२०८३, श्रावण १० गते

आइतवार, श्रावण १० गते २०८३

पोखरामा महावीर पुनमाथि अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

बिहिवार, फाल्गुण २८ २०८२०८:५६

म्याग्दीबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुनमाथि अभद्र व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्ने व्यक्ति पोखरा महानगरपालिका–१३ बाँझापाटनका ४३ वर्षीय विकास गुरुङ रहेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनलाई पोखरा–९ महेन्द्रपुल क्षेत्रबाट पक्राउ गरिएको हो।

प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार घटनाबारे थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। प्रारम्भिक अनुसन्धानबाट गुरुङ यसअघि लागूऔषधसम्बन्धी मुद्दामा तीन पटक सजाय भुक्तान गरिसकेको खुलेको प्रहरीले जनाएको छ।

घटना पोखराको पृथ्वीचोक क्षेत्रमा भएको हो। सो क्रममा महावीर पुनसहितको टोलीले पुस्तक बिक्री गरिरहेको थियो। त्यही समयमा गुरुङले अपशब्द प्रयोग गर्दै अभद्र व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।

भिडियो सार्वजनिक भएपछि प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
Site BY Sobij