२०८३, श्रावण १० गते

आइतवार, श्रावण १० गते २०८३

चिनियाँ नागरिक छुटाइदिने भन्दै ठगी गरेको आरोपमा हास्य कलाकार खतिवडासहित तीन जना पक्राउ

बुधवार, श्रावण ६ २०८३०२:४१

अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ नागरिकलाई छुटाइदिने तथा विभागको नियन्त्रणमा रहेका राहदानी फिर्ता गराइदिने आश्वासन दिएर रकम ठगी गरेको आरोपमा हास्य कलाकार नारदप्रसाद खतिवडासहित तीन जना पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ परेकाहरूले काठमाडौंको कालिकास्थानस्थित अध्यागमन विभागको हिरासतमा रहेका नौ जना चिनियाँ नागरिकलाई छुटाइदिने बताएका थिए। उनीहरूले विभागको नियन्त्रणमा रहेका १५ वटा राहदानीसमेत फिर्ता गराइदिने आश्वासन दिँदै नौ लाख रुपैयाँ असुलेको आरोप छ।

पीडित पक्षबाट उजुरी प्राप्त भएपछि अनुसन्धान अघि बढाइएको र त्यसक्रममा खतिवडासहित तीन जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेका अन्य दुई जनाको परिचय भने तत्काल सार्वजनिक गरिएको छैन।

प्रहरीले घटनामा अन्य व्यक्तिको संलग्नता रहे–नरहेको, रकम कसरी लेनदेन गरिएको थियो र पक्राउ परेकाहरूले सरकारी निकायसँग पहुँच रहेको भन्दै कसरी विश्वास दिलाएका थिए भन्ने विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

उनीहरूमाथि लागेको आरोप अदालतबाट पुष्टि हुन बाँकी छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij