२०८३, कार्तिक २५ गते

मंगलवार, कार्तिक २५ गते २०८३

मौलिक कला, संस्कृति र परम्परा नयाँ पुस्तामा हस्तान्तरण गर्न गृहमन्त्री गुरुङको जोड

मंगलवार, कार्तिक २५ २०८३१२:१०

गृहमन्त्री सुधन गुरुङले नेपालको मौलिक कला, संस्कृति, परम्परा र संस्कारलाई नयाँ पुस्ताले आत्मसात् गर्दै पुस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल संवत् ११४७ को अवसरमा आज ललितपुरको पाटन दरबार क्षेत्रमा रहेको कात्तिक डबलीमा आयोजित कार्यक्रममा उनले आधुनिकीकरण र पश्चिमीकरणका नाममा मौलिक संस्कार, संस्कृति तथा सभ्यतालाई बिर्सन नहुने बताएका हुन् ।

उनले भने, “आधुनिकता र पश्चिमी संस्कृतिको प्रभाव बढ्दै गए पनि हामीले आफ्नो मौलिक पहिचान र पुर्खाबाट प्राप्त संस्कार बिर्सन हुँदैन । ललितपुरको कला, संस्कृति, वास्तुकला, भूगोल र ऐतिहासिक संरचनाले नेपालको पहिचान अन्तर्राष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण योगदान पुर्‍याएको छ । पुर्खाहरूले जोगाएर राखेको सम्पदा र परम्पराका कारण विदेशी पर्यटकलाई नेपालको ऐतिहासिक तथा सांस्कृतिक वैभव देखाउन सम्भव भएको हो ।”

गृहमन्त्री गुरुङले पाटनसँग आफ्नो सामाजिक यात्राको विशेष सम्बन्ध रहेको उल्लेख गर्दै ‘इनफ इज इनफ’ आन्दोलनका क्रममा यही स्थानमा अनशन बसेको स्मरण गरे ।

उनले नेवार समुदायका जात्रा, पर्व र सामूहिक परम्पराले सामाजिक एकता कायम गर्न महत्वपूर्ण भूमिका खेलेको धारणा व्यक्त गरे ।

तिहारका अवसरमा घरघरमा पुगेर देउसी–भैलो खेल्ने तथा सामूहिक रूपमा रमाइलो गर्ने परम्परा कमजोर हुँदै गएको उल्लेख गर्दै उनले यस्ता सांस्कृतिक अभ्यासलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

सांस्कृतिक गतिविधि सञ्चालनका लागि सुरक्षा प्रदान गर्नु सरकारको जिम्मेवारी भएको उल्लेख गर्दै उनले २४ सै घण्टा सांस्कृतिक गतिविधि सहज रूपमा सञ्चालन गर्न सक्ने निर्णय गरिएको पनि स्पष्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij