Logo
20 Mar 2025    ६ चैत्र २०८१, बिहीबार

ताजा खबर

मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक सीडीओसहित १३ जनाको सरुवा र पदस्थापन कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद बैठकमा मागे माफी दुवै सदनको बैठक बस्दै आजदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ? परराष्ट्रमन्त्री र युक्रेनी विदेशमन्त्रीबीच दिल्लीमा भेटवार्ता, ७ नेपालीलाई रिहा गरिदिन आग्रह

अभिनन्दित भए रामप्रसाद

admin

 

स्रष्टा रामप्रसाद खनाल दर्जन संस्थाबाट अभिनन्दित भएका छन् । सोमबार काठमाडौंमा एक समारोहबीच एक दर्जन भन्दा बढी संघसंस्थाबाट सँयुक्त रुपमा उनी अभिनिन्दित भएका हुन् । डा. हर्क बहादुर बुढामगर स्मृति प्रतिष्ठानकी अध्यक्ष प्राज्ञ उन्नती बोहरा ‘शीला’को संयोजकत्वमा आयोजकका तर्फबाट नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति भक्त श्रेष्ठ (सरुभक्त), उपकुलपति शम्भूजीत बासकोटाले, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का केन्द्रिय उपाध्यक्ष राधेश्याम लेकालीले खनाललाई अभिनन्दित गरेका हुन् । खनाललाई डा. हर्कबहादुर बुढामगर स्मृति प्रतिष्ठान सहित, अनेसास, गुन्जन, अन्तर्राष्ट्रिय कलाकार मञ्च नेपाल, महिला गीतकार संघ, बनिता त्रैमासिक, नारी स्वर, नारी साहित्य प्रतिष्ठान, महिला सञ्चार समुह, गोधुली साहित्य प्रतिष्ठान, जलेरिका साहित्य सेवा र नेपाल पत्रकार मञ्चले गायक खनाललाई सँयुक्त अभिनन्दन गरेको हो । कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले राष्टिय, अन्तराष्टिय स्तरको पुरस्कार पाईसकेका गायक खनाललाई यती धेरै संस्थाले सामुहिक अभिनन्दन गर्नुले भविष्यमा अझ धेरैकाम गर्न ठुलो प्रेरणा मिल्ने बताए । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भूजीत बासकोटाले २०४२ सालमा रेडियो नेपालबाट गायनमा स्वर परीक्षा पास गरेपछि तीनदशक यताबाट निरन्तर गायक खनाल लोकदोहोरी गायनमा लागेको बताए । एक दशकसम्म नेपाली टेलिभिजन च्यानलबाट लोकदोहोरी कार्यक्रम सञ्चालन गरेर लोकगीतलाई टिभी मार्फत गाउँदेशि शहरहुँदै देशक बिदेशमा स्थापित गरेकाले खनालको लोक संगीतको जर्गेनामा अतुलनीय योगदान रहेको उपकुलपति बासकोटाले बताए । अभिनन्दन आफुलाई भारी भएको र १० वर्षपछि देश फर्कदा यहाँ पाएको यो अभिनन्दनले आफु जहाँ रहेपनि लोकसँगीतमा निरन्तर काम गर्न अझ उर्जा बढेको लोकगायक रामप्रसाद खनालले बताए । खनालको लोकसँगीत तथा पत्रकारितामा योगदान बारे नेपाल सँगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी परिषद सदस्य उन्नती बोहरा शिलाले प्रकाश पारिन् । गाउँलेको गरिबको भनेर हेपिएको नेपाली लोकगीतलाई गाउँदेखि शहरमा टेलिभिजनसम्म ल्याएर खनालले लोकगीतको विकाशमा ठुलो योगदान पु¥याएको पनि प्राज्ञ बोहराले बताईन । सो अवसरमा हास्यव्यँग्य अभिनेता शिबहरि पौडेल, अनेसासका केन्द्रिय उपाध्यक्ष राधेश्याम लेकालीलगायतले गायक खनालले यस क्षेत्रमा पुर्याएको योगदान बारे चर्चा गरेका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको