yaman

काठमाडौं— २८, माघ । यमनका युद्ध प्रभावित नागरिकका लागि संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले पठाएको खाद्यान्न कुहिने अवस्थामा पुगेको छ । खाद्यान्न सहयोग लक्षित समुदायमा पुर्‍याउन समस्या आएका कारण कुहिने अवस्था आएको हो । यमनका लागि राष्ट्रसंघीय विशेष दूत मार्टिन गिफ्रिथले खाद्यान्न भण्डार शिविरमा ३७ लाख नागरिकका लागि एक महिना पुग्ने खाद्यान्न रहे […]

Read More
exchiefjuistice of korea

काठमाडौं— २८, माघ । दक्षिण कोरियाको सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश याङ सङ–ताईमाथि न्यायिक शक्तिको व्यापक दुरुपयोग गरेको भन्दै उनी विरुद्ध ४० वटाभन्दा बढी अभियोग लगाइएको छ । सर्वोच्च अदालतले पूर्व प्रधानन्यायाधीश याङ विरुद्ध अभियोग लगाउनेसम्बन्धी तीन साताअघि आदेश दिएको थियो। अभियोजन अधिकारीहरुले याङ विरुद्ध आठ महिनादेखि छानबिन गरिरहेको बताइएको छ। अभियोजन अधिकारीहरुले सर्वोच्च अदालतका अरु […]

Read More
Bear

काठमाडौं— २७, माघ । रुसको एक सुदूर क्षेत्रमा भालुको आतंकका कारण आपतकाल घोषणा गरिएको छ । स्थानीय अधिकारीका अनुसार मानव बस्तीमा ठूलो संख्यामा ध्रुवीय भालु प्रवेश गरेका कारण मानिसमा आतंक मच्चिएको छ । स्थानीयबासी घरबाट निस्कनसमेत कठिन हुन थालेपछि आपतकाल घोषणा गरिएको उनीहरुको भनाइ छ । उत्तरी रुसको नोभाया जेम्ल्या द्वीपसमूहमा ध्रुवीय भालुको आतंक बढेको […]

Read More
PM Donald Trump

काठमाडौं— २३, माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–अनसँग फेब्रुअरी २७–२८ तारिखमा भियतनाममा भेट्ने घोषणा गरेका छन् । दुबै नेताबीच गत वर्ष जुनमा सिंगापुरमा पहिलो ऐतिहासिक शिखर बैठक भएको थियो । भियतनाम बैठकमा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको आणविक कार्यक्रम त्याग्नका लागि उत्तर कोरियाली नेतालाई सहमत गराउन विशेष पहल गर्नेछन् । अमेरिकी […]

Read More
swine flu

काठमाडौं— २३, माघ । भारतको राजधानी नयाँ दिल्लीमा स्वाइन फ्लुका संक्रमण बढ्दै गएको छ जसका कारण यस बर्षको शुरूदेखि आइतबारसम्म ११ जनाको मृत्य भएको दिल्लीको राज्य सरकारले दिएको तथ्यांकमा उल्लेख गरिएको छ । राज्य सरकारको तथ्याङ्क अनुसार सन् २०१९ मा स्वाइन फ्लु प्रभावित एक हजार ११ विरामी भेटिएकामध्य ११ जनाको विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु […]

Read More
venejuela

ब्रसेल्स/काराकस — २२, माघ । बेलायत, फ्रान्स, जर्मनी र अन्य युरोपेली देशले भेनेजुएलाका विपक्षी दलका नेता खुवान गुआइडोलाई अन्तरिम राष्ट्रपति स्वीकार गरेका छन् । ईयू (युरोपेली संघ) ले भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोलाई निर्वाचनको मिति घोषणा गर्न एक साताको समय दिएका थिए । तर उक्त अवधिभित्र मडुरोले चुनाव घोषणा नगरेपछि ईयू राष्ट्रहरूले विपक्षी नेतालाई अन्तरिम राष्ट्रपतिमा स्वीकारगरेका हुन् । […]

Read More
washington

वासिंटन— २१, माघ । अमेरिकाले मेक्सिकोसँगको सीमा क्षेत्रमा थप दुई हजार सुरक्षाकर्मी परिचालन गर्ने भएको छ । मेक्सिकोसँगको सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाउन थप सुरक्षाकर्मी परिचालन गर्ने निर्णय भएको अमेरिकी रक्षा मन्त्रालय ‘पेन्टागन’ले जनाएको छ । योसँगै मेक्सिकोसँगको सीमा क्षेत्रमा तैनाथ हुने सुरक्षाकर्मीको संख्या ४ हजार ३ सयभन्दा बढी हुनेछ । सीमा क्षेत्रबाट हुने […]

Read More
king of malaysia

क्वालालम्पुर— १८, माघ । मलेसियाका नवनिर्वाचित राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले बिहीबार राज्यारोहण गरेका छन् । क्वालालम्पुरस्थित राष्ट्रिय दरबारमा सांस्कृतिक र परम्परागत रूपमा आयोजना गरिएको भव्य समारोहमा बिहीबार राजा अब्दुल्लाहले राज्यारोहण गरेका हुन् । समारोहमा उनले नीलो पानीरङको औपचारिक पोसाक लगाएका थिए । यसअघिका राजाले पाँचवर्षे कार्यकाल पूरा नहुँदै बीचमै राजीनामा दिएकाले निर्वाचनमार्फत् छनोट गरिएका नयाँ राजाले […]

Read More
sadhu santa

लखनउ— १७, माघ । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)लाई ‘हिन्दुवादी’ मानिन्छ । तर पछिल्लो समय हिन्दु संघ–संगठनले भाजपा नेतृत्वको सरकारप्रति असन्तुष्टि जनाउन थालेका छन् । हालै साधुसन्त सम्मिलित परम धर्म संसदले नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारविरुद्ध आलोचना प्रस्ताव पारित गरेको छ । प्रयागराजको कुम्भ क्षेत्रमा तीन दिवसीय परम धर्म संसद आयोजना गरिएको थियो, […]

Read More
1 2 3 11