२०८३, कार्तिक २५ गते

मंगलवार, कार्तिक २५ गते २०८३

जबर्जस्ती करणीको आरोपमा पाल्पा र कञ्चनपुरबाट चार जना पक्राउ

सोमवार, कार्तिक २४ २०८३०४:४४

काठमाडौं । जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पाल्पा र कञ्चनपुरबाट चार जनालाई पक्राउ गरेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार पाल्पामा १६ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका–८ घर भई हाल पाल्पाको तिनाउ गाउँपालिका–३ बस्ने ३८ वर्षीय होमबहादुर थापा मगर रहेका छन्। बालिकामाथि जबर्जस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको टोलीले उनलाई आइतबार साँझ पक्राउ गरेको हो।

त्यस्तै, कञ्चनपुरमा १५ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बेलडाँडी गाउँपालिका–१ निवासी २१ वर्षीय विशाल सुनार, १९ वर्षीय सुवास बलायर र २१ वर्षीय प्रकाश बलायर रहेका छन्।

उनीहरूमाथि पनि बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा उजुरी परेपछि इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो।

घटनाबारे प्रहरीले थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij