२०८३, श्रावण २५ गते

सोमवार, श्रावण २५ गते २०८३

देवानगञ्ज घटनामा संलग्नताको आरोपमा केही पक्राउ

आइतवार, श्रावण २४ २०८३०२:११

 देवानगञ्ज घटनामा संलग्न भएको आशंकामा प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले केही व्यक्तिलाई घटनामा संलग्न रहेको हुन सक्ने विषयमा अनुसन्धान गर्न नियन्त्रणमा लिइएको जानकारी दिएका छन् । घटनाको संवेदनशीलतालाई मध्यनजर गर्दै पक्राउ परेका व्यक्तिहरूको पहिचान नखुलाइएको बताए ।

उनले भने, "घटनामा ती व्यक्तिहरू संलग्न थिए थिएनन् वा उनीहरूको के भूमिका के थियो भन्ने सुक्ष्म अनुसन्धान भइरहेको छ ।" डीएसपी खड्काले सामाजिक सञ्जालमा विभिन्न व्यक्तिहरूबाट आएका सूचनालाई आधिकारिक नमान्न आग्रहसमेत गरेका छन् ।

देवानगञ्ज घटनालाई उत्तेजित बाउने, आगजनी गर्ने व अन्य हिंसा फैलाउन भूमिका रहे नरहेको भन्ने अनुसन्धानबाट पुष्टि हुने डीएसपी खड्काले बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका कोसी प्रदेश सदस्य दिपेन्द्र मेहताले केही युवाको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरी देवानगञ्जसँग सम्बन्धित भएको दाबी गरेका छन् । तर, पक्राउ परेकाहरूको समुदाय तथा नामलगायत विषय प्रहरीले भने खुलाएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij