२०८३, कार्तिक २५ गते

मंगलवार, कार्तिक २५ गते २०८३

गगन थापाद्वारा नेपाल संवत् ११४७ र म्हः पूजाको शुभकामना

मंगलवार, कार्तिक २५ २०८३११:१०

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाल संवत् ११४७ तथा म्हः पूजाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश दिँदै थापाले नेपाल संवत् मौलिक पहिचान, समृद्ध संस्कृति र गौरवशाली परम्पराको प्रतीक भएको बताएका छन् ।

लोककल्याण र परोपकारको प्रेरणादायी विरासत बोकेको नेपाल संवत्को नयाँ वर्षले सबैको जीवनमा नयाँ आशा, उत्साह, सुख, शान्ति र समृद्धि ल्याउने विश्वास उनले व्यक्त गरेका छन् ।

थापाले आपसी सद्भाव, आत्मीयता र एकता अझ प्रगाढ बनोस् भन्ने कामना गर्दै म्हः पूजाले सबैमा आत्मसम्मान, सकारात्मक ऊर्जा, सुस्वास्थ्य र नयाँ आत्मविश्वास प्रदान गरोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन् ।

सांस्कृतिक विविधता र एकताको भावनालाई थप बलियो बनाउँदै नयाँ वर्षले समुन्नत नेपालको साझा यात्रामा थप प्रेरणा प्रदान गर्ने उनको विश्वास छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij