ब्राजिलका स्टार स्ट्राइकर नेयमार जुनियरले अन्तत: अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन्।
विश्वकप फुटबलको टप १६ को खेलमा नर्वेसँग २–१ गोल अन्तरले पराजित भएर ब्राजिल आउट भए संगै नेयमारले सन्यासको संकेत गरेका थिए। गत २९ तारिखमा सान्तोष क्लबबाट भेनुनजुलियाविरुद्ध खेल्दै उनले २ गोल समेत गरेका थिए।
सो खेलपछि पत्रकारसँग कुरा गर्दे उनले अब आफूले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिने तर क्लबबाट भने खेललाई निरन्तरता दिने बताए।
ब्राजिलले पनि नेयमारको सम्मानका लागि एक मैत्रिपूर्ण खेल खेलाइ विदाइ गर्ने तयारी गरिरहेको अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन्।
प्रतिक्रिया दिनुहोस