२०८३, श्रावण २५ गते

सोमवार, श्रावण २५ गते २०८३

कमिसन घटाएर उचित भाडा तोक्न माग गर्दै इन्ड्राइभ चालकको प्रदर्शन

शुक्रवार, श्रावण २२ २०८३०२:३८

कमिसन घटाउन र उचित भाडादर निर्धारण गर्न माग गर्दै राइड सेयरिङ कम्पनी इन्ड्राइभ, पठाओ, यांगोलगायत राइड सेयरिङसँग आबद्ध चालकहरूले प्रदर्शन गरेका छन् ।

कमिसन बढी तर भाडा कम भएको गुनासो गर्दै चालकहरूले इन्ड्राइभको कुपण्डोलस्थित कार्यालयअगाडि प्रदर्शन गरेका हुन् । स्वतन्त्र चालक फाउन्डेसन नेपालको अगुवाइमा चालकहरूले आन्दोलन थालेका हुन् ।

प्रदर्शनका क्रममा चालकहरूले ‘भाडा कम, कमिसन बढी अब सहँदैनौँ’, ‘श्रमको मूल्य देऊ, राइडरको जीवन सुरक्षित गर’, ‘कमिसन घटाऔँ, न्याय बढाऔँ’, ‘हामी चुप लागेर बस्दैनौँ, अन्याय सहेर बस्दैनौँ’ र ‘राइडरको शोषण बन्द गर’लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

फाउन्डेसनकी अध्यक्ष रेश्मा बिसुङखेका अनुसार सरकारले नयाँ आर्थिक वर्षदेखि लागु गरेको पाँच प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट)को भारसमेत चालकहरूले व्यहोर्नुपरेको छ । पुरानै भाडा दरअनुसार कमिसन तिर्नुपर्दा चालकहरू थप मारमा परेको उनको भनाइ छ ।

चालकहरू तीन दिनदेखि आन्दोलनमा छन् । दुई दिन ललितपुरमा प्रदर्शन गरेका उनीहरूले आज काठमाडौंको माइतीघर मण्डलामा समेत प्रदर्शन गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij