२०८३, श्रावण १० गते

आइतवार, श्रावण १० गते २०८३

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरको दर्शन

शुक्रवार, चैत्र ६ २०८२०१:४२

प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित जानकी मन्दिरको दर्शन गरेकी छिन् । निर्वाचन सम्पन्न भएपछि देशका विभिन्न स्थानको भ्रमणमा निस्किएकी प्रधानमन्त्री कार्कीले शुक्रबार जानकी मन्दिरको दर्शनका साथै पूजा अर्चना गरेकी हुन् ।

सो क्रममा प्रधानमन्त्री कार्कीले जानकी मन्दिर परिसरमा रहेको सीता राम मन्दिरमा दर्शन गरी कीर्तनमा समेत सहभागी भएकी थिइन् । जानकी मन्दिरको दर्शन गरेपछि उनले शान्ति महसुस भएको संक्षिप्त प्रतिक्रिया दिइन् ।

त्यसअघि प्रधानमन्त्री कार्की निर्वाचन सफल पार्न भूमिका खेल्ने कर्मचारी, सुरक्षाकर्मी, स्थानीय सबैलाई धन्यवाद दिन बिहीबार कर्णाली पुगेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij