२०८३, कार्तिक २५ गते

मंगलवार, कार्तिक २५ गते २०८३

‘रामायण’को चार दिनमा १७५ करोडभन्दा बढी कमाइ, पाइरेसीविरुद्ध निर्माण पक्षको चेतावनी

सोमवार, कार्तिक २४ २०८३०२:२८

काठमाडौं । बलिउडको बहुप्रतीक्षित चलचित्र ‘रामायण’ले बक्सअफिसमा आफ्नो कमाइ सुधार गर्दै लगेको छ।

चलचित्रले भारतमा हिन्दी भाषामा प्रदर्शनको चार दिनमा १७५.२५ करोड भारतीय रुपैयाँ कलेक्सन गरेको छ।

ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार चलचित्रले पहिलो दिन बिहीबार ४७ करोड, दोस्रो दिन ३८.२५ करोड, तेस्रो दिन ५३ करोड र चौथो दिन आइतबार ३८ करोड भारतीय रुपैयाँ कमाइ गरेको हो।

यसअघि चलचित्रले ‘दृश्यम–३’ र ‘टक्सिक’को तुलनामा कमजोर ओपनिङ गरेको थियो। चलचित्रको सुरुवाती कमाइलाई बलिउड ट्रेड एनालिस्ट सुमित कँडेलले ‘सकिङ्ली लो ओपनिङ’ भन्दै टिप्पणी गरेका थिए।

यसैबीच, चलचित्रको निर्माण पक्षले पाइरेसीविरुद्ध कडा चेतावनी दिएको छ। सिनेमा हलमा मोबाइलबाट चलचित्र रेकर्ड गरी सामाजिक सञ्जाल तथा स्ट्रिमिङ साइटमा सार्वजनिक गर्ने काम भइरहेको भन्दै निर्माण पक्षले आपत्ति जनाएको हो।

निर्माण पक्षले पाइरेटेड सामग्री तत्काल नहटाए उच्च अदालतको आदेशअनुसार कानुनी कारबाही अघि बढाउने चेतावनी दिएको छ।

नितेश तिवारीको निर्देशनमा बनेको ‘रामायण’मा रणवीर कपूरले राम, यशले रावण, साई पल्लवीले सीता, सनी देओलले हनुमान र रवि दुबेले लक्ष्मणको भूमिका निर्वाह गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij