपाधि चुमेको नेपाली टिम बिहीबार स्वदेश फर्किएको छ । अरुणा शाहीको कप्तानीमा रहेको नेपाली टिमले बंगलादेशको मीरपुरमा साहिद सुरवार्दी नेसनल इन्डोर स्टेडियममा मंगलबार सम्पन्न फाइनलमा उज्वेकिस्तानको कठिन चुनौती ३–२ ले पन्छाउँदै उपाधि रक्षा गरेको थियो ।

र्‍यापर आशिष राना ‘लाउरे ‘प्रहरी द्वारा पक्राउ

चर्चित र्‍यापर आशिष राना ‘लाउरे’ पोखराबाट पक्राउ परेका छन् । बुधबार राति पोखराको न्युरोडबाट लागूऔषध ब्राउनसुगर किन्न लागेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले सन्चार माध्यामहरु लाई जनाएको छ

प्रहरीले रानासँगै उनका चार जना साथीलाई पनि पक्राउ गरेको छ ।

के लोकतन्त्रको सुन्दर मुहार यही हो ?

-डा.डिआर उपाध्याय,

हाम्रो देशमा बिकास र समृद्धिका कुरा चल्न थालेको धेरै भयो । तर अझै पनि राजनीतिक दल र तिनका नेताहरु बिकास र समृद्धिका कुरा गर्न थाकेका छैनन् । बिकास र समृद्धि कुराले मात्र हुन्छ की काम पनि गर्नु पर्छ ? जनताको त्याग , तपस्या, बलिदान र जनताको बलमा ब्यवस्था बदलियो तर जनताको अबस्था बदलिन सकेन । ३० वर्ष सम्म उनै पात्रहरु पालै पालो शासन सत्तामा दोहोरिएका छन । जनताले उनीहरुबाट के आश गर्ने ? लोकतन्त्रको नाममा नेता र दल पाल्ने काम बाहेक केही भएको छैन । सरकारी ढुकुटी हरेक बर्ष नेता पाल्दा पाल्दै सकिने गर्दछ ।

देशमा ७ सालदेखि परिवर्तनका लागी जनता लडदै आएका हुन । जनताले देशको अबस्था बदल्न ब्यवस्था परिवर्तन गरेका हुन । नेताहरुलाई सुख सयल र आरामको जिन्दगी बिताइदिन जनताले यो ब्यवस्था परिवर्तन गरेका होइनन् । देशमा महँगी बढेको बढै छ । जनता मारमा छन । विदेशी ऋणको भार छ । के लोकतन्त्रको सुन्दर मुहार यही हो ? जनता जाडोमा शीतलहरमा, गर्मीमा चट्याङ र हुरी बतासमा, वर्षामा बाढी र पहिरोमा, कहिले अप्रत्याशित भूकम्प, कहिले कोरोना र ओमिक्रोनको त्रासमा बाँच्नु परेको छ । लामो समयदेखि पुरानै राजनीतिक पात्रहरुले पालै पालो सरकार चलाउदै आएका छन ।

४६ को परिवर्तनपछि अधिकांश समय लोकतन्त्रवादी नेपाली कांग्रेसले देशमा सरकार चलाएको छ । सबैजसो सरकारमा कम्युनिस्टहरूले सत्ताको साझेदारी गरी नै रहेका छन् । जनताले दुई तिहाइको कम्युनिस्ट सरकार बनाइदिएका पनि हुन् । तर कम्युनिष्टलाई पनि दुई तिहाई बहुमत पचेन । बर्तमान कांग्रेस सरकार पनि कम्युनिस्टकै बैशाकी टेकेर बनेको हो । यो परमादेशको सरकार पनि हो । कसैले हल्लाउन नसक्ने गरी कम्युनिष्टलाई जनताले दुईतिहाई मत दिए तर नेताहरुको घमण्डले मातिएर चिराचिरामा परे । कम्युनिस्टहरूको यो शैली देखेर जनता भने वाक्कदिक्क भएका छन् ।

यहाँ जग्गा प्लटिङमा दलकै मान्छे छन् । केन्द्रदेखि स्थानीय तहसम्मको ठेक्कापट्टामा दलकै मान्छे छन् । निजी विद्यालय, कलेजदेखि विश्व विद्यालयसम्म दलकै छन् । सार्वजनिक जग्गा वितरणमा दलनिकट हुने गरेको छ । शैक्षिक संस्था, स्वास्थ्य क्षेत्र, होटल, डिपार्टमेन्टल स्टोर, जल विद्युत् आदिमा नेताहरूकै सेयर, लगानी भएको चर्चा छ, चिल्ला र महँगा गाडी उनैका छन । अग्ला घर, महल पनि उनैका छन । उद्यमी, व्यवसायी पनि नेता बनेका छन । अब हाम्रो देशको राजनीति कता जान खोजेको हो ?