Logo
28 Mar 2024    १५ चैत्र २०८०, बिहीबार

ताजा खबर

‘महाजात्रा’ले महिलाको शीप र क्षमताको कदर गरेकामा हामी खुसी छौँ : वरिष्ठ ब्युटिसियन महरा बिहीबारदेखि एसइई सुरु रुस जान व्यक्तिगत श्रम स्वीकृत खुला गरिएको छैन : मन्त्री अर्याल सम्पदा अमगाई अभिनित भिडियो ‘डाँडा पारी जुन’ सार्वजनिक (भिडियो) होलीमा जथाभावी रङ्ग दल्ने दुई सय ७७ जना पक्राउ बागमती प्रदेश विद्यालय स्तरीय हस्तलेखन प्रतियोगीता:ज्योति एकेडेमीका प्रधुम्न गौतम मावितर्फ द्धितिय

संसारकै खतरानाक हतियार यो देशसँग छः थाहा पाउनुस् सबैभन्दा धेरै हतियार भएका ९ देशहरु

admin

 

बीबीसी

अमेरिकासँग दशकौंदेखि यस्ता परमाणु हतियार छन् जसले धर्तीलाई यति नराम्रोसँग ध्वस्त गर्न सक्छ जुन मानिसहरुका लागि बस्न लायक नै हुँदैन ।

तर सायद अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका लागि पर्याप्तनहुन पनि सक्छ ।

समाचार एजेन्सी रोयटर्समा छापिएको एक अन्तर्वार्तामा ट्रम्पले भने, ‘परमाणु हतियार कुनै पनि देशसँग नभएकै राम्रो । तर यस्तो सम्भव छैन त्यसकारण यस्तो हतियार राख्ने विषयमा अमेरिका नै सबैभन्दा शीर्ष स्थानमा हुनुपर्छ ।’

अमेरिकाको हतियारको भण्डार बेलायतको तुलनामा २१ गुणा र चीनको भन्दा २६ गुणा बढि छ ।

परमाणु हतियारमा रुस अमेरिकाभन्दा अघिः

ट्रम्पले यस्तो प्रकारको बयान दिएको यो पहिलो घटना होइन । राष्ट्रपतिको पदमा आसिन भएपछि पनि ट्रम्पले एक ट्वीटमार्फत अमेरिकाले आफ्नो परमाणु क्षमता बढाउनुपर्ने बताएका थिए ।

वासिङ्टमा रहेको संस्था आर्म्स कन्ट्रोल असोसिएशनको ताजा रिपोर्ट अनुसार रुसमात्र एउटा यस्तो देश हो जुन परमाणु शक्तिको मामलामा अमेरिकाभन्दा अगाडि छ । अमेरिकासँग कूल ६,८०० परमाणु हतियार छन् जबकी रुससँग ७ हजार यस्ता हतियार छन् ।

अमेरिका र रुस नै यस्ता दुई देश छन् जोसँग परमाणु हमलाका लागि आवश्यकताभन्दा धेरै हतियार छन् । दुबै देशसँग संसारभरीका जम्मा १५ हजार यस्ता हतियारको ९० प्रतिशत छ । यो सूचीमा ३ सय हतियारसहित फ्रान्स तेस्रो स्थानमा छ ।

अमेरिका शीर्ष स्थानमा रहन चाहन्छः

सन् २०१० मा प्रागमा भएको स्ट्रेटेजिक आम्र्स रिडक्शन ट्रीटी अनुसार अमेरिका र रुसले अप्रिल सन् २०१८ सम्म आफ्नो परमाणु हतियारको भण्डारण एक समान गर्नुपर्ने हुन्छ । त्यसपछि सन् २०२० मा दुई देशबिच नयाँ सम्झौतामाथि विचार गर्नुपर्ने हुन्छ ।

ट्रम्पले रोयटर्ससँग भने, ‘चाहे अर्को देश हाम्रा मित्र नै किन नहोस्, हामी कुनै देशभन्दा पछि हुँदैनौं । परमाणु शक्तिको मामलामा त हामी अगाडि नै हुन्छौं ।’

नेटो सम्झौता अनुसार अमेरिकाले बेल्जियम, जर्मनी, इटली, नेदरल्याण्ड र टर्कीमा आफ्नो परमाणु हतियार तैनाथ गरिए । क्यानडा, बेलायत र इजिप्टमा पनि अमेरिकाको हतियार थिए जसलाई पछि हटाइयो । यसका साथै सैन्य इलाकामा युद्धपोतमा पनि यस्ता हतियार राखिएका छन् ।

कुटिल छ अमेरिकी नीतिः

फाउन्डेशन अफ पीस इन दी न्यूक्लियर एराका कार्यकारी निर्देशक रिक वेमेनले बीबीसीलाई राष्ट्रपतिको कोसिस कुनै रुपमा पनि तर्कसंगत नभएको बताए ।

वेमेनले भने, ‘अहिलेको सम्झौताविरुद्ध जाने कुनै कारण छैन ।’

उनका अनुसार यो विषयमा अमेरिकाको कुटिल नीति छन् । अन्य देशले परमाणु बनाए अमेरिका यसको विरुद्ध कडा कदम उठाउँछ जबकी अमेरिका आफैंसँग अरुभन्दा थुप्रै गुणा बढि हतियार छन् ।

उनका अनुसार यी कथाकगित रणनीतिक हतियारले धर्तीलाई हानी गर्ने वा नगर्ने भन्ने पूरा निर्णय अमेरिकाको हातमा छ ।

सबैभन्दा शक्तिशाली हो परमाणु हतियारः

एक शोधकर्ता भन्छन्, ‘ट्रम्पले जे भनिरहेका छन् त्यो वास्तविक हो कि झुटो त्यो थाहा पाउन मुश्किल छ । तर परमाणु हतियारमार्फत अरुलाई डराउने र धम्काउनका लागि प्रयोग गर्ने कुरा ठिक होइन ।’

संयुक्त राष्ट्रका अनुसार परमाणु हतियार धर्तीमा भएको सबैभन्दा शक्तिशाली हतियार हो ।

निसस्त्रीकरण मामलाका लागि संयुक्त राष्ट्र कार्यालय भन्छ, ‘यसले एउटा पूरा शहरलाई ध्वस्त पार्न सकिन्छ भने लाखौं मानिसहरुको हत्या गर्न सकिन्छ । यसले वातावरण र अर्को पीढिलाई पनि क्षती पुर्याउने गर्दछ ।’

यस्तो लाग्छ ट्रम्पलाई केही थाहा नै छैनः

आर्म्स कन्ट्रोल असोसिएशन भन्छ, ‘ट्रम्पको कुरा सुन्दा यस्तो लाग्छ कि उनलाई परमाणु हतियार र यसको खतराबारे केही थाहा छैन । शीत युद्धको इतिहास भन्छ कि हतियारको युद्धमा कसैको जित हार हुँदैन ।’

रिक वेमेन भन्छन्, ‘सन् १९६२ को क्यूबा मिसाइल संकटबाट सायद हामीले केही पनि सिकेनौं ।’

उनी भन्छन्, ‘हामीले केही पनि सिकेनौं । यसको प्रमाण यो हो कि यस्ता हतियार आज पनि छन् र आज यसको निकै खतरा छ ।’

Source : ratopati.com

worl

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको