Logo
29 Mar 2024    १६ चैत्र २०८०, शुक्रबार

ताजा खबर

‘महाजात्रा’ले महिलाको शीप र क्षमताको कदर गरेकामा हामी खुसी छौँ : वरिष्ठ ब्युटिसियन महरा बिहीबारदेखि एसइई सुरु रुस जान व्यक्तिगत श्रम स्वीकृत खुला गरिएको छैन : मन्त्री अर्याल सम्पदा अमगाई अभिनित भिडियो ‘डाँडा पारी जुन’ सार्वजनिक (भिडियो) होलीमा जथाभावी रङ्ग दल्ने दुई सय ७७ जना पक्राउ बागमती प्रदेश विद्यालय स्तरीय हस्तलेखन प्रतियोगीता:ज्योति एकेडेमीका प्रधुम्न गौतम मावितर्फ द्धितिय

मिस एण्ड मिस्टर टुरिजम एण्ड कल्चर यूनिभर्स नेपाल–२०१९ को उपाधि ओजस्वी र पुस्करको हातमा

admin

 

काठमाडौँ, माघ— ३

प्लानेट मल्टिमिडिया इन्टरनेशनलले काठमाडौं आयोजना गरेको ‘मिस एण्ड मिस टुरिजम एण्ड कल्चर यूनिभर्स नेपाल–२०१९’ को उपाधि ओजस्वी श्रेष्ठ तथा पुस्कर अधिकारीले जितेका छन् ।

राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा अंकिता थापा तथा कोमल कुव“रले फस्ट रनर्स अप तथा रोजिता श्रेष्ठ तथा पृथ्वी मल्लले सेकेण्ड रनर्स अपको उपाधि जितेका छन् ।

Mr and Miss tourism

प्रदेश नम्बर ३ स्तरिय उक्त प्रतियोगितामा १८ जना प्रतियोगिले सहभागिता जनाएका थिए । प्रतियोगितामा सोनम शेर्पाले पब्लिक च्वाइस एवार्ड जित्न सफल भए । प्रतियोगिताका विजेताहरु पस्मिना रोयल नेपालले विभिन्न उपहारहरु प्रदान गरेको थियो ।

प्रतियोगिताको निर्णायकमा नेपाल पर्यटन बोर्डका सुमन शर्मा, फेसन डिजाइनर समीर सिंह क्षेत्री, मिस इन्टरकन्टिनेन्टल नेपाल २०१७ का विजेता वर्षा शर्मा तथा प्याराडक्स सिटीका सिईओ सगोल घले गुरुङ रहेका थिए ।

प्रतियोगिताका मुख्य विजेताले यही वर्षको अप्रिल महिनामा सम्पन्न हुने राष्ट्रियस्तरको प्रतियोगितामा प्रतिनिधित्व गर्न पाउने आयोजक संस्थाले जनाएको छ ।

प्रतियोगिताको क्रममा प्रतिस्पर्धिहरुले आइकोनिक डिजाइनर वेयरद्वारा तयार पारिएका पहिरनहरु प्रदर्शन गरेका थिए । राष्ट्रिय नाचघरको समेत सहकार्य रहेको उक्त प्रतियोगितालाई हिमालय टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो ।

प्रतियोगितामा नर्दन लाइट एकेडेमी अफ एभिएसन एण्ड टेक्नोलोजी एकेडेमी पार्टनर तथा फेसियल हाउस मेकअप पार्टनरको रहेका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको